काठमाडाैं । बीमा कम्पनीकाे उच्च व्यवस्थापनले सञ्चालन खर्च नियन्त्रणकाे रणनीति अपनाएपछि अभिकर्ताले आम्दानी गुमाउन थालेका छन् । नियमित कमिशनका अतिरिक्त प्रथम् बीमाशुल्ककाे १८ प्रतिशतसम्म प्राेत्साहन स्वरुप लाभ प्राप्त गर्दै आएका जीवन अभिकर्तालाई क्रमशः कटाैती गर्दै लगे पछि आम्दानी गुमाउन थालेका हुन् ।
पेशागत अभिकर्ता संघका महासचिव ओम केसी अभिकर्ताकाे सुविधामा कैंची चलाउने प्रवृत्ती केही समययता बढ्दै गएकाे बताउँछन् । यस्ताे प्रवृत्ती कायमै रहे बीमा कम्पनीका लागी नै घातक हुने चेतावनी दिंदै उनले भने, प्रविधिकाे विकास भइ नसकेकाे हाम्राे जस्ताे मुलुककाे बीमकले अभिकर्तालाई पञ्छ्याएर बीमा बेच्न संभव छ?
सर्वाधिक बीमाशुल्क आर्जन गर्दै आएकाे नेपाल लाइफ इन्स्याेरेन्सले प्रकाशन गरेकाे वित्तीय विवरण अनुसार यसकाे अभिकर्ताकाे कमिशन आम्दानी १ वर्षकाे अवधिमा १५ प्रतिशतले खुम्चिएकाे छ। गत आर्थिक वर्ष २०७९।८० काे चैत्र मसान्तसम्ममा अभिकर्ताले कमिशनवापत रु.२ अर्ब २३ कराेड ४३ लाख रुपैयाँ भुक्तानी लिएका थिए । अघिल्लाे आवमा २०७८।७९ काे साेही अवधिमा अभिकर्ताले कूल २ अर्ब ६३ कराेड ४६ लाख ५३ हजार रुपैयाँ कमिशन भुक्तानी पाएका थिए ।
अन्य जीवन बीमा कम्पनीहरुकाे पनि अभिकर्ता कमिशनवापतकाे खर्चकाे तथ्यांक केलाउने हाे भने अधिकांश जीवन बीमककाे प्रथम् बीमाशुल्क र नविकरण बीमाशुल्ककाे आकार वृद्धिकाे तुलनामा कमिशन खर्चमा उल्लेख्य गिरावट आएकाे देखिन्छ।
नियामकीय अवराेधका कारण बीमा अभिकर्ताकाे संख्या खुम्चिंदै गए बीमा काराेबार समेत खुम्चिने अनुभवी अभिकर्ता बताउँछन् । मन्दीकाे समयमा बीमा गर्ने चाहना थाेरैमा हुन्छ, यस्ताे अवस्थामा संभावित बीमितलाई प्रत्यक्षरुपमा नै प्राेत्साहित गर्नुपर्ने आवश्यक्ता अझै बढ्छ। यस्ताे अवस्थाकाे विपरित नियामक बीमा प्राधिकरणले बीमा अभिकर्ता पेशामा प्रवेशमै कडा शर्तहरु सहित बन्देज लगाउने प्रयास गरिरहेकाे गुनासाे अभिकर्ताका नेताहरुकाे छ।
दुई वर्षमा २१ प्रतिशतले घट्याे नेपाल लाईफका अभिकर्ताकाे कमिशन आम्दानी
अभिकर्ता इजाजत शुल्क, अनलाइन परिक्षा, नविकरणका लागी तेर्स्याइएका शर्तहरू देख्दा लाग्छ अब प्राधिकरणलाई अभिकर्ता चाहिएकाे छैन, महासचिव केसीले कटाक्ष गर्दै भने, नेपाली घर घरमा बीमाकाे पहुँच भइसकेकाे छ र ?
नेपाल बीमा प्राधिकरणले कूल बिक्री भएकाे बीमालेख संख्यासँग जनसंख्याकाे अनुपात गणना गरेर बीमामा पहुँचकाे प्रतिशत ४४ प्रतिशतभन्दा बढी भएकाे दाबी गर्दै आएकाे छ। प्राधिकरणले कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रकाे याेगदान गणना समेत विश्वसनीय र स्वीकार्यरुपमा गर्न सकेकाे छैन ।कूल संकलित बीमाशुल्क रकमकाे आधारमा कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रकाे याेगदानकाे गणना गर्दै आएकाे छ।
बीमा विस्तारकाे अभियानमा बीमा ऐन र बीमा नियमावलीकाे माध्यमबाट एकपछि अर्काे गर्दै कडिकडाउ गरेर अभिकर्ता पेशालाई निरुत्साहन गरिएकाे गुनासाे पेशागत अभिकर्ता छ। प्राधिकरणले प्रकाशन गरेकाे तथ्यांक अनुसारै ७ लाखकाे संख्यामा रहेका अभिकर्ता अहिले २ लाखमा सीमित हुन पुगेका छन् । पाँच सय रुपैयाँ अभिकर्ता इजाजत पत्र शुल्क रकमलाई ३ हजार रुपैयाँ कायम गरिएकाे छ। अनलाइन परिक्षाकाे नाममा दुर्गमका मानिसलाई अभिकर्ता पेशामै सहभागी हुन नदिने प्रपञ्च रच्दा दुर्गमका सर्वसाधारण नै बीमाकाे लाभबाट वञ्चित हुनुपर्ने अवस्थाबारे नियामक अनविज्ञ हुनु दुःखद भएकाे संघ नेतृत्वकाे भनाई छ।
घरघरमा बीमा पुर्याउनका लागी अभिकर्ता पेशालाई सहज र मर्यादित बनाउनुपर्नेमा नियमनकाे पर्खाल लगाएर अनावश्यक अवराेध खडा गरिएकाे भन्दै पेशागत अभिकर्ता संघले नेपाल बीमा प्राधिकरण समक्ष औपचारिकरुपमै विराेध दर्ज गरि सकेकाे छ।