IME Life New

कुमारी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कुमारी बैंक लिमिटेडको दुई आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको वार्षिक साधारण सभा बैशाख २६ गते बिहीबार हुने भएको छ ।

बैंकीले एकैदिन दुई वार्षिक साधारण सभा गर्ने भएको छ । आर्थिक वर्ष २०७३र७४को पनि साधारण सभा गर्न बाँकी रहेको बैंकले २०७४र७५ को सहित एकैदिन सभा आह्वान गरेको हो ।

Esewa
Crest

साधारण सभामा आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत र आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट ८ दशमलव ५० प्रतिशत गरि कूल २१ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

यसैगरि बैंकको आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गनै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २र२ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।

बैंकले साधारण सभा प्रयोजनका लागि बैशाख ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । उक्त लाभांश आजसम्म कायम रहने शेयरधनीले दुई आर्थिक वर्षको बोनस पाउनेछन् । एक अर्ब ५२ करोड २१ लाख ७८ हजार १३९ रूपैयाँ बोनस वितरण पश्चात बैंकको चुक्त्ता पूँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS