२०३० साल जेठ २० गते झापाको हल्दिबारी जन्मिएका कृष्ण प्रसाद आचार्य पेशाले एक बीमा अभिकर्ता हुन् । सानै देखि चित्रकलामा रुचि राख्ने कृष्ण चित्रकला मै केही गर्छु भन्ने सपना देखेर काठमाडौँ आएका थिए ।
आज भन्दा लगभग १५/१६ वर्ष अघि उनी यो पेशामा आवद्ध रहँदै आएका छन् । यस पेशामा आवद्ध हुनु अघि आफु चित्रकार रहेको उनले बताए । अहिले उनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् ।
जब नेपालमा प्रविधि आयो, पेन्टिङको जमाना आयो, हातको कलाहरु माँसिदै जान थाले, पेन्टिङको कर्मचारीहरुको रोजगारहरु पनि बिस्थापित हुन थाले, त्यस पछि अवसर खोज्ने क्रममा मैले इन्स्योरेन्सलाई रोजेको उनले बताए ।
उनी भन्छन्, यो पेशा थाल्नु भन्दा पहिले एलिको इन्स्योरेन्स कम्पनीमा मैले बीमा गरेको थिए । बीमा प्रति चासो थियो । बीमा अभिकर्ता पेशा सायद राम्रो हुन्छ होला भन्ने थियो । यो पेशा सहि होकि भन्ने कुरा मनन गर्ने क्रममा यो पेशा छनौट गरे ।
बीमा अभिकर्ताको लाईसेन्स प्राप्त गरे पछि शुरुमा उनले लक्ष्मण काफ्लेको बीमा गराएका थिए । लक्ष्मण विदेश जाने तयारीमा थिए, बीमा आवश्यक ठानेर आचार्यले बीमा प्रस्ताव गरेका थिए । लक्ष्मण सँग बीमा गर्नका लागि तत्काल पैसा थिएन् । काफ्लेको बीमा आचार्यले आफ्नै पैसा वापत गराएका थिए । बीमा बुझाउन खासै अप्ठेरो नपरेको आचार्य बताउँछन् ।
हुन त यो पेशामा प्रवेश गर्दा उनले धेरै संघर्ष त गर्नु नपरेको कहाँ हो र तैपनि आफ्नो मेहनत र इच्छाशक्तिले जहिलै लागि परिरहे । र आज सफल पनि छन् । यो पेशामा प्रवेश गर्दा उनलाई आफ्न्तले पनि चित्रकला छोडेर यो पेशामा लाग्नु हँुदैन्थ्यो, तैले गलत गरिस् जस्ता कुराहरु नभनेका होईनन् । उनी भन्छन्, बीमा मानिसहरुले गर्न नै चाहँदैनथे । मेरा अग्रजहरुले तैले चित्रकलामा राम्रो गर्दै थिईस, उन्नित हुँदैथ्यो, कला निखाँरिदै थियो, यो पेशालाई छाड्नु हुँदैन्थ्यो, यो पेशा छोडेर गल्ति भयो अब गाहे हुन्छ भन्दा भन्दै पनि म सफल हुन्छु नै भनेर लागेको थिए । अहिले त सन्तुष्ट नै छु । मेहेनत गर्दा, खट्दा खेरि यो पेशा राम्रो छ । जागर गर्नेहरुका लागि यो पेशा उचित हुने उनको विश्वास छ ।
बीमा परम सद्विश्वास हो, हामी अभिकर्ताहरुले विश्वास बेच्ने हो । उनी भन्छन्, जहाँ विश्वास हुन्छ, त्यहाँ बीमा हुन्छ, जहाँ विश्वास हुँदैन त्यहाँ बीमा हुँदैन । बीमा व्यवसायमा विश्वास बेच्न सक्नुपर्छ ।
देशको लागि कर तिरेको छ, देशको आर्थिक ढुकुटीमा सहयोग पुरयाएको छ । धेरै कर्मचारीहरुलाई रोजगार सृजना भएको छ । तर पनि अभिकर्तालाई राज्य र स्वयं मानिसहरुले पनि ईज्जत दिन चाहि जानेको छैन् । त्यसमा चाँहि दुख लाग्छ उनले दुखेसो पोखे ।
सम्झाउँने पाटो, विश्वासको कमी र धैर्यताको खाँचो जस्ता बीमा अभिकर्ता पेशाको मूख्य चूनौति भएको उनको अनुभव छ ।
आफु भित्र रहेको शंका हटाउनु, धैर्यता, झन्झट नमान्ने खालका गुणहरु एक बीमा अभिकर्ताहरुमा हुनुपर्दछ । बीमाले जोखिम बोक्छ तर बचाँउन चाँहि सक्दैन । बीमाले आर्थिक जोखिम बहन गर्छ, तर बचाँउन चाँहि सक्दैन् । बीमा आर्थिक बहन गर्ने एक पाटो हो अर्को आर्थिक उपार्जन हो उनले बताए ।
आचार्य भन्छन्, सबै मानिसहरुलाई बीमाको दायरामा ल्याउने सबैभन्दा बढी महत्वपूर्ण भुमिका बीमा अभिकर्ताहरु कै हुन्छ । तर त्यसको व्यवस्थापन भने राज्यले नै गर्नुपर्ने हुन्छ । नीति निमार्णको पहँुचमा रहेका तहहरुले राम्रो खालको नीति तर्जुमा गरेर, राम्रोसँग सूचना दिएर त्यसलाई ध्यान दिनुपर्छ होला जस्तो लाग्छ ।
लामो अवधि देखि बीमा अभिकर्ता पेशामा आवद्ध रहेका अभिकर्ताहरुलाई उनीहरुको दक्षता, कार्यक्षमताका आधारमा राज्यले केही नयाँ खाले सेवा, सुविधा प्रदान गर्ने हो भने यो पेशा सम्मानित हुन्छ होला । कम्पनीले कर्मचारीलाई जसरी बीमा गराउँछ, त्यसरी नै अभिकर्ताहरुको पनि जीवन बीमा गरिदियो भने अभिकर्ताहरु यो पेशामा आकर्षित हुन्छन् । किनकि अभिकर्ताहरु दिन, रात, गाउँ, शहर, घाम, पानी नभनि खट्नु पर्ने हुन्छ । अभिकर्ताहरुलाई जोखिम बढी हुन्छ, अभिकर्ताहरु जुन कम्पनीमा आवद्ध रहेका हुन्छन्, त्यो कम्पनीले कर्मचारीहरुको जस्तै हामि अभिकर्ताहरुको पनि जीवन बीमा गरिदियो भने अभिकर्ताहरुको पनि जोखिम बहन उनले बताए ।
बीमा बचत मात्रै होईन्, बीमाले आर्थिक जोखिमबाट बचाउँछ । बीमा अविार्य बचत हो ।बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितको बीच पुलको काम गर्ने व्यक्ति हो ।
१५-१६ बर्ष अघिको बीमा बारेमा मानिसको बुझाईमा केही परिवर्तन भएको छ, तर अपेक्षाकृत रुपमा भने व्यवसाय बढ्न सकेको छैन ।
शिक्षित नै बीमा गर्नु पर्छ भन्ने कुरा बुझदैनन् । यो किन गर्नुपर्छ र नगर्दा पनि केहि फरक पर्दैन भन्ने चेतना छैन ।
बीमा कम्पनी र बैंकहरुले बैंकास्योरेन्स सम्झौता गर्नाले नेपाल जस्तो बेरोजगार मुलुकमा रोजगारी मासिने अवश्था सृजना देखिएको छ । बीमा अभिकर्ताको पेशा लाई यस्तो खालको सम्झौताले गाहे पारेको उनले बताए ।
लामो समय देखि बीमा अभिकर्ता पेशामा लागेका आचार्यसँग बीमा गराउँदाका केही तिता अनि केही मिठा पलहरु नभएका पनि होईनन् । तीनै तिता अनि मिठा पलहरुलाई आत्मसाथ गर्दै अगाडि बढेको र अझै पनि यहि पेशालाई नै निरन्तरता दिने उनले बताए । कृष्ण भन्छन् होस् नहोस् यही पेशालाई नै निरन्तरता दिन्छु ।