Connect IPS
IME Life

बैशाखदेखि कर्जाको व्याजदर पनि घट्दै, कतिसम्म तल झर्ला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको व्याजदर घटाउने निर्णय गरे सँगै आगामी बैशाखदेखि कर्जाको व्याजदर पनि घट्ने भएको छ । बैंकहरुले माघ महिनासम्म १४.५० प्रतिशतसम्म व्याज दिएका थिए । अधिकम व्याजदरमा कुल निक्षेपको ७० प्रतिशत हाराहारी निक्षेप मुद्दतीमा रहेको छ । यसले गर्दा तत्काल कर्जाको व्याजदरमा ठुलो गिरावट आउने देखिदैन ।

फागुन महिनादेखि निक्षेपको व्याजदर ११.९९ प्रतिशतमा झारिएकोले गर्दा यसको प्रभाव बैशाखको कर्जामा पर्ने विश्लेषण गरिएको छ । चैत मसान्तसम्मको आधार व्याजदर घट्ने अनुमान गरिएको छ । बैशाख महिनाका लागि बैंकहरुले कर्जाको व्याजदर ०.५ प्रतिशतदेखि एक प्रतिशतसम्मले घटाउन सक्ने देखिन्छ । चैत महिनामा केहि मुद्दती निक्षेपको समय सकिने भएकाले यसको सकारात्मक प्रभाव आधार व्याजदरमा पर्न सक्नेछ ।

Prabhu
Crest

बैंकर्स संघले कर्जाको व्याजदरका विषयमा चर्क विरोध भए पछि आधार व्याजदरमा ४ प्रतिशत भन्दा बढि चार्ज लिन नपाउने व्यवस्था गरेको थियो । यसले पनि कर्जाको व्याजदरमा केहि राहात पुग्ने विश्लेषण गरिएको छ । तर आज बैंकर्स संघले गरेको निर्णयको पुर्ण प्रभाव भने आगामी साउनदेखि पुर्ण रुपमा देख्न पाइने बैंकर्सहरु बताउछन् ।

बीमा कम्पनीहरुले अधिकतम व्याजदरमा तीन चार वर्ष भन्दा माथिको मुद्दती निक्षेपमा पैसा जम्मा गरेकाले पनि कर्जाको व्याजदर एकल अंकमा आउन केहि समय लाग्ने निश्चित छ । अहिलेको अवस्थामा सबैको कन्फिडेन्स कमजोर रहेको छ । नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स संघको संयुक्त प्रयासले आम मानिसको कन्फिडेन्समा भने बृद्धि हुनेछ ।

व्याजदर घट्ने निर्णय सँगै शेयर बजारमा सुधार देखिन थालिसकेको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुले पठाउने रेमिट्यान्समा लगातार बृद्धि भइरहेको छ । जसले गर्दा निक्षेपमा पनि क्रमश सुधार हुँदै जानेछ । नयाँ निक्षेप बजारमा आउने वित्तीकै कर्जाको व्याजदरमा पनि क्रमश तल घटाउदै लैजानेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

17%

दु :खी

39%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS