IME Life New

मर्जरको सहमति गरेका कम्पनीको शेयर कारोबार १५ दिन मात्रै रोक्का हुने, ‘६ महिनामा टुङ्गाउनै पर्ने’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका कम्पनीको शेयर कारोबार १५ दिन मात्रै रोक्का गरे पुग्ने भएको छ । नेपाल धितोपत्र बोर्डले संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था गरेको हो ।

बोर्डबाट गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाको प्रचलित कम्पनी सम्बन्धी कानुन बमोजिम एकिकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात सोको जानकारी सहित एकिकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रिय निक्षेप कम्पनीमा दिनु पर्नेछ ।

Esewa
Crest

एकिकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्यदिन शेयर कारोबार रोक्का राख्नु पर्नेछ । तर संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको शेयर कारोबार रोक्का राख्नुपर्ने छैन ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण तथा धितोपत्रको कारोबार र विनियमलाई व्यवस्थित गर्न सूचिकरण संगठित संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी कार्यलाई नियमित तथा व्यवस्थित गर्नुपर्ने भएकोले यो निर्देशिका तयार पारिएको बोर्डले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक मार्फत मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका बैंक वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने व्यवस्था हटाएको थियो । बोर्डले पनि राष्ट्र बैंकको उक्त निर्देशन अनुरुपत मर्जरका क्रममा हुने अवस्थालाई व्यवस्थित गर्न यो निर्देशिका बनाउने भएको छ । बोर्डले यस निर्देशिकाको मस्यौदामा उचित छलफल पछि आएका सुझाव सल्लाहलाई ध्यानमा राख्दै जारी गर्नेछ ।

मौस्यौदामा मर्जरको सहमति हुनुभन्दा अगाडी कम्पनीका सञ्चालक तथा उच्च पदस्थ कर्मचारीहरुले सूचना सुचाहवट गर्न नपाउने व्यवस्था गरिएको छ । मर्जरको सहमति गरेको ६ महिना भित्रमा टुङ्गाउनु पर्ने समेत व्यवस्था गरिएको छ । यस भन्दा अगाडी महिनौसम्म मर्जरको सहमति पछि कारोबार रोक्का हुने र भाडिने अवस्था थियो । जसले गर्दा लगानीकर्ताहरु मर्कामा थिए ।

अहिले मर्जरका कारण १७/१८ वटा बीमा कम्पनीहरुको शेयर कारोबार रोक्का छ । यो निर्देशिका कार्यान्वयनमा आउने वित्तीकै उक्त कम्पनीको शेयर कारोबार रोक्का खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS