IME Life New
GBIME

२०७५ मा सात बीमा कम्पनीले पाएनन् सिईओ , बीमा समिति मौन

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा सञ्चालित ३९ वटा बीमा कम्पनीमध्ये सात बीमा कम्पनीले यो बर्ष पनि प्रमुख कार्यकारी अधिकृत पाउँन सकेनन् । तीन महिना भन्दा बढी प्रमुख कार्यकारी अधिकृतको पद रिक्त राख्न नपाउँने व्यवस्था भए पनि कम्पनीहरुले लामो समय देखि प्रमुख कार्यकारी अधिकृत पदपूर्ति गर्न सकेका छैनन् । चार वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनीले अझै पनि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेका छैनन् ।

जीवन बीमा कम्पनीमध्ये ज्योति लाईफ इन्स्योरेन्स कम्पनीमा स्थापना काल देखि नै प्रकाश विक्रम खत्रीले नेतृत्व गर्दै आएका छन् । उनी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा पनि स्थापना काल देखि नै नेतृत्व विहिन छ । कम्पनीले राजकुमार अर्याललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरको छ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीमा पनि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छैनन् । कम्पनीले महाप्रबन्धकमा शिवराम तिमिल्सना र नायव महाप्रबन्धकमा केवश राज केसीलाई नियुक्त गरेको छ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीमा किशोर लामिछानेलाई अफिसियटिङ्ग प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।

Crest

त्यस्तै, निर्जीवन बीमा कम्पनीमध्ये युनाईटेड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी नियुक्त भएका छैनन् । युनाईटेड कम्पनी पुरानो भए पनि हालसम्म प्रमुख कार्यकारी नियुक्त गरिएको छैन । कम्पनीले शेखर बरालको बर्हिगमन पछि रमेश कुमार भटट्राईलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । त्यस्तै, सानिमा जनरल इन्स्योरेन्समा पनि प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको छ । कम्पनीमा नायव महाप्रबन्धकको रुपमा सुबोध लाल श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, अर्को नयाँ कम्पनी जनरल इन्स्यारेन्स कम्पनीमा पनि प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहेको छ । उक्त कम्पनीमामा महाप्रबन्धकको रुपमा एस के तमोटलाई नियुक्त गरिएको छ

सिईओलाई टार्गेटको टेन्सन

अहिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई टार्गेटको टेन्सन हुन थालेको छ । कम्पनीका सञ्चालकले निश्चित टार्गेट दिएर प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न थालेपछि उनीहरुको तनाब बढ्न थालेको हो । बजारमा दक्ष व्यक्ति नभएका हैनन् । तर, सञ्चालकको  टार्गेट लिएर काम गर्ने आँट नभएर नै कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको पद खाली भएको एउटा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । बीमा समितिले कम्पनीहरुको पूँजी बृद्धि गरेपनि व्यवसायको प्रेसर पनि उत्तिकै बढेको छ । लगानीकर्ताले निश्चित व्यवसाय गर्न सके मात्रै सिईओ नियुक्त गरिने अडान राख्न थालेका छन् ।

बीमा समितिले के हेरि बसेको छ ?- दमोदर बसौला, बीमा विज्ञ

कुनै पनि संस्थालाई नेतृत्व आवश्यकता रहन्छ । नेतृत्व बिना संस्था अगाडी बढ्न सक्दैन । प्रमुख कार्यकारी अधिकृत विहिन बीमा कम्पनीले बजारमा राम्रो व्यवसाय गर्न पनि सक्दैनन् । नियमनकारी निकाय यस्तो अवस्थामा पनि मौन छ । केही कारवाही गर्न सक्दैन । अझ भन्नु पर्दा नेतृत्व विहिन कम्पनी कसरी स्थापना भए त ? यो मुख्य प्रश्न हो । त्यसैले तत्काल कम्पनीहरुमा प्रमुख कार्यकारी नियुक्त गर्नुपर्छ । यसको लागि समितिले नै ताकेता गर्नुपर्छ ।

बीमा समितिले अब कडाईका साथ सुशाशन कायम गराउँछराजु रमण पौडैल,निमित्त कार्यकारी निर्देशक

सुशासन अनुसार काम गरेका छैनन्, संस्थागत सुशासन बमोजिम कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत राख्नु पर्ने हो तर, राखेका छैनन अब समितिले कडाईका साथ सुशाशन कायम गराउँछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS