IME Life New

एशियन लाइफका बीमितले लिए साढे ४‍ अर्ब रूपैयाँ कर्जा, ब्याजबाटै २४ कराेड कमायाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । बै‌ंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋण महँगाे र असहज हुन थालेपछि जीवन बीमालेख धिताेकाे कर्जामा चाप बढ्दै गएकाे तथ्य बीमा कम्पनीहरूकाे वित्तीय विवरणले प्रष्ट पारेकाे छ।

एशियन लाइफ इन्स्याेरेन्सले प्रकाशन गरेकाे १५ औं वार्षिक प्रतिवेदन अनुसार बीमालेख धिताे कर्जावापतकाे रकममा एक वर्षकाे अवधिमा ३२‍.७  प्रतिशतले वृद्धि भएकाे छ। गत आर्थिक वर्षमा बीमिलेख बीमालेख धिताेमा ३ अर्ब ९३ कराेड ८७ लाख रुपैयाँ कर्जा लिएका छन् । अघिल्लाे आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ९६ कराेड ६३ लाख रुपैयाँ यस्ताे कर्जा लिएका थिए । चालू आर्थिक वर्ष २०७९/८० काे दाेश्राे त्रैमाससम्म ४ अर्ब ५१ कराेड १६ लाख रुपैयाँ कर्जा लगानी गरिसकेकाे छ।

Esewa
Crest

कर्जा लगानी बढ्दा ब्याजवापतकाे आम्दानी पनि अघिल्लाे आवकाे तुलनामा गत आव २०७८/७९ मा ८ प्रतिशतले वृद्धि भएकाे छ। गत आवमा एशियन लाईफले बीमालेख धिताेवापतकाे कर्जाबाट २३ कराेड ९० लाख रुपैयाँ ब्याज आम्दानी गरेकाे थियाे ।

कम्पनीकाे कर्जा लगानी बढ्दै जाँदा बीमालेख निष्कृय वा जफत हुने जाेखिम पनि बढ्दै गएकाे छ। कर्जा लिएका बीमितले नियमितरुपमा कर्जाकाे ब्याज भुक्तानी नगरेकाे अवस्थामा बीमालेख जफत गर्नुपर्ने बाध्यता हुन्छ । समर्पण मूल्यकाे आधारमा कर्जा दिने भएकाले कम्पनीलाई बीमालेख जफत गर्दा तत्काल रकमी नाेक्सानी नभएपनि बीमितले अपेक्षित लाभ पाउनबाट बञ्चित हुनुपर्छ। र कम्पनी प्रतिकाे धारणामा पनि यसले दीर्घकालीनरुपमा नकारात्मक प्रभाव पार्नसक्छ।

बीमालेख धिताे कर्जाकाे असल र खराब पक्षः

बीमालेखकाे धिताेमा नै कर्जा पाइने भएकाले धेरै झण्झट व्यहाेर्नुपर्दैन । कर्जाकाे लागी बीमित(बालबालिकाकाे बीमालेखकाे हकमा प्रस्तावक) ले आवेदन दिएकाे बढीमा एक घण्टाभित्र बैंक खातामै कर्जा रकम जम्मा हुन्छ । यस्ताे कर्जाकाे ब्याजदर तुलनात्मकरूपमा स्थिर हुन्छ। एशियन लाईफले यस्ताे ब्याज दर वार्षिक १२ प्रतिशत ताेकेकाे छ। बीमालेख कर्जावापत सेवा शुल्क तिर्नुपर्दैन ।

बै‌ंककाे कर्जामा जस्ताे बीमालेख धिताे कर्जावापतकाे साँवा रकम र ब्याज मासिक किस्ता किस्तामा भुक्तानी गर्नुपर्ने बाध्यता हुँदैन । ब्याजकाे रकम ६ ६ महिनामा अनिवार्य भुक्तानी गर्नुपर्छ। ६ महिनामा ब्याजकाे रकम भुक्तानी नगरेमा ब्याज रकम समेत साँवामा थपिने भएकाले अनावश्यक ब्याजकाे भारबाट जाेगिनका लागी समयमै ब्याज रकम भुक्तानी गर्नु बुद्धिमानी हुन्छ।

बीमालेख अवधि कायम रहेसम्म बीमितले जुन सुकै बेला पनि आ‌ंशिक वा पुरै साँवा रकम भुक्तानी गर्न सक्ने सुविधा हुन्छ। कर्जा चुक्ता गरेर पटक पटक कर्जा लिन सकिन्छ । कर्जा लिए पनि बीमितले नियमितरूपमा बीमाशुल्क भुक्तानी गरेकाे अवस्थामा बीमालेखवापत प्राप्त गर्ने कुनैपनि सुविधाबाट वञ्चित हुनुपर्दैन।

बीमालेख कर्जाकाे ब्याज रकम नियमितरूपमा भुक्तानी नगरेकाे अवस्थामा बीमालेख जफत हुनसक्छ। बीमालेखकाे समर्पण मूल्य भन्दा साँवा र ब्याजवापतकाे रकम बराबर वा बढी भएकाे अवस्थामा जीवन बीमा कम्पनीले बीमालेख जफत गरिदिन्छन् । जफत भइसकेपछि बीमितले बीमालेखउपर कुनै पनि कानूनी दाबी गर्न पाउँदैनन् । बीमालेख जफत गर्नु अघि बीमितलाई व्यक्तिगतरुपमा जानकारी गराउनुपर्ने भएपनि जीवन बीमा कम्पनीले बीमितलाई कुनै जानकारी नै नदिई बीमालेख जफत गर्ने प्रवृत्ती रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS