IME Life New

कामना सेवाको विरौटा शाखा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिकाको वडा नं १७, विरौटा चोकमा सेलवेज मार्ट भएको भवनमा आफ्नो विरौटा शाखाकार्यालय स्थानान्तरण गरि कारोवार शुभारम्भ गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि. सि., बैंक संचालक समितिका अध्यक्ष सुदिप आचार्य, संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा स्थानान्तरण पश्चात् कारोबार शुभारम्भ गरेका छन् ।

Esewa
Crest

बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा स्थानान्तरण पश्चात् ग्राहकहरुलाई अझ आधुनिक बैंकिङ्ग सेवा सुबिधा सँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए । मेयर जि. सि. ले उक्त समारोहमा बैंकले हालसालै ल्याएको I-Banking Reloaded सेवाको प्रशंसा गर्दै बैंकको प्रगतिको कामना गरे ।

काठमाडौं ज्ञानेश्वरमा भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखातथा३७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, मोबाईल बैंकिङ्ग , सिआस्वा, इन्टरनेट बैंकिङ्ग लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS