IME Life New

कारोबार सुचारु गरिदिन नयाँ ब्रोकर व्यवसायीको ज्ञापनपत्र, मासिक ४ करोड खर्च भइरहेको गुनासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालले नेपाल धितोपत्र बोर्डलाई आवस्यक प्रकृयाँ अगाडी बढाएर कारोबार गर्ने अनुमति प्रदान गर्न अनुरोध गरेका छन् । उनिहरुले बोर्डलाइ ज्ञापनपत्र बुझाउदै यथाशक्य छोटो प्रकृयाँलाई अगाडि बढाउन नेपाल स्टक एक्सचेन्जलाई पत्रमार्फत निर्देशन प्रदान गरिदिन अनुरोध गरेका हुन् ।

धितोपत्र बोर्ड आफैमा स्वायत्त नियमनकारी निकाय रहेको र अर्थ समिति कुनै पनि दृष्टिकोणबाट नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष नियमानकारी निकाय नरहेको कारण धितोपत्र बोर्डले अर्थसमितिको निर्देशन पालना गर्न बाध्य नहरेको नयाँ ब्रोकर व्यवसायीहरुको तर्क छ ।

Esewa
Crest

हालसम्म नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारी कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र तथा सदश्यता प्राप्त गर्ने क्रममा इजाजत बापत मात्रै करिव १४ करोड राजस्व सरकारलाई तिरिसकेका छन् । ४३ कम्पनीबाट करिव ५०० जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाइसकेका छन् । भौतिक पूर्वाधार बापत करिव ४० करोड  जति रकम खर्च भइसकेको तथा अहिले पनि ४३ कम्पनीको मासिक औषत ४ करोड रुपैयाँ खर्च भइरहेको उनिहरुले धितोपत्र बोर्डलाई जानकारी गराएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट मिति २०७९ असोज ०२ गते नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिने सम्बन्धमा सूचना जारी भएको थियो । यसै विषमा सर्वोच्च अदालतमा धितोपत्र बोर्ड विरुद्धमा मुद्दा समेत पर्यो । सर्वोच्च अदालतले गएको चैत २६ गते अन्तरिम आदेश मार्फत प्रकृयाँ अगाडी बढाउन फैसला गर्यो ।

यस पछि बोर्डले ४३ वटा नयाँ कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारी सम्बन्धी कार्य अगाडि बढाउन आशय पत्र जारी गरिसकेको छ । २ पटक गरेर धितोपत्र बोर्डबाट आवश्यक भौतिक पूर्वाधार पुगेका १८ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुलाई अनुमति प्रदान गरिसकेको छ ।

त्यसमध्ये ७ वटा कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यताका लागि आवश्यक रहने विद्युतिय कारोबार प्रणाली स्थापनाका लागि भौतिक पूर्वाधार तयारी गरेर जानकारी गराई नेप्सेको सदस्यताका लागि राजश्व समेत बुझाइसकेको परिप्रेक्ष्यमा मिति २०८० जेष्ठ २९ गते सम्मानित अर्थ समितिबाट धितोपत्र दलाल तथा व्यापारीको इजाजत सम्बन्धी सबै प्रक्रियालाई रोक्न निर्देशन दिइएकोबाट धितोपत्र बोर्डबाट आशय पत्र एवं अनुमति पाइसकेका तथा नेपाल स्टक एक्सचेन्जबाट समेत आशय पत्र पाइसकेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुको इजाजत सम्बन्धि सम्पूर्ण प्रक्रिया रोकिन पुगेको भन्दै उनिहरुले पिडा भएको अवगत गराएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट नेपाल मै पहिलोपटक कोटा प्रणालीलाई नै बन्द गरी Open Entry – Open Exit विधिबाट पूँजी, अनुभव र योग्यताका आधारमा छनौट भएका धितोपत्र दलाल तथा व्यापारी थप्ने यो प्रक्रिया करिब १६ वर्ष पछि पहिलो पटक हुँदै गर्दा सम्माननीय प्रधानमन्त्रीको कार्यालय, मन्त्री परिषद, अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्डबाट पूँजी बजारको विकास र विस्तारमा चालिएको यस्तो सकारात्मक कदमको उनिहरुले स्वागत समेत गरेका छन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट भएको यति ठूलो पहलकदमीको विरुद्धमा तथा सम्मानित सर्वोच्च अदालतकै मिति २०७९ चैत्र २६ गतेको फैसलाको विरुद्धमा, संविधानको धारा १२८ लाई समेत उल्लंघन गरेर अर्थ समितिले दिइएको सो पूर्वाग्रह पूर्ण, सीमित व्यवसायीको सिण्डिकेट र बजारमा एकाधिकारको अवस्थालाई निरन्तरता दिने ढंगबाट जारी भएको निर्देशनलाई खारेज गर्दै नेपालको संविधानको धारा १२८ लाई पूर्ण रुपमा परिपालना गर्न आफ्नो तर्फबाट आवश्यक पहलकदमी तथा सहजीकरण गरिदिन एवं हाल स्थगित गरिएको इजाजत तथा सदस्यता सम्बन्धि प्रक्रियालाई यथाशीघ्र सूचारु गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई लिखित निर्देशन प्रदान गरिदिन अध्यक्ष समक्ष अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS