काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संसथा लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । लघुवित्तले विभिन्न पदका लागि ४१ कर्मचारीको लागि आवेदन खुल्ला गरेको हो ।
लघुवित्तले सहायक प्रबन्धकमा १ जनाको लागि आवेदनको माग गरेको छ । वरिष्ठअधिकृत, वरिष्ट अधिकृत आइटीतर्फ २ जना, अधिकृत ३ जना, कनिष्ठ अधिकृत, कनिष्ठ अधिकृत आईटीमा ३ जना, सुपरभाइजर ५ जना, वरिष्ठ सहायक, प्रशिक्षार्थी, वरिष्ठ सहायक ७ जना, सहायक १० जना र कनिष्ठ सहायक १० जना गरि कुल ४१ कर्मचारीको माग गरेको हो ।
इच्छुक एवम योग्यता पुगेका नेपाली नागरिकले असार १२ गतेदेखि असारको अन्तिमसम्म आवश्यक कागजात सहित आवेदन दिन लघुवित्तले अनुरोध गरेको छ ।