IME Life New

उच्च शिक्षा अध्ययनरतलाई पुनर्बीमाले दिने शोधवृत्तिमा आवेदन दिने समय थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्न आवेदन पेश गर्ने समय अवधि थप गरेको जनाएको छ । कम्पनीले गत भदौ १६ गते विश्वविद्यालयका स्नाकोत्तर, एम.फिल र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी शोधार्थीलाई उनीहरुको शैक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धको लागि सामाग्री हुनेगरी शोधवृत्ति रकम प्रदान गर्ने प्रयोजनका लागि कात्तिक ३० गतेसम्म आवेदन दिने म्याद दिएकोमा उक्त समय थप गरी अब पुष १७ गतेसम्म आवेदन दिन पाउने भएका छन् ।

नेपालमा स्नाकोत्तर एमफिल र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको शैंक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धको लागि सामाग्री हुने गरी आधारभुत प्राज्ञिक अनुसन्धान गराउन उक्त रकम प्रदान गर्नका लागि आवेदन माग गरेको हो ।

Esewa
Crest

कम्पनीले लिएका उद्देश्यहरुमध्ये पुनर्बीमा तथा बीमा क्षेत्रका विभिन्न विषय तथा जोखिम समुहहरुको पहिचान, विश्लेषण, मापन अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने विषयलाई पुरा गर्ने गरी कम्पनीको शोधवृत्ति संचालन कार्यविधी २०७८ तथा आर्थिक वर्ष २०७९ /८० को लागि सोधवृत्ति आवेदन माग गरिएको हो ।

कम्पनीको कार्यविधी तोकिएको वर्षको लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपालमा जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रवद्र्धन गर्न र बीमा सम्बन्धमा प्रमाणमा आधारित नीति निर्माणमा उपयोगी हुने ज्ञानको विस्तारका लागि नेपालका विश्वविद्यालयका स्नाकोत्तर, एम।फिल र विद्यावारिधि तहमा अभ्ययनरत विद्यार्थी वा शोधार्थीलाई उनीहरुको शैंक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धको लागि सामाग्री हुने गरी आधारभुत प्राज्ञिक अनुसन्धान गराउन उक्त रकम प्रदान गर्नका लागि आवेदन माग गरेको जनाएको छ ।

स्नाकोर तहको लागि शोत्रवृत्ति रकम १ लाख रुपैयाँ रहेको छ । एमफलका लागि शोत्रवृत्ति रकम २ लाख र विद्यावारिधिका लागि शोत्रवृत्ति रकम ४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । ईच्छुक विद्यार्थीहरुले कम्पनीको कार्यालय वा इमेल मार्फत २०७९ पुष १७ गतेभित्र आवेदन र आवश्यक कागजात पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS