IME Life New

कम्पनी दर्ता गरेर प्राधिकरण पुगे ७ लघु बीमा कम्पनी, पूँजी जुटाउने बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले छनोट गरेका ७ लघु बीमा कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराएका छन् । प्राधिकरणले गत मंसिर ११ गते तीन वटालाई जीवन लघु बीमा व्यवसाय र चार वटालाई निर्जीवन लघु बीमा व्यवसायका लागि लाइसेन्स दिएको थियो ।

प्राधिकरणले भदौ १० गते सार्वजनिक सूचना आह्वान गरेर लघु बीमा कम्पनीको लागि लाइसेन्स आह्वान गरेको थियो । यसरी आवेदन आह्वान गर्दा ३१ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । ३१ वटा कम्पनी मध्येबाट प्राधिकरणले लघु जीवन बीमा व्यवसायका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय गरेको थियो ।

Esewa
Crest

त्यस्तै निर्जीवन तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई अनुमति दिएको थियो । प्राधिकरणका अनुसार सात वटैले कम्पनी रजिष्ट्रारमा कम्पनी  दर्ता गरेर आएका छन् ।

उनिहरुले कम्पनी रजिष्ट्रारमा कम्पनी दर्ता गर्दा प्रवन्धपत्र, नियमावली, लघु बीमा पोलिसी गाइडलाइन लगायतका विवरण तयार पारेका हुन्छन् । अव प्राधिकरणले उनिहरुको प्रवन्धपत्र र नियमावली लगायतका विवरणको अध्ययन गर्नेछ ।

सबै विवरणको अध्ययन गरे पछि प्रवन्धपत्र अनुसार कायम गरिएका शेयरधनीहरुलाई पूँजी जुटाउन समय दिनेछ । पूँजी जुटाए पछि केन्द्रिय कार्यालय तथा शाखा कार्यालयको संचरना तयार पार्न समय दिनेछ । यस हिसावले अवको ६ महिना भित्रमा कम्पनीहरुले लघु बीमा व्यवसाय सुभारम्भ गरिसक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सातवटै प्रदेशमा केन्द्रिय कार्यालय रहने गरि लाइसेन्स दिएको हो । जसमा गार्डियन माइक्रो लाइफले प्रदेश एकको विराटनगरमा केन्द्रिय कार्यालय खोल्नेछ । त्यस्तै क्रेष्ट माइक्रो लाइफले कर्णाली प्रदेशको विरेन्द्रनगरमा र लिवर्टी माइक्रो लाइफले गण्डकी प्रदेशको पोखरा ८ कास्किमा केन्द्रिय कार्यालय खोल्नेछ ।

निर्जीवन तर्फ ट्रष्ट माइक्रोले लुम्बिनी प्रदेशको बुटवल २ मा केन्द्रिय कार्यलाय खोल्नेछ । त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सले बागमति प्रदेशको भरतपुर चितवन एकमा, स्टार माइक्रोले मधेष प्रदेशको जनकपुरधाममा र प्रोटेक्टिभ माइक्रोले सुदुरपश्चिम प्रदेशको धनगढी तीनमा केन्द्रिय कार्यालय खोल्नेछ ।

लघु बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ । अहिले तत्काल सबै कम्पनीले ५२ करोड ५० लाख जुटाउनु पर्नेछ ।

कुन कुन कम्पनीले दिएका थिए आवेदन ?

लघु जीवन बीमातर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो लाइफ इन्स्योरेन्स, गरिमा माइक्रो लाइफ, सीजी लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिम शिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा, स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका थिए ।

निर्जीवन लघु बीमा कम्पनीतर्फ नियो लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेस्ट माइक्रो इन्स्योरेन्स, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो जनरल, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, गरिमा माइक्रो इन्स्योरेन्स, सीजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेनस, स्टार माइक्रो इन्स्योरेन्स, केयर माइक्रो जनरल र अभियान लघु बीमाले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS