IME Life New

शेयर बजारको पावर :६ वर्ष पहिलेको नेपाल लाईफको १० कित्ता शेयर अहिले कति पुग्यो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपालको बीमा क्षेत्रमा आफ्नो छुटै छाप छोड्न सफल नेपाल लाईफ इन्स्योरेन्स विगत देखि नै लाभांसको हिसाबमा लगानीकर्तालाई खुशी बनाउदै आएको जीवन बीमा कम्पनी हो ।

आर्थिक वर्ष ६८/६९ देखि निरन्तर र आकर्षक लाभांस पस्कदै आएको कम्पनीले व्यापर व्यवसाय संगै नेपालको सबै भन्दा ठुलो बीमा कम्पनी पनि बन्न सफल भएको छ ।

Crest

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब पूँजीको लक्ष्य दिएकोमा नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो पुँजी आवश्यक पुँजी भन्दा दुई गुणा पुर्याएको छ । ४ अर्ब भन्दा धेरै पुँजी पुर्याउने क्रममा कम्पनीले विगतका केही वर्ष देखि दिँदै आएको आकर्षक बोनस शेयरको ठुलो हात छ ।

दोश्रो बजारमा अहिले मन्दी आएको छ । अहिले शेयर बजारबाट कमाई हुन्छ र ? भन्ने समुह ठुलो छ तर राम्रो लाभांस दिने कम्पनीलाई दिर्घकालीन रुपमा होल्ड गर्दा पनि फरक नपर्ने तथ्य देख्न सकिन्छ । दोश्रो बजारमा कम्पनीको मूल्य घट्दा समेत राम्रो लाभांस दिदै आएका कम्पनीलाई त्यस्तो ठुलो असर नपर्ने देखिन्छ । नोक्सानीमा गएका कम्पनी वा लाभांस दिन नसक्ने कम्पनीहरु कारोवारका लागि योग्य भएपनि दिर्घकालीन लगानीका लागि त्यति उपयक्त हुदैनन् । दोश्रो बजारमा बियरिस ट्रेण्ड देखिदा लाभांस दिन नसक्ने कम्पनीमा लगानीकर्ताहरु फस्ने र राम्रो प्रतिफल दिने कम्पनीमा लगानीकर्ताहरुलाई लाभांसले लागत सन्तुलन गर्न देखिन्छ ।

आर्थिक वर्ष ६८/६९ देखि नेपाल लाईफ इन्स्योरेन्सले निरन्तर आकर्षक लाभांस दिँदै आएको छ । कम्पनीले आर्थिक वर्ष ६८/६९ मा सबै भन्दा धेरै ५६ दशमलव ३२ प्रतिशत नगद लाभांस र ७० प्रतिशत बोनस शेयर गरी जम्मा १२६ दशमलव ३२ प्रतिशत लाभांस प्रदान गरेको थियो । यो ६ वर्षको अवधिमा कम्पनीले एक पटक एफपीओ निस्काशन गरेको थियो ।

कम्पनीको आर्थिक वर्ष ६८/६९को साधारण सभाको बुक क्लोज हुन अघि १० कित्ता शेयर हुने लगानीकर्ताको अहिले १०२ कित्ता शेयर पुगेको छ । कम्पनीको प्रति कित्ता ११०० बजार मूल्यलाई आधार मन्दा आजको दिनमा १०२ कित्ताको बजार मूल्य १ लाख १२ हजार हुन्छ । अहिले सम्म आर्थिक वर्ष ६८/६९को १० कित्ता शेयरबाट लगानीकर्ताले ३ हजार ४ सय ८८  रुपैयाँ नगद लाभासं पनि प्राप्त गरेका छन् ।

हेरौ कम्पनीको विगत ६ वर्षको लाभांसको अवस्था

नोट:नगद लाभांस गणना गर्दा कम्पनीको कर प्रयोजनार्थ नगद लाभांस लाई पनि समावेश गरिएको छ

कम्पनीले आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव गरेको छ । बीमा समितिले स्विकृति दिएको अवस्थामा र कम्पनीको साधारण सभाले पारित गरे पछि कम्पनीका शेयरधनीले २३ दशमलव ५ प्रतिशत नगद लाभांस र २५ प्रतिशत बोनस शेयर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS