IME Life New

वित्तिय पहुँच विस्तार साथ साथै गुणस्तरीयता हुनुपर्दछ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कमल पन्थी,युवा लगानीकर्ता

नेपाल राष्ट्र बैकका आधिकारीहरु बैकर एसोसियनका विभिन्न अधिकारीरुले विभिन्न सभा समारोह गोष्ठीमा भन्दै आउनु भएको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म सातवटै प्रदेश का सात सय ५३ स्थानिय तमा वाणिज्य बैकरुले शाखा पुर्याउने भनेर राष्ट्रिय बैकका उच्च अधिकारी भनाई ,अनुसार २ प्रतिशत नमिने पनि चालु आर्थिक वर्षको असार मन्सान्तसम्म सबै स्थानिय तहहरुमा बैकहरुको शाखा पुग्ने लगभग देखिएको छ ।

Esewa
Crest

यो एउटा राम्रो कुरा हो । वित्तिय पँहुचबाट बाहिर रहेका हरेक नेपालीहरु वित्तिय सेवा प्राप्त गर्न सक्नेछन् । राष्ट्र बैकको पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भन्ने देश भर सात ओटा प्रदेशमा सात सय ५३ स्थानीय तहहरु रहेका छन ्।

स्थानीय तह मध्ये चालु आ.व को माघ मसान्तसम्म तथ्यअनुसार सात सय ११ ओटा स्थानीय तहहरुमा बार्णिज्य बैकहरु आफ्नो शाखा पुर्याइसकेको छन् ।

सोही आधारमा अब वार्णिज्य बैकको शाखा पुग्न बाँकी रहेका स्थानीय तहको संख्या ४२ मात्र रहन आएको छ । प्रदेश नम्बर १ मा एक सय ३७ स्थानीय तहहरु रहेको छन् ।

जसमा एक सय २९ स्थानीय तहहरुमा बैकहरुको शाखा पु¥याउन सफल भएको छन् । त्यस्तै अर्को प्रदेश नम्बर २ मा एक सय ३६ स्थानीय तहहरु रहेको मा एक सय ३ स्थानीय तहमा बैकहरुको शाखा पुगेको छ ।

यसैगरी प्रदेश नम्बर ३ मा पनि एक सय १९ स्थानीय तह रहेकोमा हाल सम्म एक सय १४ स्थानीय तहमा बैकहरुको शाखाहरु पुग्न सफल भएको छन् । प्रदेश नम्बर ४ पनि ८५ स्थानीय तह रहेकोमा ८ र स्थानिय तहमा बैकहरुको शाखा पुगेको छ ।

प्रदेश नम्बर ५ मा एक सय नौ स्थानिय तह रहेकोमा एक सय सात तहमा बैकहरुको शाखा पुगेको छन् । प्रदेश नम्बर ६ मा ७९ स्थानिय तह रहेकोमा ६४ स्थानीय तहमा शाखाहरु पुग्न सफल भएका छन् ।

प्रदेश नम्बर ७ मा ड८ स्थानीय तह रहेकामा ८२ स्थानीय तह बैकहरुको शाखा पुगेको छ । अहिलेको तथ्याक अनुसार हाल नेपालमा २८ वाणिज्य बैक ३३ विकास बैक २४ वित्त कम्पनी र ७२ लघुवित्त संस्थाहरु संचालन रहेका छन् र केही लघुवित्त लाइन्सको लागि पाइपलाइनमा रहेका छन् ।

बैक तथा फाइनान्स कम्पनीहरुको कुल संख्या हालसम्म ६ हजार ६ सय ५१ वटा रहेकोमा २०७५ माघ मसान्तसम्म सातहजार सात ३१ वटा रहन सफल भएको छन् ।

सो मध्ये चालु आ.वको माघ मसान्तसम्म वाणिज्य बैकहरुको कुल शाखा संख्या तीन हजार दुई सय ६६ विकास बैकहरुको ११ सय ८१ फाइनान्स कम्पनीहरुको एक सय ९७ र लघुवित्त संस्थाहरुकोे तीन हजार ८७ पुगेको छ । बैक तथा फाइन्स उपस्थिती हुन राम्रो कुरा हो ।

तर वित्तिय पहुँचमा समय सान्दर्भिक वित्तिय गुणस्तरीय बनाउनु पर्ने हुन्छ त्यस क्षेत्रमा बसोबास गर्ने जनताहरुको व्यावसायिक क्षमता हरेक जनताको आर्थिक कारोवार बन्नुपर्ने हुन्छ । उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याई वित्तिय पहुँचयता बनाउन सकेकोमा मात्र वित्तिय पहुँच विस्तार भएको मान्न सकिन्छ ।
लेखक : कमल पन्थी युवा लगानीकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS