IME Life New

दक्षिण काेरियामा मुद्दती निक्षेप सरहकाे बीमालेख बेच्ने हाेड,नियामकले अंकुश लगाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । दक्षिण कोरियाका वित्तीय अधिकारीहरूले आजीवन बीमालेखकाे बिक्रीमा बीमा कम्पनीहरुबीच जारी उन्मादपूर्ण प्रतिस्पर्धालाई रोक्ने तयारी गरेकाे छ । शुरुका सीमित वर्षहरुमा मात्र बीमाशुल्क भुक्तानी गरेर आजीवन बीमालेख जारी रहने विशेषतायुक्त बीमालेखकाे बिक्री बन्द गर्ने भएकाे हाे ।

फाइनान्सियल पर्यवेक्षक सेवा (एफएसएस) ले छोटो अवधिमा भुक्तान हुने बीमाशुल्क सहितको आजीवन बीमालाई दीर्घकालीन लगानी बीमा सरह बिक्रीमा अ‌ंकुश लगाइनेछ, जस्तै अत्यधिक रिटेन्सन बोनश भुक्तानीमा राेक लगाएर।

Esewa
Crest

पल्स न्यूजका अनुसार वित्तीय पर्यवेक्षकले जीवन बीमालेखलाई उच्च ब्याज प्राप्त हुने मुद्दती बचतको रूपमा बेच्ने केही कम्पनीले “पाँच वर्ष पछि १११% प्रतिफल” प्रस्ताव गरेको भन्दै मुद्दा उठाएका छन्। २० वर्ष वा सोभन्दा बढी भुक्तानी गर्नुपर्ने परम्परागत जीवन बीमाको लोकप्रियता घट्दै गएपछि पाँचदेखि सात वर्षसम्म मात्रै भुक्तानी गर्नुपर्ने आजीवन बीमाको बिक्री बढेको छ ।

नियामकले बीमा योजनाको डिजाइनमा परिवर्तनलाई प्रोत्साहन गर्ने योजना बनाएको छ जसमा प्रिमियम भुक्तानीहरू पुरा भएपछि प्रतिफल दरलाई १००% वा तल सीमित गरेर १० वर्ष वा सोभन्दा बढी समयपछि मात्रै भुक्तानी दिनुपर्ने दीर्घकालीन बोनशहरू छन्।

बिमा कम्पनीहरु आफ्नो मासिक बीमाशुल्क र्‍याङ्किङका कारण छोटो अवधिमा भुक्तान हुने प्रिमियम सहित आजीवन बीमालेख बेच्न आतुर भएका छन् । त्यस्ता बीमालेखको मासिक बीमाशुल्क अपेक्षाकृत उच्च छ। उच्च बीमाशुल्क दरका कारण बीमकहरुले परम्परागत आजीवन बीमालेखकाे भन्दा थाेरै संख्या र छाेटाे अवधिमा नयाँ आजीवन बीमालेखबाट ठूलाे बीमाशुल्क रकम स‌ंकलन हुने भएकाले यस्ताे बीमालेख बिक्रीमा प्राथमिकता दिइरहेका छन् । त्यसैले बीमकहरूले बीमालेख  बेच्नका लागी शुरूमा मासिक बीमाशुल्ककाे तीन गुणासम्म प्राेत्साहन दिइरहेकाेमा अहिले ८ गुणा प्राेत्साहन प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS