IME Life New

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले गर्यो बालगृहलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले २५औं वार्षिकोत्सवको अवसर पारेर लुम्बिनी रोडमा अवस्थित सिद्धार्थ बालगृहलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामान वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बालगृहमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले मन्दिरमा पूजा गर्नु भन्दा अभिभावकबिहीन बालबालिकालाई सहयोग गर्नु पुनित कार्य हुने बताइन् ।

Esewa
Crest

उपप्रमुख काफ्लेले महालक्ष्मी विकास बैंकले स्थापना काल देखि नै सहज र सरल बैंकिङ सेवा प्रदान गर्दै आएको भन्दै प्रशंसा गरिन् । बैंकका सञ्चालक राहुल अग्रवालले देशको ठूला विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक पनि भएको बताए । उनले सबै क्षेत्रमा बैंकको पहुँच पुग्ने गरी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए ।

सिद्धार्थ बालगृहका सञ्चालक कृष्णमाया गुरुङले बालगृहमा रहेका बालबालिकालाई मध्यनजर गर्दै बैंकले खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण गर्नु प्रशंसनीय रहेको बताइन् । महालक्ष्मी विकास बैंकका पूर्व कर्मचारी कृष्ण श्रेष्ठले बैंकले विगत देखि नै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS