IME Life New

कस्तो आयो एभरेस्ट बैंकको तेश्रो त्रैमाससम्मको रिपोर्ट ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेस्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष ७५/७६ मा २ अर्ब २१ करोड खुद नाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष ७४/७५ को तेश्रो त्रैमासमा १ अर्ब ८७ करोड खुद नाफा कमाएको छ। कम्पनीको खुद नाफा १८ प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

कम्पनीको पुँजीमा वृद्धि नदेखिएको र खुद नाफामा १८ प्रतिशतको वृद्धि देखिएकाले कम्पनीको प्रति शेयर आम्दानी पनि १८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको अहिले प्रति शेयर आम्दानी ३६ रुपैया ४५ पैसा रेहको छ।
कम्पनीको निक्षेप १७ प्रतिशतले वृद्धि भएर १ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १९ प्रतिशतले वृद्धि हुँदै १ खर्ब २ अर्ब पुगेको छ।

कम्पनीको प्रमुख आम्दानीको श्रोतको रुपमा खुद व्याज आम्दानी १७ प्रतिशतले वृद्धि भएर ४ अर्ब १० करोड पुगेको छ। कम्पनीको कोषको लागत १३ प्रतिशतले वृद्धि भएर ६ दशमलव ०७ प्रतिशत पुगेको छ।
कम्पनीको आधार व्याज दर ( बेस रेट ) भने २ प्रतिशतले कम हुँदै ८ दशमलव ०१ प्रतिशत पुगेको छ।

तेश्रो त्रैमाससम्म आउँदा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३५ करोड पुगेको छ।

कम्पनीको बजार मूल्य ६८० रहेकोमा कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ६६ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS