IME Life New

हिमालयन रिइन्स्योरेन्सको दोस्रो वार्षिक साधारण कार्तिक ४ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले उक्त सभा कार्तिक ४ गते गर्ने जनाएको छ । कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा होटल अलफ्ट ठमेल काठमाडौंमा विहान ११ बजे आयोजना गर्ने भएको हो ।

सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८ /७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/ २०८० को लागि लेखापरीक्षकको नियुक्ति निजको पारीश्रमिक तोक्ने एजेण्डा पनि पारीत गर्नेछ । संचालकको पारीश्रमिक र भत्ता तोकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली थप संशोधन गर्ने, सो कार्य गर्नका लागि संचालक समितिलाई पुर्ण अख्तियारी प्र्रदान गर्ने, नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन वा फेरबदन गर्नुपर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS