काठमाडौं । नेपाल बीमा प्राधिकरणको दायरा फराकिलो भए सँगै विगत ४-५ वर्षदेखि चलायमान बन्दै गइरहेको छ । बजार जति धेरै बढ्दै जान्छ यसका कमि कमजोरी पनि बाहिरिदै जान्छन् । यसका लागि नियमन गर्ने प्रमुख निकाय नेपाल बीमा प्राधिकरण नै हो । प्राधिकरणले लिएका नीतिगत व्यवस्था अवका दिनमा बीमा क्षेत्रमा ठुलो परिवर्तन देखिनेछ । यस्तो परिवर्तनले बीमा क्षेत्रमा मात्रै नभइ समग्र अर्थतन्त्रमा पनि प्रभाव देखिन थालेको छ । त्यहि भएर अहिले सबैको ध्यान बीमा क्षेत्रमा केन्द्रित बन्दै गइरहेको छ । नेपाल बीमा प्राधिकरणले गरेका काम कारबाही र बीमा प्राधिकरणका काम कारबाहीका विषयमा बीमा क्षेत्रमा हुने गरेका टिकाटिप्पणीमा केन्द्रित भएर इन्स्योरेन्स खवरका अरुण सापकोटाले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाई नेपाल बीमा प्राधिकरणमा आउनु भएको दुई वर्ष नाघेको छ । यस दुई वर्षको अवधिमा कस्तो अनुभव गर्नु भयो ?
यो मेरो लागि नयाँ क्षेत्र थियो । तर सरकारले तिमिले यो गर्न सक्छौ भनेर पठाइसके पछि मैले गर्नु पर्यो । यहि क्रममा बीमा पनि बुझ्नु पर्यो, बीमाका विभिन्न पक्षहरु बुझ्नु पर्यो, यसका राम्रा पक्षहरु के-के हुन्छन्, संसारमा चलेको ट्रेण्ड के-के छ, हाम्रो अवस्था के छ ? यी सबै कुरा बुझ्दै जादा अनुभव नौलो भयो । तर यो मैले गर्नु पर्ने कर्तव्य भएकाले मलाई लाग्छ म मेरो कर्तव्यमा अडिग नै रहे ।
केहि राम्रा कुराहरु पनि बजारमा देखिन थाल्या छ । हामीले हाम्रो प्रदेश कार्यालय पनि विस्तार गर्यौ । यसले बीमाको बजारलाई विश्वासिलो बनाउन सहयोग पुर्याउछ । किनभने तलका समस्या तलैबाट समाधान हुन्छ । सनि दिने निकाय खडा भए पछि काठमाडौं आइरहनु परेन । विस्तारै प्रदेशको माध्यमबाट प्रदेशभरी रहेका कम्पनीहरुलाई सँगसँगै अरु बीमितहरुलाई पनि सेवा दिन प्रारम्भ गरेका छौ ।
समग्रमा हेर्दा मेरो लागि नौलो क्षेत्र रहे पनि अव नौलो रहेन । आजको दिनमा मलाई सोध्दाखेरी, तपाईले पनि भन्नुहोला म बीमाको पनि बिज्ञ मानिस नै हो । त्यो बाटो मैले बनाए ।
तपाई लामो समय राज्यको प्रशासनिक भुमिकामा रहनु भयो । बीमा क्षेत्रमा काम गर्दै गर्दा हिजोको प्रशासनिक अनुभवको भुमिका कत्तीको रह्यो ?
बीमा सिंगै राज्य व्यवस्थाको सानो अंग हो । यो वित्तीय क्षेत्रको महत्वपुर्ण औजार पनि हो । मेरो समग्र करिअरको कुरा गर्नु हुन्छ भने म लामो समय स्थानीय विकासमा बस्या हो । स्थानीय तह मध्ये काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुख भएर पनि काम गरेको हो । त्यसैले विकासमा बीमालाई कसरी जोड्नु पर्छ भन्ने पाटोमा हिजोका दिनमा मलाई यसको ज्ञान थिएन तर त्यहाँबाट यहाँ आउदा मलाई त्यसको ज्ञान भयो । विकासमा बीमालाई कसरी जोडेर जानु पर्छ भन्ने कुरालाई हामीले अगाडी बढायौ । परिणाम सरकारले पनि बीमालाई बुझ्न सुरु गरेको छ । संघिय सरकारले बनाएको दुई वटै बजेट भाषणमा बीमाका धेरै कुराहरु समेटिएको छ ।
सरकारमा पनि एक प्रकारको जागरुकता आएको छ । सबै जोखिम सरकार आफैले लिन्छु भनेर सक्दो रहेनछ । यहि जागरुकता क्रमश: प्रदेश सरकारमा पनि गएको छ । किनभने हाम्रो अन्तर्क्रिया प्रदेशमा पनि हुन्छ । हुँदा हुँदा पालिका तहमा पनि पुगेको छ । अव बीमाको बारेमा एकखालको बुझाइ बन्यो । सैद्धान्तिक रुपमा बीमा गर्नु पर्ने चिज रैछ । यसले जोखिम हस्तान्तरण गर्छ । सबै कुरा एउटा सरकारको अंगले गरेर मात्रै सक्दो रहेनछ भन्ने हो ।
तपाईले नयाँ ऐन हेर्नु भयो भने त्यहि कुरा भन्छ । सरकारलाई बीमाको वारेमा आवश्यक सल्लाह दिने निकाय बीमा प्राधिकरण हो । बीमा प्राधिकरण सरकारकै एउटा अंग हो र सरकारलाई सल्लाह दिन्छ भन्ने हो भने सरकारले भनेको मानेर आफुले निर्वाह गर्नु पर्ने दायित्व आफैले पुरा गर्ने हो बाँकी कुराहरु क्रमश: बीमाको माध्यमबाट जोखिमलाई हस्तान्तरण गर्दै जानु पर्छ । अनि मात्रै समग्र वित्तीय क्षेत्रलाई सुरक्षित गर्न सक्छौ ।
सरकारको दायित्वलाई कम गर्न सक्छौ । सरकारको बढि भन्दा बढि पैसालाई विकासमा लैजान सक्छौ । त्यो पाटोलाई हामीले खोल्दै जानु पर्छ ।
तपाई नियुक्ति भए पछि तीन वटा सरकार परिवर्तन भयो । सरकार परिवर्तनले हजुरको कार्यकाललाई कत्तीको प्रभाव पार्यो ?
मलाई लाग्छ ऐनले नै मलाई तिम्रो काम खुरु खुरु गर र आवश्यक कुरामा समन्वय गर भनेको छ । सरकारले कहिले पनि मलाई तिमिले यहि गर्नु पर्छ भनेर कहिले पनि भनेन । हाम्रो कानुनमै प्रष्ट के छ भने मैले गर्नु पर्ने विषय के के हो । त्यो कुरा मैले गरे पछि बीमा बजारमा के प्रभाव पर्छ । समग्र अर्थतन्त्रमा के प्रभाव हुन्छ भन्ने कुरा यसैमा भएको हुनाले मलाई सरकारले पनि बीमा क्षेत्रको विज्ञ भनेको प्राधिकरण नै हो र यसको काम गर्न उसैलाई दिउ भनेको छ । आवस्यकता परेको वेलामा सरकार सँग लिनु परेको सहयोग र गर्नु पर्ने समन्वयका कुराहरु गरिदिएको पनि छ ।
सरकारले प्राधिकरणलाई धेरै हस्तक्षेप गरेको मलाई कहिले पनि अनुभव भएन । आजको दिनमा पनि मलाई त्यो अनुभव छैन ।
यो मामिलामा सरकारले प्राधिकरणलाई धेरै हस्तक्षेप गरेको मलाई कहिले पनि अनुभव भएन । आजको दिनमा पनि मलाई त्यो अनुभव छैन । त्यसकारण हामीले सरकार भनेर छुट्ट्याउनु पनि पर्दैन । हामी पनि सरकारकै अंग हो । सरकारले नै गर्नु पर्ने विषयलाई प्राधिकरण खडा गरेर यो काम तिमिले गर भनेको हो । खासै सरकारले तिमिले यो गर्न हुन्छ यो हुँदैन भनेको छैन । यो कानुनले त्यसको अनुमति पनि दिदैन ।
तपाई नेपाल बीमा प्राधिकरण आए पछि बीमा क्षेत्रमा धेरै सुधार पनि देखियो । तपाई आए पछि बीमा क्षेत्रमा के-के उपल्धीहरु हासिल भयो भन्न सक्छौ ?
मैले गरेका कामहरु म आफैले भन्ने भन्दा तपाईहरुले समिक्षा गरिदिदा राम्रो हुन्छ । तपाईहरुले गर्नु भएका आलोचनात्मक कुराहरुबाट हामीले सिक्ने हो । राम्रो कुराहरुलाई निरन्तरता दिने हो । मेरो सबैभन्दा धेरै ध्यान बीमा बजारको विश्वसनियतालाई काम गर्ने तर्फ रह्यो । बीमा बजारको विश्वसनियता कायम गर्न दुई तीन वटा कुराहरु छन् । पहिलो कुरा कम्पनीहरु सुशासनमा बस्नु पर्यो । पहिलो ध्यान हाम्रो त्यतातर्फ गयो ।
कम्पनीको पूँजी बृद्धि नगरेसम्म उसले कर्मचारी, स्रोत साधन र इनोभेसनमा लगानी गर्न सक्दैन ।
दोस्रो कुरा दाबीलाई समयमा भुक्तानी गर्नु पर्यो । तेस्रो बीमालाई विस्तार गर्नु पर्यो । शहर केन्द्रित भयो यसलाई गाउँसम्म लिएर जानु पर्यो । गरिवले पनि यसको फाइदा पाउनु पर्यो । चौथो बीमा कम्पनीको संख्या धेरै भयो । यसले गर्दा अस्वस्थ प्रतिस्पर्धा भयो । त्यसकारण मर्जर गरेर संख्या घटाउनु पर्यो । त्यस बाहेक बीमा प्राधिकरणले दिनु पर्ने सेवा केन्द्रबाट मात्रै सम्भव छैन । त्यसकारण यसको विस्तार प्रदेश तहसम्म जानु पर्यो भनेर हामीले प्रदेशमा कार्यालय नै सञ्चालन गरिसक्यौ । यी नै प्रमुख कुराहरु हुन् ।
म आएको दुई वर्ष पुरा भयो । यो अवधिमा ६ वटा प्रदेश कार्यालय स्थापना भइसके । १२ वटा कम्पनी मर्जर नै भइसके । ९ वटाको मर्जर सके यहि महिनामा नभए अर्को महिनामा पुरा हुन्छ । कम्पनीको पूँजी बृद्धि गर्नु सामान्य कुरा होइन ।
यसबाहेक हामीले अनेक निर्देशिका निकाल्यौ । धेरै पटक बीमकसँग छलफल पनि गर्यौ । बीमाका सम्पुर्ण सरोकारवाला पक्षहरुसँग वर्षको तीन-चार पटक बसेर बैठक गर्यौ । यी सबै कुराहरुलाई हेर्दा मलाई लाग्छ म आएको दुई वर्ष पुरा भयो । अव यो अवधिमा यति धेरै कुराहरु गर्यौ । सफलताको स्टोरीमा ६ वटा प्रदेश कार्यालय स्थापना भइसके । १२ वटा कम्पनी मर्जर नै भइसके । ९ वटाको मर्जर सके यहि महिनामा नभए अर्को महिनामा पुरा हुन्छ । र कम्पनीको पूँजी बृद्धि गर्ने सामान्य कुरा होइन । कम्पनीको पूँजी बृद्धि नगरेसम्म उसले निरास व्यवसाय गर्छ । न उसले कर्मचारीमा लगानी गर्न सक्छ । न त स्रोत साधन, इनोभेसनमा लगानी गर्न सक्छ । यी सबै कुराहरु मैले मात्रै होइन हाम्रो समुहले गरेको हो । अहिले मलाई आएको प्रतिकृया अनुसार यो सबै ठिक छ राम्रो छ ।
मर्जर पछि कम्पनीको संख्या घट्ने र बजारमा अस्वस्थ प्रतिस्पर्धा घट्ने हामी सबैको अपेक्षा थियो । तर खासै घटेन नि ?
हामीले सबैभन्दा चुनौतीपुर्ण काम उधारो बीमा बन्द गर्यौ । यो धेरै ठुलो उपलब्धी थियो । सत प्रतिशत राम्रो पुर्ण भन्ने त संसारभर कहि पनि हुँदैन । एक दुई ठाउँबाट हामीकोमा आउछ । त्याँहा हाम्रो अनुगमन पनि छ र कारबाही गर्न पनि सुरु गर्यौ । मलाई लाग्छ अव त्यो नदोहोरिएला । अझै बजारमा क्यासव्याक गर्ने अभ्यास रहेको छ भनिन्छ । यसका दुई वटा कारण हुन सक्छन् । पहिलो कारण हामीले बनाएका दरहरुमा ‘यो’ ‘वा’ भन्ने खालका भाषाहरु परेकोले जस्तो लाग्छ ।
त्यसकारणले हामी सम्पत्ती बीमाको निर्देशिका नै परिवर्तन गर्दै छौ । अव स्पष्ट तिमिले लगाउनु पर्ने दर यहि हो अर्को छैन भन्ने छौ । त्यसले पनि बीमा बजारमा सुधार ल्याउछ । बीमा कम्पनीहरुले पनि खेल्ने ठाउँ पाउदैनन् ।
अझै बजारमा क्यासव्याक गर्ने अभ्यास रहेको छ भनिन्छ । यसका दुई वटा कारण हुन सक्छन् । पहिलो कारण हामीले बनाएका दरहरुमा ‘यो’ ‘वा’ भन्ने खालका भाषाहरु परेकोले जस्तो लाग्छ । त्यसकारणले हामी सम्पत्ती बीमाको निर्देशिका नै परिवर्तन गर्दै छौ ।
तेस्रो अस्वस्थ प्रतिस्पर्धा हाम्रो व्यवसायमा पनि भर पर्छ । कत्तीको अफ साइट र कत्तीको इनसाइट अनुगमन गर्छौ । अनसाइट अनुगमन सधै छ । यहाँ मात्रै होइन मोफसलमा रहेका प्रदेश कार्यालयहरु मार्फत पनि भइरहेको छ । कतिपय स्पष्टिकरण त्यहिँबाट सोधिएको छ ।
एक वर्ष भित्र बीमा कम्पनीको फैलावटलाई हाम्रो ग्रिप भित्र राख्छौ । हामीले भनेको दर कम्प्युटरमा राखिसके पछि । चाहेर पनि चलाउनु नसक्ने बनाउनु पर्यो । त्यसमा काम भइरहेको छ ।
अझै अलिकति समय लाग्छ तर एक वर्ष भित्र बीमा कम्पनीको फैलावटलाई हाम्रो ग्रिप भित्र राख्छौ । भोलिका दिनमा स्वायत्त पनि हुन्छ विश्वासिलो पनि हुन्छ । अझै पनि २५-३० हजारको कृषि बीमाको दाबी लिन यहाँ आउनु पर्ने ? यो पैसा तल जानु पर्यो । कतिपय कम्पनीले हल्का अधिकार प्रत्यायोजन गरेको पनि देखिन्छ । कतिपय कम्पनीले गरेको छैन । हामीले लिष्ट मगाइरहेका छौ । अव एकमुष्ठ निर्देशन जान्छ । यतिसम्मको अधिकार तपाईले तल पठाउनै पर्छ । सुधार भनेको एकै पटक आउने विषय पनि होइन । यो नियमित रुपमा हुने कार्य हो । कतिपय कुराहरु आकस्मिक रुपमा पनि गर्यो भने कतिपय कुराहरु क्रमश पनि गर्यौ । प्रत्येक कुराहरुमा आजको आजै भोलिको भोलि नै गर्न सक्ने अवस्था छैन ।
हामीले भनेको दर कम्प्युटरमा राखिसके पछि । चाहेर पनि चलाउनु नसक्ने बनाउनु पर्यो । त्यसमा काम भइरहेको छ । आउने आर्थिक वर्षदेखि धेरै सुधार हुन्छ । हामीलाई पनि मर्जरको ठुलो दवाव छ । कसरी यसलाई उतार्ने भन्ने तर्फ ध्यान केन्द्रित छ । यति भइसके पछि हाम्रो नियमित काम जे छ त्यसमा जानै पर्ने हुन्छ । अवको एक वर्ष भित्रमा हाम्रो बजार असाध्यै राम्रो भएर जान्छ ।
मैले धेरै ठाउँमा गएर सोधे ‘नगरपालिकाको भवनको बीमा छ कि छैन ?’ उत्तर आयो ‘छैन’ । प्रदेश प्रमुख बस्ने घरकै बीमा छैन । अव गर्न सुरु गर्नु पर्यो । जोखिम जहिले पनि अनिश्चित हुन्छ । सबैले आआफ्नो पोलिसीमा यस्ता कुराहरु राख्नु पर्यो भन्ने हाम्रो अभियान हो । हाम्रो अभियान अझै सकिएको छैन । असार मसान्तसम्म लगातार छ । त्यस पछि हामी फेरि हेरौला ।
जीवन बीमा क्षेत्रमा पछिल्ला दिनमा अपराधका घटनाहरु देखापर्दै गइरहेका छन् । यसको अन्तिम जवाफदेही बीमा प्राधिकरण नै हुन्छ । यसलाई बीमा प्राधिकरणले कसरी नियमन गर्न सक्छ ?
तपाईले भन्नु भएको कुरा ठिक हो । पहिलो कुरा के हो भने सम्पत्ती शुद्धिकरणसँग सम्बन्धित हाम्रो जुन ऐन छ त्यो ऐन असाध्यै बलियो छ । त्यो ऐनको परिपालना भएन भने मुलुकको सिंगै इमेजमा पनि प्रभाव पार्छ । त्यसमा बीमा मात्रै होइन बैंक, सहकारी अनेक छन् । हामीले हेर्नु पर्ने भनेको बीमालाई हो ।
एउटा अभिकर्ताले सबै बीमा कम्पनीको अभिकर्ता बन्न पाउने भए पछि उ कसै प्रति पनि जवाफदेही भएन । त्यसैले गर्दा सरेण्डर, ल्याप्स बढेर गयो ।
केहि घटना घटे पनि त्यसको छिनोफानो गरेर सजाय गर्नु पर्ने गर्यौ । पैसा पनि सिज गरेर राख्यौ । त्यस्ता किसिमका घटनाहरु नघटोस् भनेर सबैभन्दा पहिला शिक्षित गर्नु पर्ने वर्ग बीमा अभिकर्ता हुन् । त्यही भएर अहिले हामीले पहिला तालिम लिने त्यस पछि परीक्षा उत्तीर्ण गरे पछि मात्रै बल्ल लाइसेन्स पाउन सकिन्छ । त्यसैले अहिले बीमा अभिकर्ताको नविकरण संख्यामा पनि कमि हुँदै गइरहेको छ । पुरानो ऐन नियमले राम्रै गर्न खोज्या होला तर एउटा अभिकर्ताले सबै बीमा कम्पनीको अभिकर्ता बन्न पाउने भए पछि उ कसै प्रति पनि जवाफदेही भएन । त्यसैले गर्दा सरेण्डर, ल्याप्स बढेर गयो । अव कानुनले के भन्यो, एक बीमा अभिकर्ता एउटा कम्पनी । अव उसको कम्पनी प्रतिको जवाफदेहिता बढ्ने भयो । अव त्यो कम्पनीलाई डाउन गरेर अर्को ठाउँमा लैजाने कुरा भएन नि । यी सबै समग्र सुधारका पक्षहरु हुन् । यसले तपाईले गरेका प्रश्नको उत्तर दिनेछ ।
अध्यक्ष वा उसको टोली, सञ्चालक समितिले मेरो कम्पनीमा के भइरहेको छ भनेर जम्मै कुराहरु बुझ्नु पर्यो । खालि मिटिङ बसेर भत्ता खाने होइन । आफ्नो मान्छे ल्याएर सिइओ बनाएर हुँदैन ।
यदि कहिबाट पनि फाइनान्सियल अण्डराइटिङ मिलेन, मेडिकल अण्डराइटिङ मिलेन भने तत्काल हाम्रो टिम जान्छ । भोलिपल्टै उसलाई स्पष्टिकरण सोधेर कारबाही गर्नु पर्ने हकमा भर्खरै ५-७ वटा कम्पनीलाई कारबाही गरेका छौ । त्यो प्रकृयाँ अव रोकिदैन । अटेर गर्यो भने कारबाही हुन्छ । अहिले दुई लाख रुपैयाँ छ पछि २५ लाख रुपैयाँ हुन्छ त्यस पछि ५० लाख रुपैयाँ हुन्छ । त्यो बेहोर्नु पर्छ ।
त्यसमा सिइओको जागिर जान्छ भने जाओस्, अध्यक्ष हट्नु पर्छ भने हटोस् । अध्यक्ष वा उसको टोली सञ्चालक समितिले मेरो कम्पनीमा के भइरहेको छ भनेर जम्मै कुराहरु बुझ्नु पर्यो । खालि मिटिङ बसेर भत्ता खाने होइन । आफ्नो मान्छे ल्याएर सिइओ बनाएर हुँदैन । त्यसकारण त्यहाँ गभर्नेन्स छ कि छैन । कानुनको पालना भयो कि भएन । के के गर्नु भएको छ भनेर मासिक रुपमा त्रैमासिक रुपमा समिक्षा गर्नु पर्यो । त्यो कुरा भएन भने अन्तिम रुपमा त्यसको जिम्मेवारी सञ्चालक समिति नै हो । कारबाही सञ्चालक समितिलाई पनि हुन्छ ।
अव केन्द्रमा मात्रै कारबाही हुँदैन । मोफसलमा पनि हुन्छ । पहिलो गल्ती गर्नेलाई पहिलो कारबाही हुन्छ । त्यो कारबाही सरुवा पनि हुन सक्छ, आर्थिक जरिवाना पनि हुन सक्छ, निष्काशन पनि हुन सक्छ ।
अर्को पनि मैले भन्ने गरेको छु, अव खालि केन्द्रमा मात्रै कारबाही हुने होइन । मोफसलमा पनि कारबाही हुन्छ । किनभने तिमिले किन हेरेनौ । जव अभिकर्ताबाट त्यो कागजपत्र आयो किन तिमिले हेरेनौ ? कसरी अण्डराइटिङ भयो ? तिमिले पहिलो गल्ति गरेकाले पहिलो कारबाही तिमिलाई हुन्छ भनेका छौ । त्यो कारबाही सरुवा पनि हुन सक्छ, आर्थिक जरिवाना पनि हुन सक्छ, निष्काशन पनि हुन सक्छ । मैले बीमक हरुलाई यहि भनेको छु । त्यसकारण शाखा प्रमुख, प्रदेश प्रमुख, उप शाखा प्रमुखले बुझ्नु पर्यो, मेरोमा भइरहेको काम कानुनसम्मत छ कि छैन ।
यो आर्थिक वर्ष भित्रमा सातै प्रदेशका शाखा कार्यकालयका प्रमुखहरुसँग कुरा गर्नेवाला छु । त्यस पछि फर्केर आए पछि यहाँ कुरा गर्ने हो । त्यस पछि विग्रियो भने कारबाहीमा जाने हो ।
नेपाल सरकारले प्रतिवद्धता गरेको कृषि तथा पशुपन्छी बीमाको अनुदान रकम माग अनुसार उपलब्ध नहुँदा ठुलो समस्या सिर्जना भएको छ । यसलाई कसरी समाधान गर्दै हुनुहुन्छ ?
हाम्रा कार्यकारी अधिकृत र निर्देशक त्यो कमिटीको सदस्य पनि हो । यो समस्याकै रुपमा देखियो । अर्बौ रुपैयाँको दायित्व स्वीकार भइसक्यो । तर कम्पनीले पैसा पाएको छैन । एउटै कम्पनीले ५०-५५ करोड लिन बाँकी छ । हाम्रो कानुनले उधारोमा बीमा नगर्नु भन्छ । जहाँसम्म सरकारको हो भनेर कन्सिडर गरिदिएको हो । अव यसमा एकदमै रिजिड बन्नु पर्ने कुनै कारण पनि छैन । जुन कम्पनीको कागजपत्र मिल्छ त्यो कम्पनीलाई दिए भैइहाल्यो त । जसको मिल्दैन त्यसको पेण्डिङ राखिदिने । पैसा अड्काइ राखे पछि कम्पनीले बीमा नै गर्न सक्दैन नि । कम्पनीको पूँजी अहिलेसम्म एकै अर्ब रुपैयाँ हो । ५० करोड कृषि बीमामा तिर्नु पर्ने भइसके पछि उसले कहाँबाट ल्याएर चलाउछ ।
त्यस कारण एउटा मेकानिजम बनाउनु पर्यो । किन यहाँ दिने प्रदेश प्रदेशमा पठाइदिए भइहाल्यो नि । प्रदेशमा हाम्रो अफिस छ त । त्यहाँको पैसा त्यहिँबाट सल्टाउने हो । पाउने सुविधा पनि प्रदेशबाटै पाउने भए । २५ हजार रुपैयाँ दिदा ५० वटा डकुमेन्ट हेरेर साध्य पनि हुँदैन । यसमा एउटा एप्लिकेसन तयार पार्नु पर्छ भन्ने लागेको छ । यसमा कृषि मन्त्रालयले सहयोग पनि गरेको छ ।
विगत ४-५ वर्षदेखि बीमा क्षेत्रमा दोहोरो अंकको बृद्धिदर थियो । तर विश्वव्यापी आर्थिक मन्दीको प्रभाव बीमा क्षैत्रमा देखिएको छ । यस अवस्थामा बीमा क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ ?
नयाँ क्षेत्र खोज्नु पर्यो । यसमा धेरै लामो कुरा गर्नै पर्दैन । परम्परागत क्षेत्रमै बसेर सबै व्यवसाय गर्छु भनेर हुँदैन । अव मानिसहरुले २५ वर्षको बीमा गरेर हुन्छ । त्यो समय गइसक्यो । अव मानिसले तीन वर्षको आवधिक बीमा गर्छ । तीन वर्षमा घटना घट्यो भने पैसा पाउछ होइन भने पैसा असुल हुँदैन । त्यस पछि पुन उसले अर्को बीमा गर्छ । अव हामीले पोलिसीको डकुमेन्टमा नविनता ल्याउनु पर्यो । हामीसँग भएको कर्णालीको भुगोल अनि मधेषको भुगोल एउटै हो ? होइन फरक छ । फरक छ भने फरक किसिमको पोलिसी जारी गर्नु पर्यो । त्यहाँका मानिसको आयस्तर हेरेर त्याहाको आवस्यकता हेरेर पोलिसी आउनु पर्यो । त्यहि व्यवसायबाट सधै आउछ भन्ने हुँदैन ।
गाडीको संख्या कति बढ्ला छ ? कहिलेसम्म बढ्ला त ? एउटा विन्दुमा गएर रोकिन्छ नि । त्यसैमा मेरो सबै व्यवसाय छ भनेर हुँदैन । इनोभेसन भनेको त्यहि हो । अहिले तपाईले अभिकर्ता खटाएर गर्नु भएको व्यवसायलाई सूचना प्रविधिको प्रयोग गर्दा कष्ट इफेक्टिभ हुने भयो ।
त्यस्तो खालको प्रविधिमा पनि जानु पर्यो । त्यसका लागि हामीले के भन्यौ भने तिमिले आफ्नो कुल आम्दानीको २ प्रतिशत रकम छुट्ट्याउ । यसबाट कर्मचारीलाई प्रशिक्षित गर । आफ्नो सूचना प्रविधिमा लगानी गर । तर तिमि अगाडी बढ । बजारमा अनुसन्धान नै छैन । कस्तो खालको पोलिसीले काम गर्छ । एउटै व्यक्तिले दुई ठाउँमा पोलिसी खरिद गर्दैन । पोलिसीमा नविनता भएन भने समस्या हुन्छ । त्यसैले ग्रोथ रोक्ने हो ।
जुन अभिकर्ताले त्यो पोलिसी ल्याएको छ उसले जिम्मेवारी पुर्वक पोलिसीलाई मर्न दिनु भएन । उसले समयमा खवर गरिदिनु पर्यो । कम्पनीले पनि मेरो स्थायी ग्राहक हो भन्ने बनाइ राख्नु पर्यो ।
फागुनको तथ्याङ्क हेर्ने हो भने हामी कुनै पनि कुरामा नकारात्मक छैनौ । कुनै क्षेत्रमा केहि घटेको होला कुनैमा बढेकै छ । प्रथम बीमा शुल्क भन्दा पनि हामीले हेर्नु पर्ने विषय के हो भने ल्याप्सेसलाई नियन्त्रण गर्नु पर्छ । किनेभने त्यसमा लगानी भइसकेको हुन्छ । बीमितिले सूचना नभएर नविकरण नभएको हुन सक्छ । जुन अभिकर्ताले त्यो पोलिसी ल्याएको छ उसले जिम्मेवारी पुर्वक पोलिसीलाई मर्न दिनु भएन । उसले समयमा खवर गरिदिनु पर्यो । कम्पनीले पनि मेरो स्थायी ग्राहक हो भन्ने बनाइ राख्नु पर्यो ।
प्रथम बीमा शुल्क आर्जन पोलिसी जस्तो प्रकृतिको हुन्छ त्यस्तै किसिमको व्यवसाय हुने हो । यहि पोलिसी राखेर अहिले १० प्रतिशत, भोलि २० प्रतिशत, पर्सी ३० प्रतिशत हुन्छ भनेर हुदैन । मार्केटमा गएर अध्ययन नगरेसम्म आकांक्षा गरे अनुसार ग्रोथ हुँदैन तर ग्रोथ चाँही हुन्छ ।
कतिपय बीमकलेहरुले ‘नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यूले अहिलेको जटिल आर्थिक अवस्थामा पनि धम्क्याउने मात्रै गर्नु हुन्छ । प्रत्साहित गर्नुको सट्टा निरुत्साहित मात्रै गर्नु हुन्छ’ भन्दै आलोचना गर्ने गरेका छन् । उहाँहरुलाई तपाई के भन्नु हुन्छ ?
ठिक छ आलोचना गर्न पाइयो । तर तपाईले सुशासनमा बसेर गर्नु भएको कुरामा बीमा प्राधिकरण कानुन भन्दा माथि हुँदैन । तपाइले कानुन सम्मत काम गर्नु भएको छैन । एउटै गल्ती तीन पटक अनुगमन गर्दा पनि त्यहि आउछ भने तपाई मात्तीएको हो नि । तपाईलाई कारबाही नगरे के गर्ने । नम्बर एक । नम्बर दुई के हो भने बीमा प्राधिकरणले व्यवसाय गर्ने होइन । मुनाफा कमाउने होइन । हामीले व्यवसायका लागि वातावरण तयार पारिदिने हो । उहाँहरुले त्यो वातावरण भित्र प्रवेश गर्नु पर्यो । अनुसन्धान गर्नु पर्यो । अनि व्यवसाय गर्नु पर्यो ।
काठमाडौंमा टाइ लगाएर मोटर चढेर बस्ने । अनि शहर मात्रै नेपाल हो ? मानिसहरु त गाउँमा बस्छन् । सेवा चाँही दिनु पर्दैन ?
काठमाडौंमा टाइ लगाएर मोटर चढेर बस्ने । अनि शहर मात्रै नेपाल हो ? मानिसहरु त गाउँमा बस्छन् । सेवा चाँही दिनु पर्दैन । दशौ वर्षदेखि लघु बीमामा जाउ भन्दा अहिलेसम्ममा २ प्रतिशतमा मात्रै पुगेको छ । त्यसो भए प्राधिकरण अड्डा बन्द गरेर बस्ने । निर्देशन नदिने । तपाईको कमजोरी यो छ भनेर नसिकाउने । त्यो त मेरो कर्तव्य हो नि । म त्यसका लागि बसेको हो नि । त्यसकारणले जवसम्म उहाँहरुले कानुनसम्मत काम गर्नु हुन्छ तवसम्म केहि गरेकै छैन । साथ दिएकै छ नि । यहाँको इतिहासमा अहिलेसम्म कहिल्यै दुई दिनमा वित्तीय विवरण स्वीकृत भएको छ ? हामीले गराउछौ । उसले ल्याएको २ घण्टा भित्रमा पास गरेको पनि अवस्था छ । त्यस कारणले त्यो कुरा होइन । व्यवसाय खोज्नु पर्यो । नयाँ क्षेत्रमा जानु पर्यो । मानिसलाई छान्ने अवसर दिनु पर्यो अनि बल्ल ग्रोथ हुन्छ ।
एक जना कर्मचारी राखेर शाखा खोल्न पाइदैन । एक जना बाहिर हिडे पछि कार्यालय नै बन्द गर्न पाइदैन । तपाईसँग क्षमता छैन भने तपाईले किन शाखा कार्यालयको स्वीकृति लिनु भएको । तपाईलाई त्यो पनि थाहाँ छैन, शाखा भनेको के हो ? उपशाखा भनेको के हो ? सेवा केन्द्र भनेको के हो ? यति पनि थाहाँ नपाउने आफुलाई सिइओ भन्ने ? बन्द गर्ने ।
नेपाल बीमा प्राधिकरणले ल्याएको शाखा कार्यालय सम्बन्धी मार्गदर्शन कष्ट इफेक्टिभ छैन भन्ने बीमकको गुनासो सुनिदै आइएको छ नि ?
शाखा कार्यालय बन्द गरिदिने । एक जना कर्मचारी राखेर शाखा खोल्न पाइदैन । एक जना बाहिर हिडे पछि कार्यालय नै बन्द गर्न पाइदैन । तपाईसँग क्षमता छैन भने तपाईले किन शाखा कार्यालयको स्वीकृति लिनु भएको । तपाईलाई त्यो पनि थाहाँ छैन, शाखा भनेको के हो ? उपशाखा भनेको के हो ? सेवा केन्द्र भनेको के हो ? यति पनि थाहाँ नपाउने आफुलाई सिइओ भन्ने ? बन्द गर्ने ।
प्राधिकरणले जवसम्म शाखाको मापदण्ड पुरा हुँदै तवसम्म अनुमति दिदैन । मापदण्डले भने अनुसारले मानिस हुनै पर्छ । भयो भने शाखा पाइयो होइन भने भएको शाखा पनि झिकिदिन्छु । भएको शाखामा अनुमति नै फिर्ता । त्यो जिस्किने होइन । कम्पनीले आफुले गरेको क्रियाकलापले गर्दा बीमाको बजार विग्रिएको हो । अड्डामा एक जना मान्छे राख्ने ?
माग्ने जस्तो अड्डा खोलेको छ । मानिस आए पछि बस्ने ठाउ छैन । भेट्न आउदा अफिस नै बन्द छ । त्यस्तो पनि बीमा कम्पनी हुन्छ । अनि त्यसलाई अनुमति दिने मैले । मर्का पर्छ भने शाखा कार्यालय नै झिक्ने । किन फोकटमा घरभाडा तिरेर बस्ने । त्यो बाटोमा जाने हो !
कुनै कम्पनीको हुम्लामा जुम्लामा एक जना मानिस छ । ६ महिनादेखि अफिस बन्द छ । यहाँ बसेर लाखौ लाख तलब भत्ता सुविधा खाने । त्यसको स्वीकृति मैले यहाँबाट दिने ? हुँदैन । तपाईको प्रस्तुती अव हेरिन्छ । सिइओको तलब सुविधा सञ्चालक समितिले भन्दैमा म दिदिन । दिने भए त्यहिँबाट दिने । जव व्यवसाय बढ्छ तलब बढाउनु स्वभाविक हो, घटेको वेलामा तलब पनि घटाउनु पर्यो नि । कम्पनीले बुझ्नु पर्यो, टाइ लगाएर हावादी गफ गरेर हुँदैन । व्यवसाय बढाउने हो भने तपाईले कानुन मान्नु पर्यो । तपाईले नयाँ बीमा योजना ल्याउनु पर्यो । तपाईको नयाँपन देखिनु पर्यो । अनि पो तपाई सिइओ ।
जिल्लामा एक जना कर्मचारी, टुटेको कुर्सी, नचल्ने कम्प्युटर राखेर बीमालाई बदनाम गर्ने ? त्यस कारण हामीले भनेको मापदण्ड पुगेन भने शाखा खोल्न पाइदैन ।
अनि जिल्लामा एक जना मान्छे राखेर, टुटेको कुर्सी राखेर, नचल्ने कम्प्युटर राखेर बीमालाई बदनाम गर्ने ? त्यस कारण हामीले भनेको मापदण्ड पुगेन भने शाखा खोल्न पाइदैन । तपाईलाई मर्का पर्छ त्यहाँबाट शाख हटाउनु होस् । अर्को कम्पनी छदै छ नि । एकै ठाउँमा किन गुजमुजिएर बस्नु पर्यो । २०० स्वाएरको ठाउँ छ १० वटा कम्पनी बसेको छ । अनि अस्वस्थ नगरे के गर्छ । अव त हामीले शाखाको अनुमति दिदा पहिला अनुमति लिएको शाखा कार्यालयमा कर्मचारी हेर । तिमिसँग छैन भने बन्द गर । त्यो मान्छेलाई अन्तै सार । कहि त इफेक्टिभ भएर बस्नु पर्यो । कम्पनी जस्तो देखिनु पर्यो ।
माग्ने जस्तो अड्डा खोलेको छ । मानिस आए पछि बस्ने ठाउ छैन । भेट्न आउदा अफिस नै बन्द छ । त्यस्तो पनि बीमा कम्पनी हुन्छ । अनि त्यसलाई अनुमति दिने मैले । मर्का पर्छ भने शाखा कार्यालय नै झिक्ने । किन फोकटमा घरभाडा तिरेर बस्ने । त्यो बाटोमा जाने हो ।
बीमा ऐन आएको यतिका समय भइसक्यो । तर अहिलेसम्म बीमा नियमावली आउन सकेको छैन । कहाँ अड्किरहेको छ ?
कही अड्किएको छैन । नयाँ बीमा ऐनको मर्म अनुसारको नियमावली ल्याउन धेरै चरणमा छलफल भएको छ । सम्पुर्ण स्टेक होल्डर्ससँग सल्लाह लिइएको छ । त्यो कानुन हो । कानुन बनाउन कानुनकै मान्छे चाहिन्छ । कानुनको मानिसले हेरिरहेको छ । मिटिङ बसिरहेको छ । यो प्रकृयाँमा छ । हाम्रो यहाँको प्रकृयाँ सकिए पछि बोर्डबाट निर्णय गरेर अर्थमन्त्रालयलाई अनुरोध गर्ने हो । अर्थमन्त्रालयले मन्त्रिपरिषदमा लगेर निर्णय गराउने हो । कानुन भनेको कुरा आज मैले भन्ने वित्तीकै हुने कुरा होइन । सबैले आज बनाएर भोलि नै परिवर्तन गर्नु पर्यो भन्नु नपरोस भन्ने हो । त्यसका लागि समय लागेको हो । मेरो अपेक्षा के हो भने बैशाख १५ गते भित्रमा सकाउने छौ ।
पहिला पनि त्यहि गल्ति भइरहेको छ । हजो पनि त्यहि गल्ति हुन्छ आज सोध्दा पनि त्यहि गल्ति हुन्छ भने कारबाही नगरेर हुन्छ । प्राधिकरणका लागि कुन चाँही कम्पनी मेरो कम्पनी हो भन्ने छ र ।
नेपाल बीमा प्राधिकरणलाई पनि कहिलेकाही ‘प्राधिकरणले आग्रह पुर्वाग्रह राखेर कारबाही गर्छ‘ भन्ने आरोप लाग्ने गर्छ नि ?
यो त तपाईले प्रमाणित गरेर ल्याउनु पर्यो नि त । एकै पटकमा १० वटा कम्पनीमा अनुगमन हुँदैन । एक पटकमा एक दुई वटाको मात्रै हुन्छ । गल्तिको गम्भिरता पनि हेर्नु पर्यो नि । गल्तिले कहाँ प्रभाव पार्छ पनि हेर्नु पर्यो । पहिला पनि त्यहि गल्ति भइरहेको छ । हजो पनि त्यहि गल्ति हुन्छ आज सोध्दा पनि त्यहि गल्ति हुन्छ भने कारबाही नगरेर हुन्छ । प्राधिकरणका लागि कुन चाँही कम्पनी मेरो कम्पनी हो भन्ने छ र । त्यो आक्षेप गलत हो ।
राम्रो काम गर्नुहोस् कारबाहीमा पर्नु हुन्न । यत्रो नियमावली, निर्देशिका, परिपत्र जारी गरिएको छ । विनियम बनाइएको छ । यदि कानुन नै बुझ्दिन भन्नु हुन्छ भने तपाई त्यो पदका लागि लायकै हुनु हुन्न । कानुन बुझ्नु भएको छ भने कानुनको पालना गर्नु पर्यो । उहाँहरुले आफुलाई सुधार गर्नु पर्यो । आफ्ना कर्मचारीलाई सुधार गर्नु पर्यो । मरोमा कतिसम्मको खवर रहेको छ भने मेरो कम्पनीका शाखा तथा क्षेत्रीय प्रमुखहरुलाई पनि भनिदिनु पर्यो भन्ने आउने गरेको छ । प्रमुख कार्यकारी अधिकृतहरुले नै यहि भन्छन् । त्यस कारणले हामी जानु पर्ने अवस्था आयो । मैले तलबाट कारबाही गर्ने भन्नुको कारण यहि भएर हो । कुनै वेला मर्का त पर्छ नि । बजारमा हल्ला हुन्छ । ठिक काम गरे पो पत्रिकामा आउदैन । बेठिक काम गरे पत्रिकामा आउछ । फलानोलाई कारबाही भयो । त्यसको पछि म लाग्ने हो कि मैले कानुनको पालना गर्ने हो ।
कम्पनीले मेरो स्वास्थ्य बीमा गरेको छ भने म सँग कार्ड हुनु पर्यो । मैले कार्ड देखाउने वित्तीकै कुनै खर्च नतिरिकन उपचार हुनु पर्यो । तिम्रो हिसाव तिमिले मिलाउ ।
गएका दुई वर्षमा धेरै नै कुराहरुमा राम्रो सुधार भयो । हजुरको बाँकी कार्यकालमा अझै के सुधार देखिएला । अझै के-के गर्ने योजना बनाउनु भएको छ ?
यीनै कुरालाई स्थायित्व दिनु पर्यो । यो स्थायी भए पछि बृद्धि हुन्छ । प्रोडक्टको डिजाइन गर्न थाल्नु भए पछि, नयाँ किसिमको प्रोडक्ट आए पछि ग्रोथ हुन थाल्छ । भारतको जस्तो पोलिसी बजार डट कम ल्याउनु पर्यो । स्वास्थ्य बीमा तर्फ हस्पतालले पनि तेस्रो पक्षीय प्रशासक राख्नु पर्यो । नगद रहित प्रणालीमा जानु पर्यो । गाडि दुर्घटना भए पछि कुरेर बस्ने कि मेरो कम्पनीलाई खवर भए पछि ग्यारेजले उठाएर लगेर बनाउने हो । त्यो प्रणालीमा जानु पर्यो । म विरामी परे । कम्पनीले मेरो स्वास्थ्य बीमा गरेको छ भने म सँग कार्ड हुनु पर्यो । मैले कार्ड देखाउने वित्तीकै कुनै खर्च नतिरिकन उपचार हुनु पर्यो । तिम्रो हिसाव तिमिले मिलाउ ।
त्यस्ता किसिमका कुरा गरे पछि बल्ल ग्रोथ हुन्छ । यी पाटाहरुमा जानु पर्यो नि । पाइलटिङका रुपमा एक प्रतिशतमा गरे हुन्छ । १०० प्रतिशतमा पुग्नु पर्यो । शिखरले गाडि सम्बन्धी ल्याएको छ । काठमाडौंमा मात्रै राखेर भएन नि । यो त विरगञ्जमा, विराटनगर, पोखरामा पनि हुनु पर्यो । हस्पिटलमा पनि त्यहि हो । यसका लागि लगानी हुनु पर्यो । यदि हस्पटलमा थर्ड पार्टी राख्ने हो भने उसलाई समन्वय गरेर उपचार गरेर जान्छ । कसैले म्यानुपुलेसन हुन पाएन । हामीले गर्न चाहेको यहि हो । सकेसम्म नगद रहित बनाउनु पर्यो । सकेसम्म मोबाइललाई प्रयोग गर्नु पर्यो । नेपालमा ८०-८१ प्रतितशत मानिसले मोबाइलको प्रयोग गर्छन् ।
अव सरकारले बुझ्नु पर्यो । तलको सरकार पालिकाले बुझ्नु पर्यो । उसले आर्थिक सहाताका नाममा बाड्ने हो कि त्यहि पैसाले बीमा गर्ने हो ? एक जनालाई बाड्ने पैसाले ५० जनाको बीमा गर्न पुग्छ । जोखिमलाई हस्तान्तरण गर्नु पर्यो ।
तपाईहरु गाउँ नजाने १० वर्षदेखि गाउँमा जाँदा २ प्रतिशतमा जाने । उहाँहरु आए पछि आत्तीने । प्रतिस्पर्धा गर्नुहोस् । तपाईहरुलाई रोकेको छ र !
लघु बीमा निर्देशिका जारी भए सँगै पुराना बीमा कम्पनीहरुले लघु बीमा कम्पनीहरुलाई ५० लाखसम्मको व्यवसाय गर्न पाउने व्यवस्थालाई लिएर आलोचना गर्दै आइरहेका छन् । बीमा प्राधिकरणले के आधारमा लघु बीमा कम्पनीहरुका लागि ५० लाख सम्मको बीमाङ्क निर्धारण गरेको हो ?
एउटा गाउँको एउटा पक्की घरको मूल्य ५० लाख पर्छ । एउटा गाउँको चामल कुट्ने मकै पिस्ने तेल पेल्ने मिलको ५० लाख पर्छ । त्यो आधारमा दिइएको हो । उहाँहरुलाई गाडीको व्यवसाय गर्न छुट दिइएको छ त । लघुलाई मोटर बीमाको व्यवसाय दिएका छैनौ । ट्याक्टर, ट्याम्पु, ट्रेलर, इ-रिक्सा, ठेला गाडा दिएका छौ । तपाईहरु गाउँ नजाने १० वर्षदेखि गाउँमा जाँदा २ प्रतिशतमा जाने । उहाँहरु आए पछि आत्तीने । प्रतिस्पर्धा गर्नुहोस् । तपाईहरुलाई रोकेको छ र । तपाई जानु होस् न जहाँ पनि व्यवसाय गर्न पाउनु हुन्छ । भइरहेको कम्पनीलाई कहि पनि रोकेको छैन । बीमाङ्क अर्बौ रुपैयाँ हुन्छ । एउटा जलविद्युतमा गयो भने अर्बौ रुपैयाँ हुन्छ । ५० लाख रुपैयाँ भनेको कति पैसा हो र । यो सबै फोकट्या कुरा हो । ५० लाख सम्मको भनेका छौ । जीवनमा पनि ५ लाख भनेका छौ । एकै पटक एकल बीमा पोलिसीमा ५ लाख भनेका छैनौ । गाउँको मानिसलाई एक लाख पनि बीमा गर्न नदिने । ७५ करोडको बीमा कम्पनीलाई ५ अर्बको कम्पनीले कराउने । एउटा कुखुराको पनि बीमा गर्नु पर्यो । बीमाको सबैभन्दा बढी आवस्यकता भनेको गरिवलाई हो ।