IME Life New

एशियन लाईफकाे अभिकर्ताकाे आम्दानी १६ प्रतिशतले बढ्याे, लघु बीमाबाट मात्र रू. ८० कराेड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌। एशियन लाईफ इन्स्याेरेन्स क‌ं. लि.काे अभिकर्ता कमिशन गत आर्थिक वर्षमा १६.२२ प्रतिशतले वृद्धि भएकाे छ। कम्पनीकाे वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८।७९ मा अभिकर्ताले कमिशनवापत ८२ कराेड ६७ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएका छन् ।

अघिल्लाे आर्थिक वर्ष २०७७।७८ मा अभिकर्ता कमिशन अन्तर्गत ७१ कराेड १३ लाख १२ हजार रुपैयाँ वितरण गरेकाे थियाे । कम्पनीकाे कूल बीमाशुल्क आम्दानी १७‍.९५ प्रतिशतले वृद्धि हुँदा अभिकर्ता कमिशन पनि १६ प्रतिशतभन्दा बढी अंकले वृद्धि भएकाे हाे ।

Esewa
Crest

गत आवमा सबैभन्दा धेरै अग्रिम भुक्तानी सावधिक बीमा याेजना अन्तर्गत २६ कराेड ६५ लाख रूपैयाँ अभिकर्ता कमिशन भुक्तानी गरेकाेमा प्रथम् बीमाशुल्कवापत १६ कराेड २ लाख ९४ हजार रुपैयाँ कमिशन वितरण गरेकाे छ। दाेश्राे सर्वाधिक कमिशन रकम एशियन सावधिक बीमा याेजना अन्तर्गत २४ कराेड ५१ लाख रूपैयाँ भुक्तानी गरेकाे छ। प्रथम् बीमाशुल्कवापत १४ कराेड १० लाख रुपैयाँ कमिशन भुक्तानी गरेकाे छ। यसैगरी बालबालिकाकाे बीमा याेजनामा २० कराेड ५४ लाख ११ हजार रुपैयाँ बाँडिएकाे कम्पनीकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ। आजीवन बीमा याेजनाबाट बीमा अभिकर्ताले १० कराेड १६ लाख ८१ हजार रुपैयाँ कमिशन भुक्तानी लिएका छन् ।

लघु बीमाकाे व्यापारसँगै कमिशन पनि बढ्याे

लघु बीमालेख बिक्रीमा जाेड दिएकाे कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ मा ८० लाख ५१ हजार रुपैयाँ अभिकर्ता कमिशन वितरण गरेकाे छ। लघु बीमावापतकाे प्रथम् बीमाशुल्कवापतकाे कमिशन रकम ४‍‍.४१ गुणाले वृद्धि भएकाे छ। गत आवमा एशियन लाईफले लघु बीमालेखकाे बिक्रीबाट ७ कराेड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेकाे थियाे । अघिल्लाे आव २०७७।७८ मा लघु बीमावापतकाे कूल बीमाशुल्क आम्दानी १ कराेड ६१ लाख रुपैयाँ मात्र रहेकाे थियाे ।

लघु बीमावापत गत आव २०७८।७९ मा २५ लाख ५३ हजार ७५० रुपैयाँ दाबी भुक्तानी गरेकाे छ। याे दाबी भुक्तानी रकममध्ये पुनर्बीमा कम्पनीबाट ६ लाख ८२ हजार ७५० रुपैयाँ साेधभर्ना पाइएकाे प्रतिवेदनमा उल्लेख छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS