IME Life New

कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान कायमै, कार्यविधि नबनेसम्म पुरानै व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषकले चालु आर्थिक वर्षमा पनि कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान पाउने भएका छन् । सरकारले कृषि तथा पशुपन्छी बीमाको कार्यविधि तयार नपार्दा बीमा कम्पनीहरुले यस वर्ष पनि अनुदानमा निरन्तरता पाउने भएका हुन् ।

अर्को व्यवस्था नभएसम्म बीमा कम्पनीहरुले ८० प्रतिशत अनुदान कटाएरै बीमा गरिरहेको नेपाल बीमा प्राधिकरणकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले जानकारी दिइन् । उनले भनिन् ‘सरकारले अहिलेसम्म पनि कार्यविधि तयार नपारेकाले पुरानै व्यवस्था अनुसार कम्पनीहरुले बीमा पोलिसी बिक्री गरिरहेका छन् ।’

Esewa
Crest

सरकारले चालु आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी बीमाका लागि ९६ करोड रुपैयाँ व्यवस्था गरेको थियो । तर रकम विनियोजन गर्ने सिलसिलामा ६५ करोड रुपैयाँ मात्रै छट्ट्याएको छ । जवकी गत आर्थिक वर्षमै सरकारले बीमा कम्पनीहरुलाई अनुदान बापत एक अर्ब भन्दा माथि रकम भुक्तानी गर्नु पर्नेछ ।

सरकारले गत आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी बीमामा कृषकलाई ८० प्रतिशत अनुदान उपलब्ध गराउने र यसका लागि ७६ करोड रुपैयाँ विनियोजन गरेको थियो । यस वर्षको बजेटमा भने यति प्रतिशत अनुदान दिने भनेर किटान गरिएको छैन । एकातिर प्रतिशत किटान नगर्ने अर्को तर्फ अहिले विनियोजन गरेको रकम भन्दा गत वर्षमा सरकारले भुक्तानी गर्नु पर्ने रकम अर्ब भन्दा माथि रहेको हुँनाले यसमा सरकार कसरी अगाडी बढ्छ भन्ने अन्योलता छाएको छ ।

यस्तो अन्योलताकै बाबजुद पनि सरकारले अनपपुलर होइएला भन्ने डरले प्रतिशत निर्धारण गरिदिन सकेको छैन । यसैले गर्दा प्राधिकरणले सरकारलाई कार्यविधि बनाएर अगाडी बढ्न सुझाएको थियो । प्राधिकरणसँग सरकारले धेरै पटक छलफल समेत गरिसकेको छ ।

कृषि तथा पशुपन्छी बीमामा धेरै नै दुरुपयोग भएको भन्दै सरकार र प्राधिकरण दुबै पक्षले यसलाई नयाँ तरिकाबाट लैजानु पर्ने भन्दै सुझाएका छन् । प्राधिकरणका अनुसार कार्यविधि बनेर आउदा सरकारले विनियोजित बजेटबाटै पुग्ने गरि ल्याउदै छ ।

विगतका वर्षमा विनियोजित बजेट भन्द धेरै खर्च भए पछि सरकारले बखेडा झिक्दै आएको छ । कहिले कागजपत्र नमिलेको त कहिले बजेट नभएको भन्दै निकासा गरिदिएको छैन । सरकारको यस्तो हर्कतले उधारोमा बीमा हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS