IME Life New

जीवन बीमा के हो: बासुदेब त्रिपाठीको विचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बासु देब त्रिपाठी, सिनियर एजेन्सि म्यानेजर,महालक्ष्मी लाइफ इन्स्योरेन्स

जीवन बीमा के हो
बीमाको मुलत सिदान्त भनेको जोखिम बहन गर्ने हो , साथै आफुसङ रहेको जोखिम लाई बीमा कम्पनीमा हस्तान्तरण गर्ने प्रक्रिया नै जीवन बीमा हो ।

जोखिमलाइ कसरी न्यूनीकरण गर्न सकिन्छ
आजको बदलिँदो समयमा हरेक ब्यक्ती सङ पल, पलमा जोखिम हुन्छ, चाहे त्यो ब्यक्ती सामान्य होस या उच्च ओहदाको जोखिम सबैमा समान लागू हुन्छ, अझै बढी जोखिम गाउघरमा बसोबास गर्ने भन्दा हरेक दिन सबारी साधन चढ्ने र घर बाहिरको काम ज्यादा गरिरहने ब्यक्तिमा हुन्छ ,यदि मेरो ठूलो रकमको बीमा गरेको छु भने निस्चित अबधिको लागि म र म सङ आश्रीत परिवार ठूलो जोखिम बाट सुरक्षीत हुन्छ, म जिबित छदा मैले सके सम्म मेरो परिवारको गाँस, बास, कपास र शिक्षा , दिक्ष्या राम्रो सङ दिलाउने कोसिस गरेको हुन्छु , मेरो परिवारको हरेक दुख , सुखमा साथ दिनेछु तर म जिबित नहुदा यदि मैले बीमा गरेको छुइन भने मेरो परिवारले म सङै मैले दिने आर्थिक हैसियत पनि गुमाउछ र मानबिय क्ष्यतिको पीडा सङै आर्थिक अभाबमा छट्पटिन थाल्छ, होला त्यो ब्यक्तिको व्यापार, ब्यबसाय र लगानी तर यी सबै कुराले तत्काल कहिपनी केही राहत दिदैन ।।

Esewa
Crest

लगानी र ब्यबसाय समन्धित ब्यक्ती नरहदा , अन्य ब्यक्ति वा हाम्रो समाजले समन्धित ब्यक्तिको परिवारले सकभर यी लगानी नथापाओस नै भन्ने सोच राख्दछ , तर उस्ले तिर्नुपर्ने बैकको ऋण वा ब्यक्तिगत ऋण छ भने पीडित परिवारमा पिडाको घाउ नओइलाउदै थप पीडा दिन यो समाज पछी पर्दैन ( मन्द हिसाबमा यस्तो अबस्थामा भन्न त मन थिएन तर, के गर्नु हेर्नू न तपाईंको फलानोले यति ऋणलिनु भाको थियो बिर्सिनु होला भनेर सम्झाएको मात्रै भन्छन ) त्यसैले बीमा गर्दा भने आफू नरहदा पनि आश्रीत परिवारले तत्काल सम्भाबित आर्थिक अभाब झेल्नु पर्दैन ,बीमा वाट आएको पैसाले परिवारले जुन हैसियतको जीवन बिताइरहेको छ त्यो लेबल बाट ओर्लिनु पर्दैन त्यसकारण पनि ठूलो जोखिम बहन हुने बीमा गर्न जरुरी छ , तर यसो भन्दै गर्दा उस्ले तिर्नै नसक्ने भार बोकाउने गरि बीमा गराउने काम अभिकर्ताले गर्नु हुन्न ।
बीमा बचत र मुनाफा लिने प्रमुख माध्यम पनि हो ।

अब बीमाको दोश्रो पाटो भनेको बचत र मुनाफा पनि हो तर यसो भन्दै गर्दा डबल पाउनकै लागि बीमा गर्ने भन्ने पटक्कै होइन तर जोखिम न्युनिकरनकै लागि बीमा गर्दा थोरै थोरै बचतलाइ एकमुष्ठ बनाइ अबधी सकिदा आउने फिर्ता रकम पनि एकमुष्ठ दोब्बर या दोब्बर भन्दा बढी हुन्छ भने किन छोड्ने भन्ने अर्को महत्वपूर्ण पक्ष्य रहन्छ र अभिकर्ताले यी सम्पुर्ण कुरालाइ सहज सङ बुझाएर बीमा गराउने हो भने सजिलै बीमितले बीमा गर्ने अबस्था रहन्छ र अन्तिम अबधी सम्म बीमितले किस्ता तिरिरहने अबस्था पनि हुुुनेगर्छ , अभिकर्ताले थोरै बुझेर बीमा गराउन जानू भन्दा बीमा समन्धी अधिक जानकारी लिएर बजारमा उत्रीने हो भने पक्कै पनि समाज र आफ्नो लागी बीमा बजारमा ठुलो देन दिन सक्छ र ब्यबसाहिक सफलता हासिल गर्न सक्छ ।

के बीमा कम्पनिहरुले साच्चै नै बीमितलाइ भने जस्तो सेवा दिएका छन त
आजको दिन सम्म नेपाली बीमा बजारमा १९ वटा जिबन बीमा कम्पनि हरु रहेका छन , सबै बीमा कम्पनिहरुले बीमितको लागि राम्रो सेवा पुर्याइ रहेका छन, तर यथार्थ यो छ चाहेर या नचाहेर हरेक कम्पनिका अभिकर्ताले बीमितको अगाडि डबल हुन्छ भनेर बीमा पोलिसी बेच्छन तर स्वयमलाई थाहा छैन कसरी डब्बल हुन्छ भन्ने कुरा , बीमितले जहिले पनि अबधी पूरा भए पछि बीमाङक रकम र बोनस पाउने हो , अब कुरा आयो बोनस कसरी निर्धारण हुन्छ भन्ने कुरा , बोनस निर्धारण कम्पनिको हरेको सालको कारोबारको आधारमा सम्बन्धित निकायको समन्वयमा गर्ने हो , हरेक साल समान बोनस हुन्छ भन्ने पनि होइन , तल माथी हुन्छ नै, अब दोब्बर पाउनको लागि १५ बर्से अबधीमा हरेक साल प्रति लाख ७ हजार हुन जरुरी छ यो कुरा एकाध अभिकर्ता बाहेक कसैले बुझेको पनि छैन र बीमित लाई बुझाएको पनि छैन , यसको प्रत्यक्ष असर अबधी सकेर बीमित जब पैसा लिन कम्पनी जान्छ त्यतिबेला त्यो अभिकर्ता , कम्पनी र समग्र बीमा बजारलाई नै परेको कुरा जग जाहेर छ ।

यो कुराले बीमा कम्पनीले भन्दै आएको दोब्बर हुने कुरा हात्तिको देखाउने र खाने दात फरक फरक भए जस्तै प्रमाणित भएको छ ,अभिकर्ताले बाध्य भएर दोब्बर पाइन्छ भनेर बीमितको अगाडि बोल्नु परेको झुटो कुरा बाट मुक्ती दिलाएको छ ।

जीवन बीमा हरेक नेपालीहरुको पहुचमा छ
नेपाली बीमा बजारमा ८३ प्रतिशत नेपालीहरु बीमा सुबिधा बाट बिमुख भैरहदा अधिकांसले चाहना हुदाहुदै पनि हरेक साल पैसा तिर्न नसक्ने कमजोर आर्थिक अबस्थाको कारणले बीमा गर्न सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS