IME Life New

बीमा कम्पनीहरुको मर्जर फेल भए जिम्मा कसले लिने, बीमा विज्ञ डा.रबिन्द्र घिमिरे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नीजि बीमा कम्पनीहरुलाई जबरजस्ती मर्ज गर्न नसकिने बीमा विज्ञ डा.रबिन्द्र घिमिरेले बताएका छन् । काठमाडौमा आयोजित बीमा कम्पनीहरुको मर्जर आवश्यकता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै बीमा विज्ञ घिमिरले सरकारी कम्पनीलाई मर्ज जति सहज छ । तर, नीजि कम्पनीलाई हामी जबरजस्ती मर्ज गर्न नसकिने बीमा विज्ञ घिमिरे बताए । ‘फकाएर प्रोत्साहन गरेर गर्नुपर्ने भएकाले धेरै चुनौती छ, उनले भने ।

मर्ज गरेको भोलि पल्ट फेल पनि हुन सक्छ । यसको जिम्मा कसले लिने । मर्जरमा जाँदा समितिले दिने छुट बास्तविक हुन् । जसका कारण कम्पनीहरु रातारात मर्जरमा जान सकुन् । बीमा कम्पनी मर्जरमा जाँदा घाटा नहुने बीमा कम्पनीहरु मर्जरमा जादाँ कुनै पनि घाटा नहुँने बीमा डा.विज्ञ घिमिरे बताएका छन् ।

Esewa
Crest

मर्जरमा गए पनि कम्पनीहरु अहिलेको अवस्था भन्दा तल नखस्कीने उनले बताए । काठमाडौमा आयोजित बीमा कम्पनीहरुको मर्जर आवश्यकता र चुनौतीको बिषयक छलफल कार्यक्रम बोल्दै विज्ञ घिमिरे मर्जरबाट कम्पनीहरुलाई घाटा नभए पनि थुप्रै चुनौतीहरु भएको समेत उनले बताए ।

बीमा कम्पनीहरु भनेको कानुनी संस्था हुन् । प्राकृतिक व्यक्ति होईनन् । मर्जर भनेको कम्पनीका कर्मचारी र सञ्चालनको मिलन हो । यदी मिलन भएन भने कम्पनीहरु धरासयी उनले बताए । ‘हतारमा नगरौ । बरु एक दुई बर्ष लागोस,’ उनले भने ।

बीमा कम्पनी नै बन्द हुन सक्ने
सरकारले समाजिक सुरक्षा मार्फत बीमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै जाँदा कुनै व्यवसायिक कम्पनीहरुको व्यवसाय खस्कन सक्ने बीमा विज्ञ डा.रविन्द्र घिमिरे बताए । ‘सरकारले स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा बोर्ड गठन गरेको छ । भोलिको दिनमा कृषि र लघुबिमा बोर्ड पनि गठन होला,’ उनले भने । त्यसैले सरकारले निश्चित सामाजिक सुरक्षामा बीमा कम्पनीहरुलाई पनि समेट्नु पर्छ ।

बजारमा दक्ष जनशक्ति छन्
नेपालको बीमा बजारमा पर्याप्त मात्रामा दक्ष जनशक्ति उपलब्ध भएको बीमा बिमा विज्ञ घिमिरेले बताए । कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतका लागी आफनै नजिकको मानिस खोस्ने भएका कम्नपीहरु प्रमुख कार्यकारी विहिन भएको उनले बताए । ‘बजारमा दक्ष व्यक्ति छन् । तर, उनीहरुले कम्पनीमा जागिर पाउँदैनन् । किनभने उनीहरु सञ्चालकका आफन्त होइनन्,’ उनले भने । यसमा नियमनकारी निकायको कुनै दायित्व पनि हुने उनले बताए ।

जनसंख्याको धेरै बीमा कम्पनी
नेपालको जनसंख्याका आधारमा धेरै बीमा कम्पनी भएको बीमा विज्ञ डा.घिमिरेले बताए । नेपालमा प्रति सात लाख जनसंख्या बराबर एउटा कम्पनी छ । जुन अन्य मुलुकको तुलनामा धेरै भएको उनले बताए । ‘कम्पनीलाई लाईसेन्स दिनु अगाडी अध्ययन गर्नुपर्छ । एउटा व्यक्तिको निर्णयले लाईसेन्स दिनु हुदैनथ्यो,’ उनले भने । अहिले नेपालको निर्जीवन बीमा कम्पनीमा धेरै प्रतिस्पर्धा भएको उनले बताए ।

नेपालमा बैकले बीमा चलाए
नेपालको बीमा बजारमा बैकले बीमा कम्पनी चलाएको बीमा विज्ञ डा. घिमिरले बताए । अन्य मुलुकमा बीमा कम्पनीेले बैक चलाएका छन् भने नेपालमा बैकले बीमा चलाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS