IME Life New

सर्भेयरले आफ्नो विज्ञताको क्षेत्रमा मात्रै काम गर्न पाउने, पोर्टफेलियो छनोट गर्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरलाई आफ्नो विज्ञताको क्षेत्रमा मात्रै काम गर्न निर्देशन दिएको छ । अहिलेसम्म सर्भेयरको लाइसेन्स लिए पछि जुन सुकै क्षेत्रको क्षति मूल्याङ्कन गर्न पाउने व्यवस्था थियो । तर अवदेखि सर्भेयरले आफ्नो अध्ययन क्षेत्र, कामको अनुभवका आधारमा पोर्टफेलियो छनोट गर्नु पर्ने भएको हो । प्राधिकरणले बीमा ऐन २०७९ को दफा ९१(४) मा सर्भेयरको पोर्टफेलियो छनोट गर्ने व्यवस्था गरेको छ ।

अभिकर्ताले चैत समान्तभित्रमा लाइसेन्स नविकरण गर्दा आफ्नो विज्ञता क्षेत्र छनोट गर्नु पर्ने हुन्छ । नेपाल बीमा प्राधिकरणले यसका लागि अनलाइन प्रणालीमै विज्ञताका क्षेत्रहरु छनोट गर्ने अप्सन दिनेछ । यसरी अप्सन राख्दा कति वटा विधामा राख्ने भन्ने विषयमा भने अहिलेसम्म पनि प्राधिकरणले निर्यौल गरिसकेको छैन । तर प्राधिकरणले सर्भेयरहरु सँग यस विषयमा भने औपचारिक अनौपचारिक रुपमा छलफल गरिसकेको छ ।

Esewa
Crest

सर्भेयरको लाइसेन्स लिनका लागि कम्तिमा पनि बीमा कम्पनीमा अधिकृतस्तरको पदमा रहेर दश बर्षसम्म काम गरेको हुनु पर्छ । त्यस्तै इन्जिनियरिङ्ग बिषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेको, अन्तराष्ट्रिय चाटर्ड इन्स्योरेन्स इन्ष्टिच्यूट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी बिषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेको वा चाटर्ड एकाउन्टेन्सी परीक्षा उतिर्ण गरेको व्यक्तिले सर्भेयरको लाइसेन्स लिन पाउने व्यवस्था छ ।

सर्भेयरको लाइसेन्स लिन पाउने योग्यता अन्तर्गत कतिपय अवस्थामा मानविकी तथा समाजशास्त्र अध्ययन गरेका व्यक्तिले समेत लाइसेन्स लिन सक्छन् । अव उनिहरुको पोर्टफेलियो के हुने ? उनिहरुलाई कस्ता क्षेत्रको क्षति मूल्याङ्कन गर्नका लागि विशेषज्ञता दिने ।

बीमा कम्पनीहरुले जति पनि क्षेत्रमा बीमा गरेका हुन्छन् ति सबै क्षेत्रका विज्ञ आवस्यक पर्छ । ताकी उनिहरुले क्षति मूल्याङ्कन गर्न सकुन् । अहिले पनि नेपालमा एभिएसनको लागि दक्ष र योग्य सर्भेयर छैनन् । यदि थिए भने यसका लागि विदेशबाट सर्भेयर झिकाइरहनु पर्ने आवस्यकता थिएन ।

नेपाल बीमा प्राधिकरणले दिने सर्भेयर लाइसेन्सको प्रणालीमा शैक्षिक र बीमा कम्पनीमा काम गरेको योग्यताको आधारमा मात्रै छ । जवकी इन्जिनियरिङ चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्तिलाई बीमाको सामान्य ज्ञान पनि नहुन सक्छ । अव यस्तो अवस्थामा उसले गर्ने क्षति मूल्याङ्कन कत्तीको सहि हुन्छ ?

त्यसैले गर्दा अहिलेको अवस्थामा पोर्टफेलियो विभाजन निकै चुनौतीपुर्ण रहेको सर्भेयरहरुले बताउदै आएका छन् । तर नियामक निकाय नेपाल बीमा प्राधिकरणले पोर्टफेलियो छनोट गर्न निर्देशन दिइसकेको हुँदा सर्भेयरले चैत अगाडी नै आफ्नो विशेषज्ञता भएको क्षेत्रको जानकारी गराउनु पर्नेछ ।

अहिलेको अर्को कठिनाइ भनेको कुनै सर्भेयरले इलेक्ट्रोनिक इन्जिनियरिङ गरेर लामो समयदेखि आगलागी, मोटरको सर्भेयर गर्दै आएका छन् भने उसको पोर्टफेलियोलाई प्राधिकरणले कसरी चिन्ने । सर्भेयरहरुकै अनुसार अहिले १००० जना सर्भेयर सिभिल इन्जिनियरिङ पृष्ठभुमीका हुँदा १०० जना मात्रै मेकानिकल इन्जिनियरिङका छन् । यस्तो अवस्थामा अटो मोबाइलको सर्भेका मेकालिनक इन्जिनयरको प्रयाप्तता छैन ।  त्यसैले सर्भेयरलाई आफ्नो शैक्षिक पृष्ठभुमीका साथै काम गरेको अनुभवका आधारमा दुई वा दुई भन्दा बढी पोर्टफेलियो छनोट गर्ने अवसर दिइसनु पर्ने सर्भेयरहरुको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS