IME Life New

बीमा क्षेत्रमा सर्वाधिक कर तिर्नेमा नेपाल पुनर्बीमा कम्पनी सम्मानित, यि हुन् सर्वाधिक करदाताहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बीमा क्षेत्रबाट नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा ठुलो करदाता बनेको छ । कर कार्यालयले नेपाल पुनर्बीमालाई बीमा क्षेत्रबाट सबैभन्दा धेरै कर तिरेको भन्दै सम्मान गरेको हो । गएका वर्षमा पनि नेपाल पुनर्बीमा कम्पनी बीमा क्षेत्रको तर्फबाट सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको छ ।

कर दिवसको अवसरमा आर्थिक वर्ष २०७७/७८ मा सूर्य नेपाल सबैभन्दा धेरै कर तिर्ने करदाता बनेको छ । त्यस्तै व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिर्नेमा विजयकुमार शाह रहेका छन् । त्यस्तै स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पपिटल, पर्यटन तर्फ मनकामना केबलकार सम्मानित भएको छ ।

Esewa
Crest

आयकरतर्फ नेपाल दूरसंचार कम्पनी सबैभन्दा धेरै तिर्ने करदाता बनेको छ । सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने संस्थामा गोर्खा ब्रुअरीले सम्मान पाएको छ । निर्यात विशेषतर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था तथा बैंकतर्फ नबिल बैंक धेरै कर तिर्ने बनेका छन् ।

वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युत, मध्यमस्तरीय करदाताका रुपमा नेपाल स्टक एक्सचेन्जले पनि यो सम्मान पाएका छन् । आईएमई रेमिट्यान्स कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनी बनेको छ ।

यी हुन कर तिरेर सम्मान पाउने उद्यमी व्यवसायी तथा कम्पनीहरु

नेपाल दुरसचार कम्पनी (एनटीसी) धेरै आयकर तिरेको छ भने शिवशक्ति घ्युले सर्वाधिक निर्यात, राजेश मेटल क्राफ्टले विशेष सम्मान, ओसिबी फिड्स एन्ड फुडले कृषि, छिमेक लघुवित्तले लघुवित्त, नबिल बैकले सर्वाधिक कर तिर्ने बैंक, नोबेल टिचिगं हस्पिटलले सर्वाधिक कर तिर्ने स्वास्थ्य सेवा प्रदायक, मनकामना केवलकार प्रालीले पर्यटन, हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालीले वस्तु व्यापार, चिलिमे जलविद्युतले उर्जा तर्फबाट सर्वाधिक कर तिरेर सम्मानित भएका छन् ।

नेपाल धितोपत्र बिनिमय बजार लि(नेप्से), विजय बहादुर शाहले व्यक्तिगत तर्फ सर्वाधिक आयकर, आईएमई लिले रेमिटेन्स कम्पनीको तर्फबाट, सुर्य नेपालले सबैभन्दा धेरै कर तिरे बापत मध्यम स्तरीय करदाताको रुपमा सम्मान पाएका छन् ।  गोर्खा ब्रुअरीले सबैभन्दा धेरै भ्याट तिर्ने कम्पनीको तर्फबाट सम्मान पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS