नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
ऋणपत्रमा वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदर पाइने छ । बैंकले ‘१० दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्रलाई (इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ । ऋणपत्र निष्काशनत तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।