IME Life New

स्वास्थ्य बीमा कार्यक्रममा फर्जी दाबीकाे बाढी, बाेर्डले कारवाही नगर्दा प्राेत्साहन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य स‌ंस्थाहरूले झूठाे विवरण पेश गर्दै स्वास्थ्य बीमा दाबीवापतकाे रकममा लुट मच्चाउँदा स्वास्थ्य बीमा बाेर्ड समेत मतियार बनेकाे पाइएकाे छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आवद्ध स्वास्थ्य स‌ंस्थाहरूले नक्कली बिजक तथा उपचारकाे प्रमाण पेश गरेर दाबी भुक्तानी माग गरेकाे फेला पर्दा पनि बाेर्डले आँखा चिम्लिएर उन्मुक्ति दिएकाे हाे।

स्वास्थ्य बीमा बाेर्डमा गत आर्थिक वर्ष २०७८।७९ मा बाेर्डले छानबिनका क्रममा १ लाख ३४ हजार वटा दाबी फर्जी फेला पारेकाे थियाे । याे दाबी अन्तर्गत ठूला अस्पतालहरुले १४ कराेड ६५ लाख रुपैयाँ साेधभर्ना माग गरेका थिए । स्मरण रहाेस्,स्वास्थ्य बीमा बाेर्डबाट सर्वाधिक दाबी भुक्तानी लिने मध्येमा झापाका व्यापारी दुर्गा प्रसाई‌ंकाे बि एण्ड सी अस्पताल समेत रहेकाे छ। बि एण्ड सी अस्पतालले मात्र बाेर्डबाट चालू आर्थिक वर्षकाे फागुन सम्ममा २५ कराेड ६० लाख रुपैयाँ दाबी भुक्तानी लिई सकेकाे छ।

Esewa
Crest

राजनीतिक प्रभावमा पारेर वा कर्मचारीलाई अनुचित दबाब दिएर फर्जी कागज प्रमाणकै आधारमा बाेर्डबाट स्वास्थ्य बीमा वापतकाे रकम कुम्ल्याउने प्रवृत्ती राेकिएकाे छैन। महालेखा परिक्षककाे कार्यालयले जारी गरेकाे ६०‍ औं वार्षिक प्रतिवेदनका अनुसार अघिल्लाे आर्थिक वर्षमा फर्जी दाबी रकम १९ कराेड ६७ लाख रुपैयाँ रहेकाे थियाे ।

स्वास्थ्य बीमा नियमावली २०७५ काे नियम १९(१) मा सेवा प्रदायकले झुट्टा विवरण पेश गरेमा सम्झाैता स्थगन वा रद्ध गर्न सक्ने प्रावधान छ। तर  फर्जी दाबी पेश गर्ने स्वास्थ्य संस्थासँगकाे सम्झाैता स्थगन वा रद्ध गर्नुकाे साटाे बाेर्डले नक्कली दाबी मात्र रद्ध गरेर उन्मुक्ति दिइरहेकाले झुट्टा दाबी गर्ने प्रवृत्ती नियन्त्रणमा नआएकाे भन्दै महालेखा परिक्षककाे कार्यालयले नियमावलीकाे प्रावधान अन्तर्गत कारवाही गर्न निर्देशन दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS