IME Life New

आइतबार थप ६२० जनामा कोरोना संक्रमण, २९७ जना कोरोना मुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८४६ नमुना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ६५१ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार १९५ जनामा गरिएको एन्टीजेन परिक्षणमा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समय थप २९७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा हाल सक्रिया कोरोना संक्रमितको संख्या ४ हजार ५६७ जना पुगेको छ । साथै आज थप १ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS