IME Life New

नेपाल पुनर्बीमा सहित ८ कम्पनीका १४ भन्दा बढि सञ्चालक अयोग्य, १५ दिन भित्रमा हट्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐन २०७९ अनुसार हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुका दुई दर्जन भन्दा बढि सञ्चालकहरु अयोग्य देखिएका छन् । बीमा ऐनको दफा ५० को ‘ङ’ बमोजिम निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका १४ जना भन्दा धेरै सञ्चालकहरु पदबाट हट्नु पर्ने भएको हो ।

दफा ५० को ‘ङ’ मा ‘बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने सङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समुहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी’ सञ्चालक बन्न अयोग्य हुने व्यवस्था छ ।

Esewa
Crest

यस व्यवस्था अनुसार कुनै पनि बैंक वित्तीय संस्थाका कर्मचारीहरु कुनै पनि बीमा कम्पनीमा सञ्चालक हुन नपाउने भएका हुन् । त्यस्तै एक बीमा कम्पनीको कर्मचारी तथा सञ्चालक अर्को फरक प्रकृतिको बीमा कम्पनीमा पनि सञ्चालक बस्न पाइदैन ।

त्यस्तै यसै दफाको ‘ट’मा सार्वजनिक पद धारण गरेको वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक वा बैंक वा वित्तीय संस्थाको बहालवाला कर्मचारी सञ्चालक बन्न नपाउने व्यवस्था रहेको छ । यस व्यवस्था अनुसार नेपाल सरकारका कर्मचारीहरु पनि बीमा कम्पनीको सञ्चालक बन्न नपाउने भएका हुन् । तर नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था वा बीमकले शेयर खरिद गरेको फरक किसिमको बीमकमा सञ्चालक मनोनीत गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।

यसै दफाको तर पछाडीको व्यवस्था अनुसार यदि नेपाल सरकारले लगानी गरेको कुनै बीमा कम्पनीले अर्को फरक किसिमको बीमा कम्पनीमा लगानी गरेको रहेछ भने नेपाल सरकारले बहालावाला कर्मचारीलाई सञ्चालक बनाउने बाटो खुलाइदिएको छ । तर सरकारले प्रत्यक्ष लगानी गरेको आफ्नो कम्पनीमा भने सञ्चालक मनोनित गर्न पाउदैन ।

नेपाल पुनर्बीमा कम्पनी  

यस व्यवस्थाले नेपाल पुनर्बीमाका २ सञ्चालक स्वत अयोग्य देखिएका छन् । जसमा बीमा कम्पनीहरुको तर्फबाट सञ्चालक बनेका शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्सका सिइओ सुनिल बल्लव पन्तको सञ्चालक पद स्वत अयोग्य भएको छ । त्यस्तै नेपाल सरकारले बहालवाल दुई कर्मचारीलाई गरेको नियुक्तिका विषयमा भने बीमा प्राधिकरण आफै अलमलमा परेको छ । दफा ५० को ‘ट’ अन्तर्गत तर पछाडीको व्यवस्थाले अयोग्य भन्न नमिल्ने बताइएको छ ।

प्राइम लाइफ

प्राइम लाइफका अध्यक्ष पियुस राज अर्याल सञ्चालक दिपेश अमात्य नै पदबाट हट्नु पर्ने भएको छ । दुई जना लक्ष्मी बैंकका कर्मचारी हुन् ।

आइएमई लाइफ

आइएमई लाइफका सञ्चालक दिप चन्द्र रेग्मी र युगेशभक्त वादे श्रेष्ठ पदबाट हट्नु पर्ने भएको हो । रेग्मी ग्लोबल आइएमई बैंकका कर्मचारी हुन भने श्रेष्ठ आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रभु लाइफ

प्रभु लाइफमा प्रभु बैंकका डिसिइओ मनिराम पोख्रेल सञ्चालक छन् । उनि अव सञ्चालकमा बस्न पाउदैनन् ।

नेशनल लाइफ

नेशनल लाइफमा राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी देवेन्द्र रमण खनाल सञ्चालक छन् ।

एनएलजी इन्स्योरेन्स

एनएलजीमा नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र विज्ञ भरत बहादुर बस्नेत सञ्चालक छन् ।

प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्स कम्पनीमा कर्मचारी सञ्चयकोषको तर्फबाट महेश प्रसाद खनाल रहेका छन् । त्यस्तै प्रभु बैंकको तर्फबाट सञ्चालक बनेका रेनु प्रसाद पाण्डे छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी

नेशनल इन्स्योरेन्स कम्पनीका अध्यक्ष लक्ष्मण पौडेल नेपाल बैंकका कर्मचारी हुन् ।

राष्ट्रिय बीमा कम्पनी

राष्ट्रिय बीमा कम्पनीमा अर्थमन्त्रालयबाट कृष्ण प्रसाद शर्मा, कर्मचारी सञ्चय कोषबाट दामोदर प्रसाद सुवेदी र राष्ट्र बैंकबाट विश्व राज बराल सञ्चालक रहेका छन् ।

राष्ट्रिय बीमा संस्थान

राष्ट्रिय बीमा संस्थानमा अर्थमन्त्रालबाट अरुण पोखरेल, नेपाल बैंकबाट प्रकाश कुमार अधिकारी, राष्ट्र बैंकबाट राम प्रसाद गौतम, नेपाल सरकारको तर्फबाट राजन कृष्ण अर्याल सञ्चालक छन् । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थाको हकमा भने फरक फरक व्याख्या हुँदै आइरहेको छ ।

नेपाल बीमा प्राधिकरणले १५ दिन भित्रमा नियम अनुसार व्यवस्थापन गरी जानकारी गराउन निर्देशन दिएको छ । कम्पनीहरुले उनिहरुलाई १५ दिन भित्रमा हटाउनु पर्ने भएको हो । उस्तै प्रकृतिका कम्पनीहरुक‍ो सञ्चालक तथा कर्मचारीहरु सञ्चालक समितिमा हुँदा प्रभावित हुने भन्दै यस्तो व्यवस्था गरिएको हो । स्वार्थ समुहका प्रतिनिधिहरु कम्पनीमा हुँदा संस्थागत शुशासन कायम हुन सक्दैन । ऐनको व्यवस्थाले बोर्डमा विज्ञ सञ्चलकहरुले अवसर पाउने छन् । नेपालमा पनि कतिपय बैंक वित्तीय संस्थाले आफ्नो प्रतिनिधिको रुपमा विज्ञ व्यक्तिहरुलाज्ञ सञ्चालक बनाउने गरेको पाइन्छ । नविल बैंकका संस्थापकहरुले अध्यक्षमा जहिले पनि व्यवसायिक व्यक्तिलाई नियुक्त गर्ने गरेका छन् ।

बीमा कम्पनी पब्लिक लिमिटेड कम्पनी हो । जहाँ सर्वसाधारणको पनि लगानी रहेको हुन्छ । केहि स्वार्थ समुहका व्यक्तिहरु बोर्डम जादा जहिले पनि स्वार्थपुर्ण काम हुने र कम्पनीहरुले व्यवसायिक रुप धारण गर्न सक्दैनन् । यदि अहिले विद्यमान सञ्चालकको स्थानमा बजारबाट बीमा क्षेत्रमा लामो समय काम गरेका अनुभवी व्यक्तिलाई नियुक्ति गर्ने हो भने कम्पनीले पनि धेरै राम्रो काम गर्न सक्छ ।

अधिकाम्स बीमा कम्पनीमा बैंक वित्तीय संस्थाको लगानी रहेकाले ति नै बैंकका कर्मचारीहरुले सञ्चालक बन्ने अभ्यास थियो । अव कुनै स्वार्थ बाझिने बैंक वित्तीय संस्थाको कर्मचारी भएर कम्पनीको सञ्चालक बस्ने अवस्थाको पनि अन्त्य भएको छ । बैंकको कर्मचारी बीमा कम्पनीको सञ्चालक हुँदा बीमा कम्पनीको निक्षेपको व्याजदर तथा लगानीका क्षेत्रमा  स्वार्थ बाझिने अवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

46%
happy

खुसी

0%
sad

दु :खी

38%
amazed

अचम्मित

0%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS