IME Life New

सरकारी सम्पतिको अनिवार्य बीमा गर्न निजी क्षेत्रले अर्थ मन्त्रालयलाई दियो सुझाव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सरकारी सम्पतिको अनिवार्य रुपमा बीमा गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् । आर्थिक बर्ष २०७६/७७ को बजेट एवंम् आर्थिक ऐनका सम्बन्धमा निजी क्षेत्रले अर्थमन्त्रालयलाई संयुक्त रुपमा यस्तो सुझाव दिएका हुन् । साथै उनीहरुले व्यवहारिक नभएको बीमाशुल्कलाई पुनरावलोकन गर्न समेत अर्थमन्त्रालयलाई संयुक्त रुपमा सुझाव दिएका छन् ।

Crest

बैक तथा वित्तीय संस्थाको ब्याजदरमा हुने उत्तार चढावलाई निश्चित सिमा भित्र राख्ने व्यवस्था गर्न समेत निजी क्षेत्रले अर्थमन्त्रालयलाई सुझाव दिएका छन् । साथै बैकिङ्ग क्षेत्रको तरलता व्यवस्थापन गर्न सरकारी खर्च र ऋण परिचालनको हालको व्यवस्थामा सुधार गर्नुपर्ने, बैकले प्रशासनिक एवंम व्यवस्थापन खर्च कमगरी निक्षेप कर्ता र ऋणीलाई सहुलियतपुर्ण सेवा दिनुपर्ने, बैंकको बिशेष प्रकारको व्यवसाय भएकोले यसले प्रदान गर्ने निश्चित सेवा जनताले निशुल्क पाउनु पर्ने र सेवा शुल्क घटाउनु समेत सुझाव दिएका छन् ।

कालो सुचीमा राख्न नहुने
एकै व्यवस्थापनको कुनै एक कम्पनी दमासाहीमा परि कालो सुचीमा परेकै आधारमा अन्य कम्पनीलाई समेत कालो सुचीमा नराख्न निजी क्षेत्रले अर्थमन्त्रालयलाई सुझाव दिएको छ । साथै प्रत्येक बर्ष कर्जा नविकरण गर्दा शुल्क लिने व्यवस्था हटाउँन समेत आग्रह गरेको छ । स्थिर ब्याजदरको व्यवस्था लागू गर्न समेत निजी क्षेत्रले सुझाव दिएको छ ।

त्यस्तै, निजी क्षेत्रले बैकले कर्जा प्रवाह गर्दा थप सुरक्षण राख्नुपर्ने व्यवस्था हटाउँन समेत आग्रह गरेको छ । रुघ्ण उद्योगलाई पुनर्उथ्थानका लागि बिशेष कार्यक्रम ल्याउन समेत आग्रह गरेको छ ।

दोहोरो तेहेरो कर हटाउनुपर्ने
संघीयतामा संघ, प्रदेश र स्थानीय तहले लगाउने करहरु दोहोरो, तेहेरो हुन नहुने निजी क्षेत्रले अर्थमन्त्रालयलाई सुझाव दिएको छ । स्थानीय तहले लगाउने घर जग्गा रजिष्ट्रेशन शुल्क र भूमिकर, उद्योग र होटल व्यवसायलाई ५० प्रतिशत छुट हुनुपर्ने समेत सुझाव दिएका छन् ।

आयकरमा छुट दिन सुझाव
निजी क्षेत्रले कर्पोरेट आम्दानी करको दर पाँच प्रतिशतले घटाउनुपर्ने अर्थ मन्त्रालयलाई सुझाव दिएका छन् । व्यक्तिको सम्बन्धमा ५ लाख र दम्पतिको सम्बन्धमा ७ लाख रुपैयाँको कर छुटको सीमा गरिनुपर्ने, छुट पश्चातको पहिलो १ लाखको सट्टा ३ लाखमा १० प्रतिशतले कर लाग्ने व्यवस्था हुनुपर्ने, प्रोप्रराईटरसिप फर्महरुलाई व्यवसायिक प्यानमा दर्ता गरिनुपर्ने र प्रोपाईटरसिप फर्मको २० लाख भन्दा बढीको आयमा लाग्ने सरचार्ज खारेज गरिनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS