IME Life New

अभिकर्ता बनेको दुई वर्षमै छलाङ मारेकि रत्नाको एमडिआरटी टार्गेट पुरा गर्ने लक्ष्य 

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कैलाली लम्किचुहाका रत्ना रिमाल खनाल जागिरे अनि व्यवसायी पनि हुन् । घरव्यवहारसँगै जागिरे जीवन त्यसमाथि व्यवसाय सम्हाल्नुपर्दा उनको दैनिकि निक्कै व्यस्त छ । कामप्रतिको मेहेनत र लगावकै कारण जीवनमा सफलताले पछ्याइरहेको छ । पछिल्लो समय उनको व्यस्त दैनिकिलाई थप प्रगाढ रुपमा व्यस्त बनाउन बीमा अभिकर्ता थपिएको छ । जुन पेशा प्रति उनी दत्तचित्त भएर लागि परेकी छिन् भने उनलाई यो पेशााले सफलता पनि दिएको छ ।

रत्नाले सुरुवाती समयमा बीमा पेशाप्रति खासै चासो देखाइनन् । उनले दुई वर्षअघि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लम्किचुहा शाखामा आफ्नै बीमा गरेकी थिइन् । भैपरि आउने समस्याबाट बच्न, निकट भविष्यमा हुन सक्ने आर्थिक अभावलाई परिपूर्ति गर्न सकिन्छ भन्ने सोचका साथ १० लाख रुपैयाँको बीमा गराएकी थिइन् । सोही समय उनलाई अभिकर्ता बन्न सुझाएपछि आइएमई लाइफबाट अभिकर्ताको लाइसेन्स लिइन् । तर व्यस्त भएकोले अभिकर्ता बनेर काम गर्ने मनाशय भने थिएन । उनको सोचाइमा बीमा बचतको अर्काे रुप थियो । आफू खुशी बचत गर्दा खासै ध्यान नजाने तर फोर्सफुल्ली बचत गर्दा भने बचत गर्नुपर्छ है भन्ने मानसिकता हुने भएकोले पनि उनी बीमा गर्ने सोचमा पुगेकी थिइन् ।

Crest

अभिकर्ता लाइसेन्स लिएको १ वर्षसम्म उनीले खासै चासो देखाइनन् । जागिर छँदैछ, व्यवसाय पनि छँदैछ किन यतातिर अल्झिनु भन्ने सोचले उनी अरु व्यक्ति समक्ष बीमा प्रस्ताव लिएर गइनन् । सोही समयवधिमा उनले बीमा बारे केहि अध्ययन र बुझ्ने मौका भने पाइन् । बीमा गरेका छिमेकीहरुले एक दुई किस्ता तिरेपनि दुर्घटनामा पर्दा भुक्तानी पाएको, क्षति रिकभर भएको उनले प्रत्यक्ष रुपमा देखिन् । जब मानव जीवनमा बीमा अपरिहार्य रहेछ भन्ने कुराको ज्ञान भयो, तव उनले अभिकर्ता लाइसेन्सलाई प्रयोगमा ल्याउने सोच बनाइन् ।

त्यसपश्चात उनले आफ्नै आफन्तलाई बीमाको महत्व र जीवनमा यसकोे भूमिकाबारे जानकारी दिन थालिन् । उनको कुरा सुनिसकेपछि उनका आफन्त बीमा गर्न तयार भए । उनले हाल आफ्नै घरपरिवार र आफन्तको बीमा गराइसकेकी छिन् । व्यस्त समयबाट निस्केको केहि समयलाई खेरा नफाली उनी बीमा बारे जानकारी दिन तयार हुन्छिन् । आफूले जानेको बुझेको र थाहा भएको कुरा निर्धक्कका साथ सबैलाई सुनाउँछिन् । सानो रकमको बीमामा उनी आफै अघि बढ्छिन् । तर ठूलो रकमको बीमा गर्नुपरेका भने अफिसको सरहरुसँग भेटाएर कुरा गराउँछिन् । विगत एक वर्षदेखि सक्रिय रुपमा लागेकी रत्नाको अनुभवमा बाहिरको भन्दा आफ्नै आफन्तले बढि विश्वास गर्ने गरेको छ ।

विगत १ वर्षदेखि अभिकर्ता पेशामा लागि परेकी रत्नालाई जागिरभन्दा अभिकर्ता पेशा नै ठिक लाग्न थालेको छ । एकातिर बचत गर्ने बानि बस्ने अर्कातिर भवितव्य भइपरि आउने समस्यालाई समाधान गर्न सक्ने भएकोले पनि उनलाई यो पेशा ठिक लागेको हो । यसका साथै समाजमा रहेका व्यक्तिहरुलाई समेत आर्थिक संकटबाट बच्ने उपाय बाँड्न पाउँने भएकोले पनि यो पेशा ठिक लागेको हो ।

रत्नाले एक वर्षको अवधिमा करिब ७० लाख बराबरको बीमा गराइसकेकी छिन् । जसकारण २०७८,०७९ को आइएमई लाइफ लम्किचुह शाखाबाट एफबीआई तर्फको व्यक्तिगत संकलनमा पहिलो स्थान हाँसिल गर्न सफल भएकी थिइन् । यो सफलताले उनलाई थप प्रोत्साहा मिलेको उनी बताउँछिन् ।

यो वर्ष उनको एउटै मात्र लक्ष्य रहेको छ । आउँदो पुष महिनासम्ममा जसरी पनि एमडीआरटी बन्ने टार्गेट लिएकी छिन् उनले । आफ्नो साथीभाई र चिनजान राम्रो भएकोले पनि यो लक्ष्य हाँसिल गर्न सफल हुन्छु भन्ने कुरामा उनी विश्वस्त छिन् । सफलतासँगै केहि अप्ठेरो भने पक्कै छ । बीमाको बारेमा अझै धेरै जनालाई राम्रो ज्ञान छैन । यसले गर्दा कन्भिन्स गर्न गाह्रो हुने गरेको उनी बताउँछिन् ।

अभिकर्ता पेशा नामसँगै पैसा पनि जोडिएर आउने भएकोले यो पेशामा आवद्ध हुन चाहनेका लागि उनी आवद्ध हुन सुझाउँछिन् । पूर्णकालिन समय नदिएपनि आवश्यक आम्दानी गर्न सक्ने हुँदा महिलाहरुका लागि यो पेशा उपयुक्त रहेको भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS