काठमाडौं । आज ९ कारोबार दिन पछि शेयर बजार झिनो अंकले घटेको छ । नेप्से सूचक ५.८७ अंकले घट्दा ४७ कम्पनीको शेयर मूल्य बढेको छ । जस मध्ये सर्वाधिक धेरै सेट्रल फाइनान्सको शेयर मूल्य ३.१६ प्रतिशतले बढेर ३२६ रुपैयाँ कायम भएको छ ।
दोस्रो धेरै बढ्नेमा जनउत्थान सामुदायिक लघुवित्तको २.७ प्रतिशलते बढेर १८७५ रुपैयाँ पुगेको छ । तेस्रो धेरै बढ्नेमा नेशनल फाइक्रोफाइनान्स छ । माइक्रोफाइनान्सको शेयर मूल्य २.५७ प्रतिशतले बढेर २१४८ रुपैयाँ कायम भएको छ । चौथो धेरै बढ्नेमा गुराँस लाघुवित्त छ । यसको शेयर मूल्य २ प्रतिशतले बढेर १०२५ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक धेरै बढेका १० कम्पनी मध्ये बाँकी ५ कम्पनीहरु क्रमश ग्रिन भेन्चर, बोटलर्स नेपाल, नेपाल पुनर्बीमा, सपोर्ट फाइक्रोफाइनान्स, माहुली र आइएमई जनरल छन् ।