IME Life New

रेट्राेसेशनका लागी नेपाल पुनर्बीमाले पुनर्बीमा दलालसँग माग्याे आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले बीमा जाेखिम हस्तान्तरणका लागी दलाली सेवा प्रदान गर्न ईच्छुक पुनर्बीमा दलाल कम्पनीहरुलाई सूचीकृत हुन अनुराेध गरेकाे छ। नेपाल पुनर्बीमाले आर्थिक वर्ष २०२३-२४ का लागी पुनर्बीमा दलाली सम्बन्धी सेवा प्रदान गर्न ईच्छुक पुनर्बीमा दलाल कम्पनीहरुलाई सुचीकृत हुन आग्रह गरेकाे हाे ।

पुनर्बीमा दलाल कम्पनीले पुनर्बीमा कम्पनीहरुबीच वा बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच जाेखिम हस्तान्तरण सम्झाैताका लागी मध्यस्थकर्ताकाे रूपमा सेवा प्रदान गर्छन् । यस्ताे सेवा प्रदान गरेवापत उनीहरुले कानूनीरुपमै बीमाशुल्ककाे आधारमा र ताेकिएका पूर्वशर्तहरुकाे आधारमा कमिशन समेत आम्दानी गर्छन् ।

Esewa
Crest

नेपाल पुनर्बीमाले रेट्राेसेशन (पुनः पुनर्बीमा) का लागी पुनर्बीमा दलाल कम्पनीकाे सूचीकरण गर्न लागेकाे हाे ।  एउटा पुनर्बीमा कम्पनीले आफूले स्वीकार गरेकाे जाेखिमकाे पुरै वा निश्चित अ‌ंश अर्काे कुनै पुनर्बीमा कम्पनी वा ठूलाे जाेखिम बहन गर्न सक्ने क्षमता भएकाे बीमा कम्पनीलाई हस्तान्तरण गर्ने अभ्यासलाई रेट्राेसेशन भनिन्छ।

ईच्छुक सेवा प्रदायकलाई ४ जुन २०२३ सम्ममा सूचीकरणका लागी आवश्यक कागजपत्र सहित आशयपत्र पेश गर्नका लागी नेपाल पुनर्बीमाले अनुराेध गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS