IME Life New

चालू आवकाे रणनीतिमा जुट्दै बीमक,मन्दीका बीच फरक ढंगले अघि बढ्नुपर्ने चुनाैती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । गत आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष शुरु भएसँगै बीमा कम्पनीहरु नयाँ आर्थिक वर्षकाे रणनीति तयार पार्न जुटेका छन् । अधिका‌ंश बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा सन्ताेनजनक व्यापार हुन नसकेकाे निष्कर्ष सहित आगामी वर्षका लागी अपनाउनुपर्ने फरक किसिमकाे रणनीतिकाे सम्बन्धमा गृहकार्य गरिरहेका छन्।

एक साताभित्र रणनीतिलाई टु‌ङगाे लगाउँदै बीमा कम्पनीहरुले साउनदेखि मध्य भदाै सम्ममा शाखा प्रबन्धक सम्मेलन सम्पन्न गरिसक्ने लक्ष्यका साथ गृहकार्य गरिरहेका छन् । नेपाल लाईफले समीक्षात्मक सम्मेलनका लागी साैराहामा साउन दाेश्राे साताकाे समय निर्धारण गरिसकेकाे छ । यसैगरी सिटिजन लाईफ इन्स्याेरेन्सले पनि साउनकाे पहिलाे सातामै शाखा प्रबन्धक सम्मेलन आयाेजना गर्ने तयारी गरिरहेकाे सम्बद्ध श्राेतले जानकारी दिएकाे छ।

Esewa
Crest

सम्मेलनका क्रममा गत आर्थिक वर्षभरमा विभिन्न मापदण्डका आधारमा उत्कृष्ट कार्य सम्पादन गर्न सफल शाखा प्रबन्धक र मार्केटिङ विभाग अन्तर्गतका कर्मचारीहरुलाई कार्य सम्पादनका आधारमा सम्मान गर्ने प्रचलन रहँदै आएकाे छ। यसबाहेक गत आर्थिक वर्षकाे कार्य सम्पादनकाे तुलनामा पद्दाेन्नती सम्बन्धी पत्र सहित सम्मान गर्ने प्रचलन समेत रहेकाे छ।

गत आर्थिक वर्ष निर्जीवन बीमा कम्पनीहरुका लागी अघिल्लाे आर्थिक वर्षकाे तुलनामा सहज भएपनि जीवन बीमा कम्पनीहरुका लागी निक्कै चुनाैतीपूर्ण रह्याे । जीवन बीमा कम्पनीहरु बीच मर्जरकाे क्रमले कर्मचारी र अभिकर्ता बीच छाएकाे अन्याैलता, मुलुककाे आर्थिक वृद्धिदरमा सुस्तताका कारण गत आवमा जीवन बीमा व्यवसाय अन्तर्गत प्रथम् बीमाशुल्क आम्दानी ऋणात्मक वृद्धिदरमा झर्ने प्रारम्भिक अनुमान छ। यद्दपी बीमा कम्पनीहरुकाे व्यवसायीक तथ्या‌ंक नियामक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गर्न बाँकी रहेकाे छ । प्राधिकरणले गत आवमा जीवन बीमा व्यवसायकाे वृद्धि दर ५ प्रतिशतभन्दा बढी रहने अनुमान गरेकाे थियाे । अघिल्लाे आवमा समग्र जीवन बीमा व्यवसायकाे वृद्धि दर १६ प्रतिशतभन्दा माथि रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS