IME Life New

मर्जरले बीमा कम्पनीका कर्मचारीको जागिर तलव सुविधा नखोसियोस् : वित्तीय कर्मचारी संघको ध्यानाकर्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समिति बबर महलले मर्जरका कारण बीमा कम्पनीका कर्मचारीको जागिर खोसिन थालेको भन्दै बीमा समितिको ध्यानाकर्षण गराएको छ । मर्जरकै कारण बीमा कम्पनीमा कार्यरत ठुलो जनशक्तिको रोजगारी जोखिममा पर्ने र उनहरुले आफ्नो पेशा, व्यवसाय र रोजगारीबाट अलग हुनुपर्ने अवस्था आएको भन्दै यसलाई तत्काल रोक्नका लागि आवस्यक नीतिगत व्यवस्था गर्न संघले बीमा समितिलाई सुझाव समेत दिएको छ ।

मर्जरका क्रममा कम्पनीको अचल सम्पत्ति, लगानीकर्ताको लगानी तथा लामो समयसम्मका लागि भनी कम्पनीले बहन गरेको बीमितहरुको जोखिम यी सबैको लेखाजोखा भई रहँदा कम्पनीको बिकास र बिस्तारमा दिन रात नभनी परिचालित हुने चलायमान मानवीय सम्पत्ति अर्थात कर्मचारीहरुको व्यवस्थापनको सम्बन्धमा नियमनकारी निकायले भने पुर्ण रुपमा संबोधन गर्न नसकेको संघले जनाएको छ । लगानीकर्ता र कम्पनीको उच्च व्यवस्थापनले यस बारेमा जारी गरेको निर्देशनले यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नगरेको भन्दै संघले गम्भीर ध्यानाकषर्ण गराएको छ ।

Esewa
Crest

मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर सैद्धान्तिक स्वीकृति लिन आउदा नै कर्मचारीको विषयमा हेर्न समेत संघको सुझाव छ । बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ (संसोधन सहित २०७८) को बुदाँ नं. ३ को (ङ) मा बीमा समितिले सैद्धान्तिक सहमतिका लागि गाभ्ने, गाभिने बीमकका कर्मचारीको ब्यवस्थापनको बिवरण पेश गर्नुपर्ने भन्ने उल्लेख भएको आधारमा सैद्धान्तिक सहमति दिनु पूर्व ति संस्थाहरुको सम्पूर्ण पाटाहरुको बिस्तृत अध्ययन विश्लेषण गरिनुको साथै संस्थामा कार्यरत कर्मचारीहरुको पद, तह र सेवासुविधाको समायोजन लगायत जनशक्ति ब्यवस्थापनका सम्पुर्ण खाका पेश गरे पश्चात मात्र सैद्धान्तिक स्वीकृति दिई मर्जर तथा प्राप्ति प्रकृयालाई अगाडि बढाउन संघले अनुरोध गरेको छ ।

हाल बीमा समितिले सैद्धान्तिक सहमति दिएको पत्रमा एक लाइनमा मात्र “कर्मचारीहरुको खाइपाई आएको तलब सुबिधा नघट्ने गरि ब्यवस्थापन गरिने छ” भन्ने शब्दले बर्षौँदेखि कार्यरत संस्थाका कर्मचारीहरुको उचित ब्यवस्थापन नहुने संघको धारणा छ । यस विषयमा बीमा समितले नै ठोस कदम चाल्नु पर्ने संघको माग छ ।

बीमा क्षेत्रलाई सवल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यवसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सर्वोपरी हित चिताई उनीहरुको सेवाको सुरक्षा र सेवाशर्तको रक्षाको लागि जिम्मेवार निकायबाट तपसिलका विषयमा स्पष्ट निर्देशन जारी गरी समग्र यस क्षेत्रका कर्मचारीहरु पेशागत हकहित र सुरक्षामा गम्भीर हुन संघले अनुरोध गरेको छ ।

तपसिलः

१) संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने कामकारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्द गरियोस् ।

२) संस्थामा रहेका रिक्त दरबन्दीका पदपूर्तिका कामहरुलाई नियमितता दिइयोस् ।

३) श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीहरुको नियमित रुपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा अवरुद्ध गर्ने काम बन्द गरियोस् ।

४) बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिको कार्यको समयावधिलाई निश्चित गरियोस् ।

नेपालमा बित्तिय क्षेत्र (बैंक, फाइनान्स, लघु वित्त) का लागि मर्जर अब नौलो बिषय नरहेको तर बीमा क्षेत्रका लागि यो विलकुलै नयाँ प्रकृया भएकोले बैंकिङ क्षेत्रको मर्जर तथा प्राप्तिमा भए गरेका तिता–मिठा अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई आत्मसात गरी बीमा समितिले समग्र बीमा क्षेत्र र सोमा कार्यरत कर्मचारीहरुको उचित ब्यवस्थापन एवं लगानीकर्ताको लगानी सुरक्षा र सेवाग्राहीहरुको हितरक्षाको लागि स्पष्ट नीतिगत र प्रकृयागत कानूनी व्यवस्था गरी पूर्ण व्यवसायिक एवं परिणाममुखी कार्य गर्न संघले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS