IME Life New

बीमा क्षेत्रबारे साेधका लागी नेपाल पूनर्बीमाले सातजनालाई अध्येतावृत्ति प्रदान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल पूनर्बीमा कम्पनीले स‌ंस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बीमा तथा वित्तीय क्षेत्रमा शाेध कार्यका लागी सातजना विद्यार्थीलाई अध्येतावृत्ति (फेलाेशिप)  प्रदान गर्ने भएकाे छ।

नेपाल पूनर्बीमाले बुधबार प्रकाशन गरेकाे सूचना अनुसार नेपालमा धानबाली बीमा ग्रहणलाई प्रभाव पार्ने तत्वका विषयमा अनुसन्धानका लागी शिव सुन्दर घिमिरे र वाणिज्य बै‌ंककाे कर्जा जाेखिम व्यवस्थापनकाे निर्धारक विषयमा साेधका लागी हेमराज ‍ओझाकाे नाम चयन गरिएकाे छ। यी दुबैले पिएचडी तहकाे शैक्षिक याेग्यताकाे लागी अनुसन्धान गर्ने प्रस्ताव गरेका हुन् ।

Esewa
Crest

यसैगरी मुना कुँवरले एमफिल तहकाे शाेधपत्रका लागी नेपाली बीमककाे सूचनाआदान प्रदान रणनीति विषयक अनुसन्धान गर्ने प्रस्ताव गरेकी छिन् । यसैगरी आयुष पाैडेलले स्नातकाेत्तर तहका लागी नेपाल वृहद् माेटर बीमाकाे चयनमा प्रभाव पार्ने तत्वहरु सुजन खड्काले नेपाली बीमककाे नाफा आर्जनमा सुक्ष्म आर्थिक कारक र फर्म विशिष्ट तत्वकाे प्रभाव र क्षितिज पाैडेलले  माेरङ सुन्दरहरैचा नगरपालिकाकाे सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा नगरवासीकाे सहभागीतासँग जाेडिएका तत्वहरू विषय छनाैटमा परेकाे छ।

छनाैट सूचीमा पर्न सफल भएका  साेधकर्ताहरुलाई सूचना प्रकाशन भएकाे १५ दिनभित्र लिखित मनशाय पत्र (एक्सप्रेशन अफ इन्टरेष्ट) पेश गर्नका लागी कम्पनीले सूचनामार्फत् अनुराेध गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS