IME Life New

टेलिकमले थामेको सेयर बजारको वृद्धि कायम हुन सकेन दोहोरो अंकले बजारमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पछिल्ला केही दिनहरूमा नेपाल टेलिकमले थामेको सेयर बजारको वृद्धि  कायम हुन नसकेपछि बुधबार दोहोरो अंकले घटेको छ । कारोबार सुरूभएदेखि नै घटेको बजार अन्तिम समयमा आएर १३ दशमलव ९२ अंकले ओरालो लागेर नेप्से परिसूचक १५५३.७२ अंकमा बन्द भएको हो।

Esewa
Crest

सेयर सेयर बजारमा सबैभन्दा बढी कारोबार हुने क बर्गका सबैभन्दा बढी कारोबार हुने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९७ प्रतिशतले घटेर ३२७.०२ अंकमा बन्द भएको छ । बुधबारको बजारमा १५९ कम्पनीका १४ लाख ४७ हजार २७१ कित्ता सेयर ४७ करोड १० लाख २७ हजार रुपैयाँमा खरिद बिक्रि भएका छन् ।

कारोबारमा आएका नौ उपसमूहमध्ये सात समूह घटेका छन् भने होटल्स् ३१ दशमलव ३५ अंक र व्यापर समूह भने ११ दशमलव ७३ अंकले उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा ११ करोड रुपैयाँले वृद्धि भएको छ ।

फाइनान्स समूह ५ दशमलव २९ अंकले ओरालो लाग्दा बाणिज्य बैंक, विकास बैंक,जलविद्युत्त, बीमा, उत्पादन, र अन्य समूह दोहोरो अंकले झरेका छन् । यसदिन नेपाल टेलिकमको सेयर सबैभन्दा बढी ६ करोड २६ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार टेलिकमको सेयरमूल्य २ दशमलव ६६ प्रतिशतले घटेर प्रतिकित्ता ८४२ रुपैयाँमा बन्द भएको छ ।

राष्ट्रिय बीमा कम्पनी संस्थापक, नेपाल लाईफ इन्स्योरेन्स, कुमारी बैंक, नेपाल बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, एसबिआई बैंक र ओम डेभलपमेन्ट बैंकको संस्थापक सेयर क्रमश एक करोड बढीको कारोबार भएको छ ।

बुधबार मल्टिपर्पोज फाईनान्सको सेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ४७ प्रतिशतले बढेको छ । बिशाल बजार कम्पनी र ओरेन्टियल होटल्सकाे सेयरमूल्य पाँच प्रतिशत बढीले बढेको छ । यसदिन बरुण हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी ६ प्रतिशतले गुमाएका छन् भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र जेबिल्स् फाईनान्सको सेयरमूल्य पाँच प्रतिशत हाराहारीमा घटेको छ ।

बुधबारको समग्र बजार पूँजीकरण १८ खर्ब तीन अर्ब रुपैयाँमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS