Connect IPS
IME Life

भारतमा सरोगेसी सेवाका लागी पनि बीमा याेजना शुरु, सबै प्रकृयाको खर्च समावेश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोख प्रयोग गर्न लिए दिएर शिशु जन्माउने(सरोगेसी)का लागी समेत बीमा सेवा शुरू भएको छ। भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले गत महिना सराेगेसीमा आबद्ध हुने आमा र विर्य दान गर्ने पुरुष दुबैको जोखिम बहन गर्ने गरी बीमा सुनिश्चित गर्न बीमा कम्पनीहरुलाई निर्देशिका जारी गरेकाे थियाे ।

एजिओन लाइफ इन्स्याेरेन्सले भारतमा पहिलो पटक सरोगेसीमा सहभागी हुने महिला र पुरुष दुबैको बीमा जोखिम बहन गर्ने सुविधा सहितको बीमा योजना सार्वजनिक गरेकाे हाे । बीमा योजना अन्तर्गत सरोगेसी सेवाका लागी लाग्ने औषधी उपचारवापतकाे खर्च, सुत्केरी र शिशु स्याहार, वीर्य सुरक्षितरूपमा भण्डारण तथा स्थानान्तरण प्रकृयावापतको खर्च समेत समावेश गरिएको छ।

Prabhu
Crest

२५ देखि ५० वर्ष उमेर समूहका निःसन्तान दम्पत्तिले कम्तीमा एउटा शिशुको आमा रहेकी महिला(२५ देखि ३५ वर्षभित्र) लाई सरोगेसीका लागी प्रयोग गर्न सक्ने प्रावधान भारतको सराेगेसी (नियमावली) ऐन २०२१ मा छ। याे ऐन अनुसार स्वास्थ्य बाेर्ड समक्ष दुबै पक्षले निवेदन दिई सकेपछि बाेर्डको स्वीकृतिमा दुबै पक्षबीच अदालतको इजलाश समक्ष लिखित करार गरिनुपर्छ । लिखित करार भई सकेपछि तोकिएको स्वास्थ्य स‌ंस्थामा दुबै पक्षले गएर सराेगेसी सेवा लिन सक्नेछन् । तर उपचारमा लाग्ने खर्च बाहेक अन्य कुनै पनि कार्यका लागी कुनै पनि पक्षले आर्थिक लाभ अर्थात् रकम लेनदेन गर्न नपाइने प्रावधान समेत तोकिएको छ।

नेपालमा कहिले आउनेछ सरोगेसी सम्बन्धी कानूनः

नेपालमा सरोगेसीको नाममा अबोध शिशुको व्यापार भएको निष्कर्ष सहित २०७३ असार ३० गते सर्वाेच्च अदालतले कानून नबनाएसम्मको अवस्थाका लागी प्रतिबन्ध लगाई दिएको अवस्था छ। सरोगेसीका माध्यमबाट ग्राण्डी सिटी क्लिनिक, ओम हस्पिटल र भेनस अस्पतालले मानव व्यापार गरेकाे भन्दै परेकाे  रिट निवेदनमाथिको सुनुवाई पछिको फैसलामा सर्वाेच्चले व्यवसायीकरुपमा कोख भाडामा लिने दिने सेवामा राेक लगाउन सरकारलाई निर्देशन दि‌ंदै कल्याणकारी प्रयोजनका लागी सरोगेसी सेवा उपलब्ध गराउने सम्बन्धमा कानून बनाउन सरकारको नाममा परमादेश जारी गरेकाे थियाे । परमादेश जारी गरेकाे ७ वर्ष बितिसक्दा पनि स्वास्थ्य मन्त्रालयले यो कानूनको मस्यौदा बनाउनका लागी कुनै चासाे देखाएको छैन । स्वास्थ्य नीति २०७१ मा सराेगेसी सम्बन्धी सेवामा पहुँच बिस्तार गर्ने भन्ने उल्लेख भएपनि अहिले नयाँ स्वास्थ्य नीतिमा बाँझोपन सम्बन्धी सेवा सबै प्रदेशमा बिस्तार गरिने भन्ने मात्र उल्लेख छ।

आधुनिक जीवन शैली र लापरवाह यूवा पुस्ताका कारण पछिल्लो समयमा निःसन्तान दम्पत्तिको स‌ंख्या क्रमशः बढ्दाे छ ।आइभिएफ प्रविधिमार्फत् कमजोर गर्भाशय हुने महिला वा खराब वीर्य हुने पुरुषका कारण गर्भ नहुने अवस्था रहेकाेमा टेष्ट ट्युबमा वीर्य र डिम्बको सम्मिश्रण गरेर निश्चित समयपछि महिलामा कृत्रिम गर्भाधारण गराउने सेवा वैधानिकरुपमै नेपालमा उपलब्ध छ। तर यो प्रकृयाबाट पनि शिशु जन्माउन नसक्ने अवस्थाका दम्पत्तीको हितका लागी सराेगेसी सेवा वरदान भएपनि नेपालमा लामाे समयदेखि याे प्रतिबन्धित छ। सरोगेसीमा कुनै बाहिरी  महिलाको गर्भमा निश्चित चिकित्सकीय प्रकृयाबाट निःसन्तान दम्पत्तीमध्ये पुरुषको वीर्य राखेर बाहिरी महिलाको काेखमा गर्भधारण गराउने र यसरी गर्भधारणबाट जन्मिने शिशु उक्त दम्पत्तीलाई नै हस्तान्तरण गरिन्छ। यसवापत शिशु जन्माउने महिलाले कुनै लाभ प्राप्त गर्दैन, कल्याकारी उद्देश्य मात्र हुन्छ । केही मुलुकमा व्यवसायीकरूपमा पनि सरोगेसीको अभ्यास रहेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS