IME Life New

एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने, रु‍. २ अर्ब ३४ करोड ६८ लाख जुटाउने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनको लागी ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । भदौ १३ गते बसेको संचालक समितिको बैठकले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय स्वीकृतिको लागी बीमा समिति लगायत नियामक निकायसमक्ष प्रस्ताव पेश गरेको छ ।
हाल कायम चुक्ता पूँजीको आधारमा एलआइसी नेपालले हकप्रद शेयरमार्फत् २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ मूल्य बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो ।

Esewa
Crest

नियामक बीमा समितिले बीमा कम्पनीहरुले हकप्रद बाहेकको माध्यमबाट चुक्ता पूँजी पुर्‍याउनुपर्ने अडान लिइ रहेका बेला एलआइसी नेपालले सिधै हकप्रद शेयर जारी गर्ने निर्णय सार्वजनिक गरेको छ । एलआइसी नेपालको यस्तो प्रस्तावप्रति नियामक बीमा समितिले कस्तो प्रतिकृया जनाउँछ भन्ने विषय अब बाँकी बीमकहरुको लागी कौतुहलताको विषय बन्ने भएको छ ।

बीमा समितिले प्रस्ताव स्वीकृत गर्नुको साथै आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र एलआइसी नेपालले हकप्रद शेयर जारी गर्न पाउनेछ ।

एलआइसी नेपालमा ५५ प्रतिशत स्वामित्व रहेकाे एलआइसी इण्डियाकाे स‌ंचालक समितिले हकप्रद शेयरवापत एलआइसी नेपालमा ८० करोड ६७ लाख भारतीय रूपैयाँ अर्थात् १ अर्ब २९ करोड नेपाली रूपैयाँ थप लगानी गर्ने निर्णय भारतीय स‌ंचारमाध्यमबाट गत असारमै सार्वजनिक भइसकेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS