IME Life

जबरजस्ती मर्जरमा जादैनौ – बीमा कम्पनी

SPIL
NIC ASIA

बीमा समितिले बीमा कम्पनीहरुको मर्जरको नीति अगाडी सारे पनि बीमा कम्पनीहरु भने जबरजस्ती मर्जरमा नजाने बताएका छन् । समितिले सरोकारवाला पक्षसँग छलफल नै नगरी एकतर्फी रुपमा निर्देशिका जारी गरेको भन्दै कम्पनीहरुलाई मर्जरमा जान जबरजस्ती गर्नु नहुने लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मोलले बताए ।

काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दासले मर्जरमा जाने नजाने कुराको निर्णय कम्पनी आफैले नै गर्न पाउँनुपर्ने बताएका छन् ।

Prabhu
Crest

त्यस्तै, कार्यक्रममा अर्थमन्त्रालयका पूर्व सह सचिव विमल वाग्लेले बीमा कम्पनीहरुलाई अहिले नै मर्जरमा जाओ भन्नु उपयुक्त नभएको बताएका छन् । कम्पनीहरु सञ्चालनमा आएको बल्ल १ बर्ष हुँदैछ । कम्तीमा पनि कम्पनीहरुलाई बजारमा दुई तीन बर्ष खेल्न दिनुपर्छ । त्यसपछि मात्रै कम्पनीहरुको अवस्था अनुसार मर्जमार जाने नजाने निर्णय गर्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा बीमा विज्ञ डा.रविन्द्र घिमिरेले भने सरकारी कम्पनीलाई मर्जरमा लैजान जति सहज छ त्यति नीजि कम्पनीलाई सजिलो नहुने बताए । ‘नीजि कम्पनीहरुलाई नियमनकारी निकायले मर्जरमा जानको लागि जबरजस्ती गर्नु हुँदैन । मर्जरमा जाने नजाने बिषयको निर्णय कम्पनीलाई नै गर्न दिनुपर्छ,’ उनले भने । यद्यपी मर्जरमा जाँदा बीमा कम्पनीहरुलाई कुनै पनि घाटा नहुँने धारणा व्यक्त गरे ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले मर्जरमा जाने बिमा कम्पनीलाई विभिन्न खालका छुट र प्रोत्साहन दिईने बताए । कम्पनीहरुलाई स्वस्फूर्त रुपमा मर्जरमा जानका लागी समितिले निर्देशिकमा नै विभिन्न किसिमका छुटको व्यवस्था गरेको उनले बताए । ‘साथै मर्जरमा जाने बीमा कम्पनीहरुलाई मर्जरमा छुट दिन समेत हामीले सरकारसँग आग्रह गरेका छौ,’ उनले भने ।

कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले मुलुकको आवश्यकता अनुसार नियमनकारी निकायले कम्पनीलाई लाइसेन्स वितरण र मर्जरमा जाने निर्देशन दिन सक्ने बताए । ‘हामीले नयाँ कम्पनीलाई लाईसेन्स दिएर राम्रै निर्णय गरेका रहेछौ । जसका कारण आज बीमाको पहुँच १८ प्रतिशत पुगेको छ भने कुल ग्रार्हस्थ उत्पादनमा ३ प्रतिशत योगदान पुगेको छ,’ उनले भने ।

कार्यक्रममा ग्लोबल एसिस्टेन्स नेपालका प्रबन्ध निर्देशक पुष्पदास श्रेष्ठले नयाँ कम्पनीलाई लाईसेन्स वितरण गरेको एक बर्ष पुरा नहुँदै मर्जर निर्देशिका ल्याउँनु आफैमा अनौठो भएको बताए । साथै समितिले एकै पटक धेरै कम्पनीलाई लाईसेन्स दिँदा बजारमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको समेत उनले दाबी गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS