IME Life New

मेगा बैकको स्वामित्वमा मेगा क्यापिटलको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेगा बैंक नेपालकोे पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् लिमिटेडको औपचारिक शुभारम्भ भएको छ । राजधानीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा समूद्घाटन गरे ।

मेगा क्यापिटल मार्केट्सलाई शुभकामना दिँदै धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले नेपालमा मर्चेन्ट बैंकिङको विकासक्रम बढ्नु खुसीको कुरा रहेको बताए । मर्चेन्ट बैंकिङको बजार काठमाडौँ बाहिर पनि विस्तार भएकाले ग्राहकहरुले कम लागतमै सहज र सरल ढंगले सेवा पाउन थालेको बताए ।

Esewa
Crest

उनले मेगा क्यापिटललाई नयाँ मोडलमा काम गर्न शुभकामना समेत दिए । यसैगरी, मेगा बैंक नेपालका अध्यक्ष शाहले मेगा क्यापिटलले छोटो समयमै प्रगति गर्ने विश्वास व्यक्त गरे । मेगा बैंकको शतप्रतिशत लगानीमा खुलेको क्यापिटलले पुँजीबजारमा नयाँ किसिमले काम गर्ने उनले बताए ।

मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मेगालाई सबै नेपालीको बैंक बनाउने योजना अनुसार सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न मेगा बैंक कटिबद्ध रहेको बताईन् । उनले मेगा बैंकका देशभर छरिएका १०२ शाखाबाट मेगा क्यापिटलका पनि सबै सेवाहरु उपलब्ध गराउने बताए ।

मेगा क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङले ग्राहकवर्गहरुको सुविधा र लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखी नविनतम र उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडका सिइओ सुदयकान्त झाले पूँजीबजारसँग सम्बन्धित डिम्याट खाता संचालन, निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु प्रदान गरिने बताए ।

मेगा क्यापिटलले गत चैत्र १८ गते मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो । मेगा क्यापिटलको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS