IME Life New

स्वास्थ्य बीमा बाेर्डबाट दुर्गा प्रसाईंकाे अस्पतालले लियाे २५ कराेड रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । स्वास्थ्य बीमा बाेर्डले चैत्र महिनामा सूचीकृत स्वास्थ्य स‌ंस्थाहरूलाई भुक्तानी गरेकाे रकममध्ये १० कराेड रुपैयाँ भन्दा धेरै रकम भुक्तानी पाउनेमा काेशी प्रदेशकाे झापास्थित बि एण्ड सी मेडिकल कलेज सहित काेशी प्रदेशकै तीन ठूला शिक्षण अस्पतालहरू रहेका छन् ।

बाेर्डले शुक्रबार सार्वजनिक गरेकाे चालू आर्थिक वर्ष २०७९।८० काे पाँचाै‌ं दाबी भुक्तानीकाे सूची अनुसार चैत्र २ गतेकाे बाेर्डकाे बैठकले झापाका व्यापारी तथा बैंक विरूद्धकाे आन्दाेलनकाे अगुवाई गरिरहेका दुर्गा प्रसाई‌‌काे लगानी रहेकाे झापाकाे बि एण्ड सी मेडिकल कलेज अस्पताललाई १० कराेड ६३ लाख रूपैयाँ दाबी भुक्तानी गरिएकाे छ। प्रसाई‌काे अस्पतालले चालू आर्थिक वर्षमा पटक पटक गरेर कूल २५ कराेड ६० लाख रुपैयाँ दाबी भुक्तानी लिई सकेकाे छ।

Esewa
Crest

बाेर्डका अनुसार बि एण्ड सी अस्पताललाई चालू आर्थिक वर्षमा पहिलाे किस्तावापत ९ कराेड ६४ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरिएकाे थियाे । यसैगरी दाेश्राे किस्तावापत ७ लाख ५३ हजार रुपैयाँ,तेश्राे किस्तावापत २ कराेड ४२ लाख रुपैयाँ  र चाैथाे किस्तावापत २ कराेड ८३ लाख ७६ हजार रुपैयाँ भुक्तानी गरिएकाे थियाे ।

बाेर्डबाट माेरङकाे नाेबेल मेडिकल कलेजले चैत्र २ गतेकाे निर्णय अनुसार १६ कराेड रूपैयाँ र विराट मेडिकल कलेजले १२ कराेड ३४ लाख रूपैयाँ दाबी भुक्तानी पाएकाे छ। माेरङका यी दुई शिक्षण अस्पतालले १० कराेड माथिकाे दाबी भुक्तानी लैजाँदा सरकारी स्वामित्वकाे विराटनगरकै पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालले जम्मा २९ लाख ४१ हजार रुपैयाँ दाबी भुक्तानी लिएकाे छ। काेशी प्रदेश अन्तर्गतकै धरानकाे विपि काेइराला इन्स्टिच्यूट अफ साइन्सले ५ कराेड ४८ लाख रूपैयाँ भुक्तानी पाएकाे छ।

काेशी प्रदेशका निजी शिक्षण अस्पतालहरूले १० कराेड रूपैयाँभन्दा बढी दाबी भुक्तानी पाइरहँदा देशभरका बिरामीकाे चाप थेग्नुपर्ने त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजले पाँचाैं किस्तामा १ कराेड ५५ लाख ७० हजार, वीर अस्पतालले ९३ लाख २० हजार रूपैयाँ, ट्रमा सेन्टरले २१ लाख २४ हजार रूपैयाँ दाबी भुक्तानी पाएकाे छ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्धताकाे हिसाबले काेशी प्रदेश देशभरमै अग्रणी स्थानमा छ।

देशभरका ठूला शिक्षण अस्पतालहरूमध्येकाे शिक्षण अस्पताल संचालन गरिरहेकाे वीरग‌ंजकाे नेशनल मेडिकल कलेजले जम्मा २ कराेड ५७ लाख ७४ हजार रूपैयाँ मात्र दाबी भुक्तानी पाएकाे छ। मधेश प्रदेश अन्य प्रदेशकाे तुलनामा एकदमै न्यून सहभागीता भएकाे प्रदेशमध्यकाे हाे । तुलनात्मकरूपमा थाेरै जनशक्ति र कमजाेर पूर्वाधार रहेकाे हेटाैंडा अस्पतालले  १ कराेड ७८ लाख ४८ हजार रूपैयाँ भुक्तानी लैजाँदा पूर्वाधार र जनशक्तिकाे हिसाबले हेटाैंडा अस्पतालभन्दा राम्राे मानिने वीरगंजकाे सरकारी अस्पताल नारायणी उपक्षेत्रिय अस्पतालले जम्मा ६० लाख ७० हजार रूपैयाँ भुक्तानी लिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%
happy

खुसी

14%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS