IME Life New

३ वाणिज्य बैंकको तेश्रो त्रैमासले देखायो शुभ संकेत, ३ वाणिज्य बैंकको ग्रोथ कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वाणिज्य बैंकहरुको आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास रिपोर्टमा सुखत सुरुवात गरेका छन्। एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको अवस्था छ।
सबै ३ वाणिज्य बैंकले निक्षेप, कर्जा, खुद नाफा र प्रति शेयर आम्दानी वृद्धि गर्न सफल भएका छन्।


निक्षेपमा १३ प्रतिशतको वृद्धि :
३ वाणिज्य बैंकको निक्षेप औसत १३ प्रतिशतले वृद्धि भएको छ। ३ वाणिज्य बैंक मध्य सबै भन्दा धेरै एभरेस्ट बैंकको निक्षेप १७ प्रतिशतले वृद्धि भएको छ। एभरेष्ट बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेको छ।
कर्जा १६ प्रतिशतले वृद्धि :
३ वाणिज्य बैंकको कर्जा औसतमा १६ प्रतिशतले वृद्धि भएको छ। ३ वाणिज्य बैंक मध्य सबै भन्दा धेरै माछापुच्छ्रे बैंकको कर्जा २० प्रतिशतले वृद्धि भएको छ। माछापुच्छ्रे बैंकले ७४ अर्ब ९८ करोड कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकले ६२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ।
खुद नाफा २३ प्रतिशतले वृद्धि :
३ वाणिज्य बैंकको खुद नाफा औसतमा २३ प्रतिशतले वृद्धि भएको छ। माछापुच्छ्रे बैंकले आफ्नो खुद नाफा ४५ प्रतिशतले वृद्धि गर्दै १ अर्ब २४ करोड पुर्याएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकले ८५ करोड ४० लाख खुद नाफा गरेको थियो।
प्रति शेयर आम्दानी २२ प्रतिशतले वृद्धि :
३ वाणिज्य बैंकको प्रति शेयर आम्दानी औसतमा २२ प्रतिशतले वृद्धि भएको छ।माछापुच्छ्रे बैंकको प्रति शेयर आम्दानी ४५ प्रतिशतले वृद्धि गर्दै २० रुपैयाँ ५४ पैसा पुर्याएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकको प्रति शेयर आम्दानी १४ रुपैयाँ १४ पैसा थियो।
केही समय यता वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको विशेष ध्यान केन्द्रित भएको देखिन्छ। वाणिज्य बैंकहरुले राम्रो वित्तिय विवरण निकाल्ने अनुमान संगै लगानीकर्ताहरु उत्साहित भएको पाईन्छ।
सबै भन्दा ठुलो बजार पुँजीकरण भएको क्षेत्रको रुपमा रहेको वाणिज्य बैंक समुहको राम्रो वित्तिय विवरण संगै समस्त बजारलाई नै टेवा दिने अनुमान लगाउन सकिन्छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS