IME Life New

घोराही सिमेन्टले आइपिओ मार्फत लगानीकर्तालाई गुमराहमा पारेर ठग्दै, धितोपत्र बोर्डको भूमिका शंकास्पद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गलत वित्तीय सूचकलाई देखाएर महंगो प्रिमियममा आइपिओ निष्काशन गरिरहेको घोराही सिमेन्टले लगानीकर्ताहरुलाई गुमराहमा पार्दै ठगी गरिरहेको छ । इन्स्योरेन्स खवरले गरेको अनुसन्धानका क्रममा कम्पनीको आइपिओ निष्काशनमा गलत नियम राखेको पाइन्छ । जसले गर्दा आइपिओ निष्काशनको नियतमाथी नै थुप्रै प्रश्न उठाउन सकिन्छ ।

घोराही सिमेन्टले हाल आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३०० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता ४०० रुपैयाँ र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि ३३५ रुपैयाँ प्रिमियम सहित ४३५ रुपैयाँको दरमा आइपिओ निष्काशन गरिरहेको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुले नबुझी आवेदन दिइरहेका छन् भने स्थानीय प्रभावित बासिन्दाले आवेदन नदिने घोषणा गरिसकेका छन् । कम्पनीले महंगो प्रिमियम लिएर लगानीकर्ताहरुलाई ठगी गर्न लागेको देखिन्छ ।

Esewa
Crest

यसै सन्दर्भमा हामीले निम्न विषयहरुको उठान गरेका छौं

महंगो प्रिमियममा आइपिओ निष्काशन गरिरहेको घोराही सिमेन्टले अहिलेसम्म कुनै पनि वार्षिक लेखापरीक्षण गरिएका प्रतिवेदनहरु आम मासिसहरुले थाहा पाउने गरी सार्वजनिक गरेको छैन । धितोपत्र बोर्डले पनि कम्पनीको लेखापरीक्षण गरिएका विवरणहरु आम लगानीकर्ताहरुका लागि सार्वजनिक गर्न सकेको छैन । यस क्रममा नेपाल धितोपत्र बोर्डको भुमिका समेत शंकास्पद देखिएको छ । अत्याधिक मूल्यमा शेयर बिक्री गर्दै गर्दा बोर्डले लगानीकर्ताका लागि त्यस्ता आधिकारिक विवरणहरु सार्वजनिक गर्नु पहिलो कर्तव्य हो ।

आफुले त्यस्ता तथ्याङ्क कहि कतै उल्लेख नगरेपनि कम्पनीलाई आफ्नो विवरण वेवसाइटमा राख्न समेत निर्देशन दिएको छैन । कम्पनीले अन्य सोही अवस्थामा सञ्चालित कम्पनीहरुको भन्दा कम दरमा डिप्रिसिएसन खर्च राख्दा समेत कुनै प्रश्न उठाएको देखिँदैन ।

अरु कम्पनीहरुले सरदर १० देखि १५ प्रतिशतको बीचमा औषत ह्रासकट्टि गर्ने गरेता पनि घोराही सिमेन्टले भने केवल ५ प्रतिशतको मात्र औषत ह्रासकट्टि गरेको हिसाब राखी कम्पनीलाई नाफामा देखाई रिजर्भलाई बढि देखाएको देखिन्छ । सोही रिजर्भको आधारमा किताबी मुल्यको गणना गरी कम्पनीलाई किताबी मुल्यको २ गुणा प्रिमियममा आइपिओ निष्काशन गर्ने अनुमति बोर्डले दिएको देखिएको हुँदा यसमा धितोपत्र बोर्डभित्र समेत कम्पनीले प्रभाव पारी चलखेल गरेको प्रष्ट अनुमान गर्न सकिन्छ ।

यस बाहेक कम्पनीले प्रस्तुत गरेको वित्तिय विवरण र प्रोजेक्सनमा समेत सामञ्जस्यता नहुँदा नहुँदै पनि बोर्डले कम्पनीको आइपिओलाई आँखा चिम्लेर स्वीकृति प्रदान गरेको देखिन्छ । कम्पनीले प्रस्तुत गरेको वित्तिय प्रोजेक्सनमा विगत २ आर्थिक वर्षदेखि बिक्री आम्दानी घटिरहेको छ । अझ रोचक त यस आर्थिक वर्षको पनि २ त्रैमासिक सम्म अघिल्लो आर्थिक वर्षको आधा पनि बिक्री आम्दानी नभएको तथ्यका बीच कम्पनीले अर्को बाँकी २ त्रैमासिकमा अघिल्लो आर्थिक वर्षको भन्दा धेरै बिक्री आम्दानी गरेको देखाएको छ । यस्तो तथ्यांकलाई बोर्डले कसरी आँखा चिम्लिन सक्छ ? जबकी उद्योग सञ्चालन भएको स्थानमा स्थानीयहरुले बारम्बार उद्योग सार्न दबाब दिइरहेका छन् भने बिगत ५ महिनादेखि कामदार समस्याका कारण उद्योगको उत्पादन बन्द प्राय रहेको छ ।

यता नेपाल विद्युत प्राधिकरणसँग कम्पनीले करिब १ अर्ब ४० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ भने बैंक वित्तिय संस्थामा समेत करिब करिब ७ अर्ब माथिको ऋण रहेको देखिन्छ । यता कम्पनीको खुद मुनाफा समेत अरु कम्पनीको भन्दा निकै थोरै रहेको देखिन्छ । अरु कम्पनीहरुको खुद मुनाफा औषतमा १० प्रतिशत हाराहारी रहँदा घोराहीको भने केबल औषतमा २ प्रतिशत हाराहारी रहेको देखिन्छ ।

घोराही सिमेन्टको शेयर मूल्य किन ४३५ रुपैयाँ? मूल्य जायज छ कि छैन? हेर्नुहोस् विस्तृतमा विश्लेषण सहित

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%
happy

खुसी

10%
sad

दु :खी

10%
amazed

अचम्मित

3%
excited

उत्साहित

71%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS