IME Life New

अभिकर्ता लाइसेन्सः लघु बीमाकाे भर्‍याङ चढ्नेलाई सबैतिर स्वागत !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । लघु बीमा व्यवसायमा एउटै अभिकर्ताले भएभरकाे लघु बीमा कम्पनीकाे अभिकर्ताका रुपमा काम गर्ने भएका छन् । लघु बीमाकाे विस्तार गर्ने उद्देश्यले ऐन मार्फत् नै लघु बीमा अभिकर्ताका लागी अपवादकाे रुपमा यस्ताे स्वतन्त्रता दिइएकाे छ।

बीमा  ऐनकाे दफा ९३ (७) मा लघु बीमाकाे अभिकर्ता भई काम गर्ने अभिकर्ताले एकभन्दा बढी बीमककाे लघु बीमा अभिकर्ता भई कार्य गर्न पाउनेछ प्रावधान छ ।

Esewa
Crest

लघु बीमा अभिकर्ताले परम्परागत बीमा कम्पनीकाे अभिकर्ता भई कार्य नगर्न नपाउने प्रावधान बीमा ऐनमा उल्लेख छैन । कुनै काम गर्नु वा नगर्नु भनेर ऐनमा प्रावधान भएन भने त्याे काम गर्न वा नगर्न कानूनले बाधा पुर्याएकाे मानिदै‌ंन । यस्ताे मान्यताका कारण लघु बीमा अभिकर्ताले सबै लघु बीमा कम्पनीकाे साथै परम्परागत जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीमा समेत अभिकर्ता भई काम गर्न पाउने देखिन्छ । लघु बीमा अभिकर्ताले ठूला बीमा कम्पनीकाे अभिकर्ताकाे इजाजत पत्रका लागी आवेदन दि‌ंदा नियामक नेपाल बीमा प्राधिकरणले कस्ताे प्रतिकृया दिन्छ भन्ने प्रकाशमा आउन बाँकी छ।

बीमा ऐनकाे दफा ९३ (६) मा कुनै एक बीमककाे बीमा अभिकर्ताले साेही अवधिमा अर्काे समान किसिमकाे बीमककाे बीमा अभिकर्ता भई कार्य गर्न नपाउने प्रावधान छ। तर जीवन बीमककाे अभिकर्ताले निर्जीवन बीमककाे र निर्जीवन बीमककाे अभिकर्ताले जीवन बीमककाे अभिकर्ता भई कार्य गर्न पाउनेछन् । यसरी ठूला बीमककाे बीमा अभिकर्ताकाे हकमा समान किसिमकाे व्यवसाय गर्ने कुनै एक बीमककाे मात्र अभिकर्ता भई काम गर्न पाउने गरी ऐनले सीमा निर्धारण गरेकाे छ भने लघु बीमा अभिकर्ताकाे हकमा खुल्ला छाेडि दिएकाे छ।

बीमा ऐन २०७९ काे दफा ९३

बीमा ऐनकाे दफा ९१(७) मा समान किसिमकाे व्यवसाय गर्ने एकभन्दा बढी बीमा कम्पनीकाे अभिकर्ता भई काम गर्न राेक लगाउने प्रावधान लघु बीमा बाहेककाे व्यवसाय गर्ने बीमककाे हकमा मात्र लागू गरिएकाे छ।

बीमा ऐनकाे दफा ९१

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS