IME Life New

राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बरालको नियुक्तिलाई बीमा समितिले दियो स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको सञ्चालक समितिले  बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिको लागि बीमा समिति समक्ष स्वीकृतका लागि पेश गरेको थियो ।

बीमा समितिले सोमबार  बराललाई सिईओ नियुक्ती गर्न राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा समितिले जनाएको छ ।

Esewa
Crest

भाद्र २३ गते बसेको संचालक समितिको बैठकले बराललाई कम्पनीको सिईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताब गरेको थियो।  उक्त प्रस्ताब बीमा समितिबाट पारित भए संगै अब बस्ने संचालक समितिको बैठकले ४ बर्षको लागि बराललाई सिईओमा नियुक्त गर्नेछ।

बीमा समितिले उनको नियुक्तिलाई स्वीकृत दिए सँगै कम्पनीको सञ्चालक समितिले आधिकारिक रुपमा निर्णय गरेर नियुक्ति गर्नु पर्नेछ । बराल केहि वर्ष अगाडी युनाइटेड  इन्स्योरेन्स छाडेर बसेका थिए ।

बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी  सम्हालिसकेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त, बीमा क्षेत्रमा एक दशकको अनुभव

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS