काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ। कम्पनीको ५ प्रतिशत बोनश पछिको मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६६१ रुपैयाँ ९० पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६९५ रुपैयाँ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । भदौ १७ गतेको अन्तिम कारोबारपछि मूल्य समायोजन भएको हो ।
कम्पनीले भदौ ३० गते बिहिबार साधारणसभा गर्ने भएको छ ।