नेपाल रि इन्सयोरेन्सका कर्मचारीहरुले संगठन गठन गरेका छन् । कर्मचारीहरुले नेपालमै पहिलो चोटी नेपाल रि स्वतन्त्र कर्मचारी युनियन नामको पहिलो आधिकारीक संगठन गठन गरेका हुन् । नेपाल रि इन्स्योरेन्समा आवद्ध कर्मचारीहरुको हक हितको संरक्षणका लागि कर्मचारी संगठन गठन गरिएको हो ।
हरि प्रसाद निरौलाको अध्यक्षतामा गठन भएको उक्त संगठमा ११ सदस्यीय पदाधिकारीहरु चयन भएका छन् । उपाध्यक्षमा दिपक कुमार परियार, बिनिा खनाल रहेका छन् भने महासचिवमा रामभक्त पौडेल चयन भएका छन् । साथै सचिवमा रुद्रमणि मिश्र, कोषाध्यक्षमा ऋषिकेस खनाल र सहकोषाध्यक्षमा सर्मिला अर्याल रहेकी छिन् । सदस्यहरुमा भने गणेश दाहाल, संगीता जि.सी, अनिता गौतम र प्रसिद्ध आचार्य रहेका छन् ।