IME Life New

घातक रोग विरुद्धको बीमा योजना सार्वजनिक गर्न कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दो, सर्बाधिक ३५ घातक रोगको सुरक्षण गर्दै ज्योति लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाली बीमा बजारमा सञ्चालित जीवन बीमा कम्पनीहरुले घातक रोग विरुद्धको सुरक्षण प्रदान गर्ने बीमा योजनाहरु सार्वजनिक गर्ने होड चलेको छ । खासगरी पछिल्लोे समयमा जीवन बीमा कम्पनीहरुले यस्तो खालको योजना सार्वजनिक गर्ने गरेको देखिन्छ । बीमा कम्पनीहरुको मुल बीमा योजनामा थप प्रिमियम तिरेपछि बीमा अवधिमा तोकिएका घातक रोग विरुद्ध जोखिम बहन गर्न सकिनेछ ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीमध्ये ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक घातक रोग सम्बन्धी बीमा योजना सञ्चालनमा ल्याएको हो । ज्योति लाइफ इन्स्योरेन्सका साथ साथै अन्य जीवन बीमा कमपनीहरु एशियन लाईफ इन्स्योरेन्स, युनियन लाईफ, सिटिजन्स लाइफ इन्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाईफ इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सले घातक रोगहरुको सुरक्षण गर्ने बीमा योजनाहरु सञ्चालनमा ल्याएका छन् ।

Esewa
Crest

सर्बाधिक ३५ घातक रोगको सुरक्षण गर्दै ज्योति लाइफ
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्य बीमा कम्पनीहरुको तुलनामा सर्बाधिक ३५ घातक रोगको सुरक्षण दिने भएको छ । ज्योति लाइफ इन्स्योरेन्सले क्यान्सर सहित ३५ घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्ने भएको छ । ज्योती लाईफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक ३५ वटा घातक रोग विरुद्धको बीमा योजना सञ्चालनमा ल्याएको छ ।

५० लाख सम्मको बीमांक रकम रहेको उक्त बीमा योजनाले विभिन्न खालकाा ३५ रोगको रक्षावरण गर्नेछ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बनेको छ ।

कम्पनीले यस अघि ११ प्रकारका घातक रोग वापतको १० लाख रुपैयाँसम्म योजना सञ्चालन गरेको थियो । सेवाग्राहीलाई थप सेवा दिन कम्पनीले रोग र बींमाक रकम थप गरेको छ । तोकिएका घातक रोग विरुद्ध जोखिम बहन गर्न सकिनेछ ।
कम्पनीले रक्षावरण गर्ने रोगहरु निम्न रहेका छन्
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको घातक रोगहरुको सुरक्षण गर्ने योजनाले कडा प्रकृतिको क्यान्सर, दुबै मृगौला फेल, प्राईमरी पल्मोनरी आर्टियल उच्च रक्तचाप, मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, कोरिनरी आर्टरी बाईपास ग्राफ्ट (ओपन चेस्ट शल्यक्रिया) एओर्टाको शल्यक्रिया, मुटुका भल्भहरुको शल्यक्रिया, मस्तिष्क घात, कडा प्रकृतिको पहिले हृदयघात, कोमा, स्थायी रुपले भएको हातखुट्टाको पक्षघात, पर्किन्सन्स रोग, अन्तिम अबस्थाको फोक्सोको रोग, कलेजोको बिफलता, अन्धोपन, तेस्रो डिग्रीमा पोलेको र डडेको, अल्जाईमर्स रोग, बेनिङ्ग ब्रेन ट्युमर, क्रोनिक एप्लास्टिक एनिमिया (बोन म्यारोको बिफलता), बहिरोपन, बोल्न सक्ने क्षमता गुमेको अबस्था, बैक्टरियल मेनिजाईसेस, मोट र न्युरो रोग, फल्मिनान्ट भाईरल हेपाटाईटिस, टाउकोमा संक्रमण चोट्को कारणले दैनिक जीवनयापन गर्न स्थाई असक्षमता, टर्मिनल रोग, मांसपेसिको, इन्सेफलाईटिसको कारणले दैनिक जीवन यापन गर्न स्थाई रुपले असक्षमता, मस्तिष्क शल्यक्रिया, कडा प्रकृतिको कार्डियोम्यमेथि, क्रोनरी आर्टरी को गम्भीर रोग, स्वाबलम्बी अस्तित्वको क्षय, मेडालरी सिस्टिक,गम्भीर मृगौला जटिलता सहित सिस्टोमेटिक लुपस अरथिन्कमेटासियस रक्षावरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS