युनियन लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले कोहलपुर शाखामा शनिबार एक दिने अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको हो ।
कम्पनीले झन्डै ५५ जना अभिकर्ताहरुको माझमा सो कार्यक्रम सम्पन्न गरेको हो । अभिकर्ता अभिमुखिकरण कार्यक्रममा संचालक तथा कोहलपुर शाखाका प्रमुख उत्तम ढकालले कम्पनीको विभिन्न प्रकारका पोलिसीका बारेमा बताए । साथै अभिकर्ताले पाउने सेवा सुबिधाका बारेमा पनि प्रशिक्षण गराए ।
युनियन लाईफ इन्स्योरेन्स कम्पनी क्षेत्र नं ६ का प्रमुख नारायण पंगेनी मुख्य प्रशिक्षक रहेको उक्त कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान समेत गरिएको थियो ।
सोह्र बर्षे बीमा अनुभव संगालेका पंगेनिले बीमा बजारमा छिर्नु अघि आफू कार्य गर्ने बीमा कम्पनी तथा बीमा योजनाका बारेमा राम्ररी अध्यन गरेर मात्र जान सुझाब दिए ।